समाज

‘दमन र धरपकड नराेकिए लाखाैँ युवाहरूले फेरी बन्दुक उठाउनेछन्’

काठमाडौं, २२ फागुन । नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीले लाखौँ युवाहरुलाइ बन्दुक उठाउन बाध्य नपार्न चेतावनी दिएका छन् । मंगलबार युवा संगठन नेपाल पश्चिम रुकुमको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पाटनले अहिलेको सरकार फासिवाद तिर भएको भन्दै आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिरहेको बताए । उनले गिरफ्तार गर्ने […]

२०७५ फाल्गुन २२ गते, बुधबार

आज महाशिवरात्रि

काठमाडौं, २० फागुन । आज फागुन कृष्ण चतुर्दशी महाशिवरात्रि पर्व, आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक […]

२०७५ फाल्गुन २० गते, सोमबार

देशभरकै मौसम बदली, केही स्थानमा पानी पर्ने संभावना

काठमाडौँ, १९ फागुन । मौसम विज्ञान पूर्वानुमान महाशाखाले आज देशभरकै मौसम बदली भई केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । गएरातिदेखि सक्रिय पश्चिमी वायुको प्रभावले आज देशभरीकै मौसम बदली भई पश्चिमका धेरै तथा पूर्व र मध्यका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । यो प्रणाली अहिले […]

२०७५ फाल्गुन १९ गते, आईतवार

बोक्सीको आरोपमा तातो पन्यूले डामियो !

काठमाडौं, १७ फागुन । काठमाडौँ भीमसेनस्थानमा एक महिलामाथि बोक्सीको आरोपमा कुटपिट भएको छ । आफुलाई माता बताउने कविता श्रेष्ठले दोलखा तामाकोशी गाउँपालिका-४ की रस्मी उपरकोटीलाई बोक्सीको आरोपमा पन्यु तताएर डामेकी थिईन् । न्यूरोडमा डेरा गरेर बस्ने रश्मी आफ्नो बच्चालाई सञ्चो नभएको भनेर मातालाई देखाउन कविता श्रेष्ठकोमा पुगेकी थिईन् । तर सोही स्थानमा बच्चाको आमालाई नै […]

२०७५ फाल्गुन १७ गते, शुक्रबार

क्रसर सञ्चालकविरुद्ध राँके जुलुस

काठमाडौं, १७ फागुन । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरमा हिजो बिहीबार साँझ रातु नदी र नदीउकास जग्गामा भइरहेको अनियन्त्रित दोहनविरुद्ध राँके जुलुस प्रदर्शन भएको छ । आफ्नो बस्ती नजिकको रातु नदी र नदीउकास जग्गामा दिनहुँ अबेर राति सधैँजसो अनियन्त्रित उत्खनन गरेर क्रसर सञ्चालकले बालुवा, ढुङ्गा बाहिर लगिरहेपछि भङ्गाहा–४ का बासिन्दाले हिजो बिहीबार साँझ सोविरुद्ध राँके […]

२०७५ फाल्गुन १७ गते, शुक्रबार

असिनापानीले दश लाख बढीको तरकारी नष्ट

काठमाडौं, १७ फागुन । गएराति परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका–२ खबराका कृषकले आफ्नो खेतबारीमा लगाएको लाखौँको तरकारी नष्ट गरेको छ । राति १२ बजेदेखि परेको भीषण असिनापानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पु¥याएको हो । असिना र पानीले बन्दा, काउली, आलु, गाजर, रायोसाग, लसुन, प्याज, मुलालगायतका बेमौसमी तरकारी खेतीमा क्षति पु¥याएको कृषकले […]

२०७५ फाल्गुन १७ गते, शुक्रबार

काठमाडौं आसपासका डाँडामा हिमपात

काठमाडौं, १६ फागुन । काठमाडौंको नगरकोट, फुल्चोकी, दामनलगायतका स्थानमा बाक्लो हिमपात भएको छ । यो बर्ष दामनमा हिमपात भएको चौथो पटक हो । यता, रसुवाको सदरमुकाम धुन्चेमा यो बर्ष दोस्रो पटक हिमपात भएको छ । बुधबार साँझबाट जिल्लाको दक्षिणी भेगमा बर्षा भएको छ भने जिल्लाको उत्तरी क्षेत्रमा हिमपात भएको छ । जिल्लाको पार्वतीकुण्ड, गोसाइँकुण्ड, नौकुण्ड […]

२०७५ फाल्गुन १६ गते, बिहीबार

देशभरको मौसम बदली मेघगर्जनसहित पानी पर्ने सम्भाबना

काठमाडौं, १५ फागुन । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै मेघगर्जनसहित पानी पर्ने जनाएको छ । पश्चिमी वायुको प्रभावले काठमाडौँसहित देशको पहाडी भू–भागका केही स्थानहरुमा मध्यान्न पछि मेघगर्जन सहित देशका मध्य, पश्चिम र पूर्वी क्षेत्रको मौसम भोलि बेलुकीसम्म बदली रही अधिकांश स्थानमा पानी पर्ने सम्भावना […]

२०७५ फाल्गुन १५ गते, बुधबार

खैरो हेरोइनसहित चारजना पक्राउ

काठमाडौँ, १४ फागुन । कपिलवस्तुस्थित ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले अवैध लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–७ का प्रदेशी थारु, सन्दीप भुषाल, राजु थारू र अर्घाखाँची सितगंगा–९ का उदय सुनार छन् । उनीहरुका साथबाट प्रहरीले ४ सय ३२ पुरिया ब्राउन सुगर र अन्य लागूऔषध बरामद […]

२०७५ फाल्गुन १४ गते, मंगलवार

हर्न बजाउने सवारीसाधन कारवाहीमा

काठमाडौँ, १३ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, […]

२०७५ फाल्गुन १३ गते, सोमबार