समाज

एकसय ७३ एलपी ग्यास सिलिन्डर लिलामी

काठमाडौं,२० फागुन । दुई महिनाअघि विराटनगरबाट पक्राउ गरिएका १७३ वटा एलपी ग्यास सिलिन्डर आज लिलामी गरिएको छ । भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको बन्दका बेला तस्करी नियन्त्रण गर्ने क्रममा विराटनगर बसपार्कबाट तस्करी गरी ल्याइएका एलपी ग्यास सिलिन्डर मोरङ प्रहरीले पक्राउ गरेको थियो । गुणस्तर तथा नापतौल पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख मनिसकुमार दासका अनुसार […]

२०७२ फाल्गुन २० गते, बिहीबार

सेल्फीले ज्यान लियो

काठमाडौं, १७ फागुन । नवलपरासीको गैंडाकोटकी विस्मृती ज्ञवाली मोबाइलबाट फोटो खिच्ने क्रममा नारायणी नदीमा बेपत्ता भएकी छिन । ज्ञवालीको अवस्था अझै थाहा हुन सकेको छैन । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । सेल्फी खिच्ने क्रममा आइतबार दिउँसो ढुङगाबाट चिप्लिएर उनि नदीमा बेपत्ता भएकी हुन् । विस्मृतीसँगै नदीमा खसेकी गैंडाकोटकी नम्रता सापकोटालाई भने प्रहरीले उद्दार […]

२०७२ फाल्गुन १७ गते, सोमबार

माछाको कत्ला जस्तो घाउले दाजुभाइ पीडित

काठमाडौं, १६ फागुन । झापाको बुधवारे–७ स्थित नवकिरण निम्न माध्यमिक विद्यालयमा अध्ययनरत एकै परिवारका दुई विद्यार्थी शरीरभरि माछाको कत्ला जस्तो घाउ आउने छालाको अनौठो रोगबाट पीडित बनेका छन् । रोगबाट पीडित हुने विद्यार्थीमा कक्षा ३ मा पढ्ने ९ वर्षीय भुवन गुप्ता र पूर्व प्राथमिक कक्षामा पढ्ने ४ वर्षका उनका कान्छा भाइ सरोज गुप्ता रहेका छन् […]

२०७२ फाल्गुन १६ गते, आईतवार

ट्राफिक – मजदुर हातेमालो कार्यक्रम

काठमाडौं, १५ फागुन । महानगरीय प्रहरी ललितपुरले ‘सभ्य जीवनको लागि ट्राफिक नियम पालना गरौं’ भन्ने सन्देशसहित यातायात मजदुरसंग हातेमालो कार्यक्रम गरेको छ । ट्राफिक प्रहरी महाशाखाका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले ट्राफिक प्रहरी र यातायात मजदुरबीचको सम्बन्ध थप प्रभावकारी बनाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले सवारी नियमलाई आदर र सम्मान गर्न […]

२०७२ फाल्गुन १५ गते, शनिबार

पूर्व राज्यमन्त्रीलाई दुई हजार जरिवाना

काठमाडौं, १४ फागुन । तत्कालीन कृषिराज्यमन्त्री करिमा बेगमलाई जिल्ला अदालत पर्साले रु दुई हजार जरिवाना गरेको छ । पर्साका तत्कालिन प्रमुख जिल्ला अधिकारीमाथि हातपात गरेको अभियोगमा उनलाई सो जरिवाना भएको हो । वीरगन्ज आउँदा सिमरा विमानस्थलमा पुरानो गाडी उपलब्ध गराइएको विषयलाई लिएर तत्कालीन पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि राज्यमन्त्री बेगमले २०६६ साल कात्तिक २४ […]

२०७२ फाल्गुन १५ गते, शनिबार

पाकेका सुन्तला बोटमै थन्किए

काठमाडौं, १४ फागुन । उत्तरी पर्वतको बाँसखर्कमा सुन्तला खरिद गर्नका लागि व्यापारी गाउँमा नपुगेपछि पाकेका सुन्तला बोटमै थन्किएका छन । बाँसखर्कका किसानले आफ्नो खेत तथा पाखोबारीमा लगाएको सुन्तला पाकेपछि उनीहरुले बोटबाटै व्यापारीहरुलाई बिक्री गर्ने गर्दछन् । यसवर्ष बाँसखर्कका सुन्तला पोखरा, धादिङ र नवलपरासीका बजारसम्म पुर्‍याइएको छ । पोखरा र धादिङका केही व्यापारीले बोटबाटै खरिद गरेर […]

२०७२ फाल्गुन १४ गते, शुक्रबार

ताप्लेजुङमा बस दुर्घटना, ११ घाइते

काठमाडाें, १३ फागुन । ताप्लेजुङको आम्वेगुदिनको हप्पुखोलाबाट ३० जना यात्रु लिएर छुटेको विशाल यातायातको मे १ ख १७९९ नंको बस आम्बेगुदिन तीनस्थित सडकबाट करिब २५ मिटर तल खसेको स्थानीयवासी पवन विकले बताएका छन् । सो बस दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइते भएकामध्ये चालकका सहयोगी सहित चारजनाको अवस्था गम्भीर रहेको छ । सोही […]

२०७२ फाल्गुन १३ गते, बिहीबार

इन्सेकलाई १५ दिनभित्र प्रतिवेदन सच्याउन आग्रह

काठमाडाें, १३ फागुन । थरुहट/थारुवान संयुक्त संघर्ष समितिले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई १५ दिनभित्र प्रतिवेदनसहितको पुस्तक सच्याउन कडा अल्टीमेटम दिएको छ । विना तथ्य, विना प्रमाण एक तर्फी रुपमा तथा पूर्वाग्रही ढंगबाट मानवअधिकार वर्ष पुस्तक २०१६ प्रकाशन गरेको भन्दै उक्त पुस्तक सच्याउन इन्सेकलाई अल्टीमेटम दिएको हो । थरुहट÷थारुवान संयुक्त संघर्ष समिति कैलाली संयोजक […]

२०७२ फाल्गुन १३ गते, बिहीबार

रुट परमिट अनुसार गाडी नचलाउनेलाई कारबाही हुने

काठामाडौं, १२ फागुन । यातायात व्यवस्था विभागले तोकिएको रुट परमिट अनुसार गाडी नचलाउनेलाई कारबाही गर्ने भएको छ । विभागले धेरैजसो व्यवसायी तथा चालकले तोकिएको रुट परमिट अनुसार गाडी नचलाएको पाइएपछि उनीहरुलाई कारबाही गर्ने तयारी भएको हो । विभागका अनुसार अब विभागबाट तोकिएको रुटमा गाडी चलाउन अनुमति लिएका तर नचलाएकाको रुट नै खारेज गरिदिइने तयारी भएको […]

२०७२ फाल्गुन १२ गते, बुधबार

पटिहानीमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने

काठमाडौं, १२ फागुन । पद्मोदय युवा क्लब भरतपुर, पटिहानीको आयोजनामा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने भएको छ । विगत ३७ वर्षदेखि निरन्तर स्थानीय तथा राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको सो क्लबले यस बर्षपनि सो प्रतियिगिता गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । आगामी फागुन २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा भारत, […]

२०७२ फाल्गुन १२ गते, बुधबार