समाज

दोधाराचाँदनी झोलुङ्गे पुल मर्मत कार्य सुरु

काठमाडौँ , २१ मंसिर । कञ्चनपुरकोे दोधाराचाँदनी झोलुङ्गे पुल मर्मत कार्य सुरु गरिएको छ । ठाँउ-ठाँउमा नटबोल्ट तथा प्लेटहरु टुटेपछि आजबाट पुलको मर्मत कार्य सुरु गरिएको हो । पुलको मर्मत कार्यलाई लागि दिउँसो ५ घण्टा र रातीमा २ घण्टा गरि दैनिक ७ घण्टाका लागि आवागमन बन्द गरिएको छ । पुलको मर्मतका लागि भीमदत्त नगरपालिकामा बसेकोे […]

२०७६ मंसिर २१ गते, शनिबार

काठमाडौंमा यो बर्षकै चिसो

काठमाडौँ , २० मंसिर । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनतम तापक्रम घट्दा चिसो बढेको छ । काठमाडौंमा आज यस वर्षकै सबैभन्दा धेरै चिसो मापन गरिएको छ । हिजो ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको उपत्यकाको तापक्रम आज बिहान ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको हो । आजदेशका पश्चिमी, मध्य र पूर्वी पहाडी […]

२०७६ मंसिर २० गते, शुक्रबार

अन्तराष्ट्रिय अपांगता दिवस मनाइदैँ

काठमाडौं, १७ मंसिर । आज २८ औं अन्तराष्ट्रिय दिवस , ’दिगो विकासको लक्ष्य अपाङगमैत्री भविष्य’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन १९९२ देखि यो दिवस मनाउन सुरू गरिएको हो। नेपालमा सन् १९९३ देखि दिवस मनाउन थालिएको हो। २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङगता भएका ब्यक्तिहरुको संख्या सांढे पाँच […]

२०७६ मंसिर १७ गते, मंगलवार

‘सिद्धबाबा’ प्रहरी नियन्त्रणमा

काठमाडौँ, १६ मंसिर । कृष्णराज गिरी उर्फ कृष्णदासजी महाराज (सिद्धबाबा)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । करणीको आरोप लागेका उनलाई प्रहरीले अस्पतालको आईसीयूबाटै नियन्त्रणमा लिएको हो । बिरामी भएकाे बहाना बनाएर विराटनगरस्थित विराट नर्सिङ होमकाे आइसीयूमा रहेका ‘सिद्धबाबा’लाई सोमबार बिहान चार बजे सुनसरीका डीएसपी विनोद शर्माको नेतृत्वमा गएकाे प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार […]

२०७६ मंसिर १६ गते, सोमबार

सडक दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु

काठमाडौँ, १५ मंसिर । बिरामी बोकेर उदयपुर जाँदै गरेको एम्बुलेन्स शनिबार राति १२.२० मा सुनसरीको कोशी गाउँपालिकास्थित हरिपुरमा ट्रकसँग ठोक्किँदा एम्बुलेन्समा रहेका ७ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परी मृत्यु हुने सातै जनाको शव सुनसरीस्थित इनवरुवा अस्पतालमा राखिएकाे छ । प्रहरीले दिएको जानकारी अनुसार ज्यान गुमाउनेमा उदयपुरका राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, […]

२०७६ मंसिर १५ गते, आईतवार

नेपाली सेनाद्वारा वृद्धवृद्धालाई न्यानो लुगा बितरण

काठमाडाैं, ११ मंसिर । नेपाली सेनाले महिला तथा वृद्ध सेवा केन्द्रमा आज न्यानो लुगा वितरण गरेको छ । सो अवसरमा सेनाले केन्द्रलाई खाद्य सामग्रीसमेत उपलब्ध गराएको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र देवीदल गण मझगाउँ ब्यारेकले वृद्धाश्रमका ६२ वृद्धवृद्धालाई न्यानो लुगा, चामल, दाल, चिनी, तेललगायत सामग्री वितरण […]

२०७६ मंसिर ११ गते, बुधबार

देशभर मौसम बदली, वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैँ, १० मंसिर । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका पश्चिमी न्यून चापीय प्रणालीका कारण अहिले देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ । उक्त प्रणालीका कारण मुलुकभर चिसो बढेको मौसमविद्ले बताएका छन् । यस प्रणालीले विशेषगरी देशको पश्चिमी क्षेत्रमा असर पारिरहेको बताइएको छ । पश्चिमी न्यून चापीय प्रणालीले […]

२०७६ मंसिर १० गते, मंगलवार

आज बालाचतुर्दशी : दिवङ्गत पितृका नाममा शतबीज छरिँदै

काठमाडौं, ९ मंसिर । आज बालाचतुर्दशी , दिवङ्गत पितृका नाममा शतबीज छरिँदैछ । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन हिजो साँझै देखि नै भेला भएका थिए । हरेक वर्ष मार्ग कृष्ण त्रयोदशीका दिन बेलुकी मन्दिरमा पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन पुग्ने गर्छन् । प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका […]

२०७६ मंसिर ९ गते, सोमबार

उपनिर्वाचन बहिस्कार सभा सम्पन्न

काठमाडौं, ६ मंसिर । नेकपा ( क्रान्तिकारी माओवादी ) र देशभक्त जनणतान्त्रिक मोर्चाले प्रदेश ५ अन्तरगत दाङको हापुरेमा “कथित उपनिर्वाचन बहिस्कार गरौं जनवादी क्रान्तिको तयारी गरौ” भन्ने नाराका साथ बहिस्कार सभा भव्य रुपमा सम्पन्न गरेको छ । प्रहरी अवराेेधका बाबजुुद क्रान्तिकारी माओवादीलेे बहिस्कारसभा भव्य रुपमा सम्पन्न गरेेकाेे हाेे । क्रान्तिकारी माओवादीका नेताहरुले संसदीय ब्यवस्था बदनाम […]

२०७६ मंसिर ७ गते, शनिबार

झुलाघाट नाका बन्द

काठमाडौं, ६ मंसिर । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि ९ गतेसम्म बन्द हुने भएको छ । यही मंसिर ८ गते भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकोले सुरक्षा संवेदनशीलताको कारण जनाउँदै साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ । यस अवधिमा आकस्मिक रुपमा […]

२०७६ मंसिर ६ गते, शुक्रबार