समाज

मध्यरातमा परकम्प

काठमाडौं, ११ जेठ । गएराति १२ बजेर ५४ मिनेट जाँदा ४.२ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । धादिङको नौबिसे आसपास केन्द्रबिन्दु बनाएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का राजधानीमा समेत महसुश गरिएको थियो । केन्द्रका अनुसार गतवर्षको गोरखा भूकम्पपछि हालसम्म चार म्याग्निच्यूडमाथिका ४५५ ओटा परकम्प गइसकेको […]

२०७३ जेष्ठ ११ गते, मंगलवार

सोनाम छिरीङ शेर्पा नया शक्तिमा प्रवेश

काठमाडौ, १० जेठ । सोेलुखुम्बुका राजनितिज्ञ सोनाम छिरीङ शेर्पा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा प्रबेश गरेका छन सुकेधारा स्थित मिराकल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा शेर्पा लगायत सोलुखुम्बुका युवा नेताहरु नया शक्तिमा प्रवेश गरेका हुन । पुर्व प्रधानमन्त्रीका राजनितिक सल्लाहाकार, सोसाइटि फर डाइलगका अध्यक्ष, अखिल नेपाल हिमाली बौद्ध संघका अध्यक्ष तथा शेर्पा सेवा केन्द्रका […]

२०७३ जेष्ठ १० गते, सोमबार

दाइजो नदिएपछि हत्या

काठमाडौं, १० जेठ । दाइजोमा दुई लाख नदिएको भन्दै एक महिलाको हत्या भएको छ। दाइजोमा कबुल गरिएको १३ लाख नगदमध्ये दुई लाख रूपैयाँ केटा पक्षलाई नदिएको विषयमाराधादेवि साहको हत्या भएको हो। ‘दुई लाख नदिएकै कारण पापीहरूले मेरी एक्ली बहिनीलाई मारे,’ मृतकका दाजु जितेन्द्र साहले भने,‘ यस्तो हुन्छ भन्ने पहिले नै थाहा पाएको भए दुई लाख […]

२०७३ जेष्ठ १० गते, सोमबार

ढुंगे धाराको पानी भर्न कुपन देखाउनुपर्ने

काठमाडौं, ९ जेठ । गोरखाको सदरमुकामको ढुङ्गेधारामा पानी थाप्न अनिवार्य रुपमा ‘कुपन’ देखाउनुपर्ने नियम बनेको छ । भूकम्पपछि धारामा पानीको स्रोत घटेको तर उपभोग गर्ने उपभोक्ताको चाप बढेपछि बराह खानेपानी उपभोक्ता समितिले डेरावाल र घरबेटीलाई एक/एक थान कुपन बाँडेपछि सो नियम कार्यान्वयनमा आएको हो । पानी लिन धारा पुगेका उपभोक्ताले समितिले खटाएको प्रतिनिधिलाई कुपन देखाएपछि […]

२०७३ जेष्ठ ९ गते, आईतवार

‘दृष्टिविहीन देखेपछि गाडीले पनि नरोकी जान्छ’

काठमाडौँ, ९ जेठ । आफूलाई दृष्टिविहीन देखेर गाडीले नरोकिदिँदा प्रा गोविन्द आचार्यलाई रत्नराज्य लक्ष्मी क्याम्पसमा पढाउन आउन सधैँजसो ढिला हुन्छ । “म रत्नराज्यमा पढाउन दैनिक जसो कीर्तिपुरबाट आउनुपर्छ, तर त्यहाँबाट आउँदा पैसा तिर्दा पनि मलाई गाडीले ल्याइदिन मान्दैनन्, ढिला हुँदा धेरैजसो कक्षा छुटेको हुन्छ” – उहाँले भन्नुभयो । यातायात उपभोक्ता मञ्चद्वारा यहाँ आयोजित ‘यातायात उपभोक्ताका […]

२०७३ जेष्ठ ९ गते, आईतवार

जंगली जनावरबाट बच्न इलेक्ट्रोनिक तारजाली

काठमाडौं, ८ जेठ । रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र वरिपरि पहिलोपटक इलेक्ट्रोनिक तारजाली जडित नयाँ प्रविधि भित्र्याइएको छ । वन्यजन्तुले बालीनाली खाएर हैरान पार्न थालेपछि कृषकहरुले तार जडित इलेक्ट्रोनिक प्रविधि प्रयोग गर्न सुरु गरेका हुन् । निकुन्ज क्षेत्रमा रहेको रसुवाको स्याफ्रु गाविसको ब्राबलमा कृषकले पहिलोपटक इलेक्ट्रोनिक तारजाली जडित सो प्रविधि भित्र्याएका हुन् । निकुन्ज तथा […]

२०७३ जेष्ठ ८ गते, शनिबार

अन्तरास्ट्रिय कराते प्रतियोगिता शुरु

काठमाडौँ, ७ जेठ । नेपाल सितोरियो कराते शाखा डोजो सामाखुसिको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उत्घाटन भएको छ । राजधानिको लैनचौर स्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा शुरु भएको उक्त प्रतियोगितामा नेपाल लगायत भारत,पाकिस्तान ,भुटान,बङ्गलादेश,श्रीलङ्काले सहभागिता जनाएका छ्न । प्रतियोगिताको उद्घाटन पुर्ब अर्थमन्त्री डा.रामसरण महतले गरेका थिए । प्रतियोगितामा कुमुतेमा २२ र कातामा ४ गरि जम्मा […]

२०७३ जेष्ठ ७ गते, शुक्रबार

यसकारण हुन्छ उपत्यकाका अधिकांश चोकमा ट्राफिक जाम

काठमाडौँ, ७ जेठ । काठमाडौँ उपत्यकाका मुख्य चोकमा ट्राफिक जाम हुने गरेको छ । काठमाडौँ उपत्यकामा धेरै सवारीसाधन र सडक साँघुरो हुँदा धेरै जाम पर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र पाख्रिन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “काठमाडौँ उपत्यकामा आठ लाख ५० हजारभन्दा बढी सवारीसाधन रहेको र एक हजार ५०० किलोमिटर मात्र सडक […]

२०७३ जेष्ठ ७ गते, शुक्रबार

दुई प्रहरी जेल चलान

काठमाडौ, ७ जेठ । व्यापारी अपहरणको अभियोगमा पक्राउ परेका दुई प्रहरी जवानसहित चारजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ । वीरगन्ज उपमहानगरपालिका–१९ निवासी राजेशकुमार साह कानुलाई अपहरण गरी चार लाख रुपैयाँ फिरौती लिएको अभियोगमा पक्राउ परेका वीरगन्ज–१८ निवासी प्रहरी जवान अरविन्द सिंह, प्रहरी जवान विनय सिंह, दीपक सिंह र वीरगन्ज–१४ निवासी भगवान् […]

२०७३ जेष्ठ ७ गते, शुक्रबार

घट्यो लोडसेडिङ, अब सातामा ७० घण्टामात्र

काठमाडौं, ७ जेठ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाएको छ । लोडसेडिङ सातामा ७ घण्टा घटाइएको हो । सातामा ७७ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब ७० घण्टामात्र लोडसेडिङ हुनेछ । नयाँ तालिका आजखि नै लागू गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अब सातामा दुई दिन नौ घण्टा, दुई दिन १० घण्टा, दुई दिन साढे […]

२०७३ जेष्ठ ७ गते, शुक्रबार