समाज

विपद्‍मा परी १७३ जनाको मृत्यु

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले बुलेटिन निकाल्दै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १७३ जनाको मृत्यु जानकारी दिएको छ ।बुलेटिन अनुसार बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडाँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा सात जना, बागमती प्रदेशमा ३१ जना, […]

२०८१ श्रावण २९ गते, मंगलवार

चाँदबाग स्कुललाई अतिक्रमित जग्गा खाली गर्न २ दिनको अल्टिमेटम

काठमाडौँ । काठमाडौं महानगरपालिकाले चाँदबाग स्कुललाई अतिक्रमित सार्वजनिक जग्गा दुई दिनभित्र खाली गराउन निर्देशन दिएको छ । सो स्कुलले १० रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेको महानगरले जनाएको छ । महानगरले नगर प्रहरीमार्फत माइकिङ गराउँदै अतिक्रमित जग्गा दुई दिनभित्र खाली गर्न स्कुललाई निर्देशन दिएको हो । बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्षको निर्णयको भरमा ६ भदौ २०४४ […]

२०८१ श्रावण २८ गते, सोमबार

सुर्खेत –काठमाडौं समाजवादी मञ्चको अध्यक्षमा डाङ्गी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट सुर्खेत –काठमाडौं समाजवादी मञ्चको पहिलो भेलाले जङ्गबहादुर डाङ्गीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । आइतबार काठमाडौंमा भएको उक्त भेलाले सचिवमा टेक बहादुर पाण्डे र सदस्यहरुमा धिरेन शाही,चक्र सलामी, सन्देश शाही,कुलदीप जंग शाही,अमर बहादुर बुढा ,चन्द्र बहादुर बि.कलगायतलाई चयन गरेको छ भने खगेन्द्र विश्वकर्मालाई सल्लाहकार चयन गरेको छ ।जीत […]

२०८१ श्रावण २८ गते, सोमबार

करेन्ट लागेर विद्युतका एक कर्मचारीको मृत्यु, तीनजना घाइते

काठमाडौँ । करेन्ट लागेर एक विद्युत् कर्मचारीको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरले सोलुखुम्बु सदरमुकाम सल्लेरी च्याल्सा विद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको जनाएको छ ।प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार शनिबार दिउँसो विद्युत् तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा […]

२०८१ श्रावण २७ गते, आईतवार

कान्तिलोकपथमा साना सवारीसाधन सञ्चालन

काठमाडौँ । भट्टेडाँडास्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोले अवरुद्ध भएको कान्तिलोकपथमा साना सवारीसाधन सञ्चालन भएका छन् । प्रहरीले ललितपुरको बागमती गाउँपालिका–६ रातो पहाड नजिक खसेको पहिरो हटाएपछि हलुका सवारीसाधन सञ्चालनको अनुमति दिइएको जनाएको छ ।पहिरो पूर्ण रुपमा पन्छाउन बाँकी रहेकाले अनुकूल मौसम रहेमा साँझसम्ममा ठूला सवारीसाधनलाई पनि सञ्चालनको अनुमति दिइने मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त […]

२०८१ श्रावण २७ गते, आईतवार

विश्व आदिवासी दिवस मनाइँदै

काठमाडौँ । आज विश्व आदिवासी दिवस । ‘संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर’ भन्ने मूल नारासहित नेपालमा पनि मनाइँदैछ । विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको यो दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै […]

२०८१ श्रावण २५ गते, शुक्रबार

नागपञ्चमी पर्व मनाइँदै

काठमाडौँ । आज श्रावण शुक्ल पञ्चमी अर्ठ्त नागपञ्चमी पर्व । आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो […]

२०८१ श्रावण २५ गते, शुक्रबार

प्राकृतिक विपद्‌मा परी १६७ जनाको मृत्यु !

काठमाडौँ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोलगायतका विपद्मापरी बुधबार दिउँसोसम्म एक सय ६७ जनाको मृत्यु भएको छ । उनका अनुसार बाढी, पहिरोलगायत विपद्मापरी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती […]

२०८१ श्रावण २४ गते, बिहीबार

देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।विभागका अनुसार आज राति देशभर साधारणतया […]

२०८१ श्रावण २२ गते, मंगलवार

बल्खु- हेटौँडा सडक अवरुद्ध

काठमाडौँ । बल्खु- हेटौँडा सडक अवरुद्ध भएको छ। गएरातिदेखिको अविरल वर्षाको कारण पहिरो खसेपछि बल्खु-हेटौँडा सडक खण्ड अवरुद्ध भएको हो ।काठमाडौँको कीर्तिपुर नगरपालिका- ६ चोभारमा आज बिहान दुई ठाउँमा पहिरो खसेपछि काठमाडौँबाट हेटौँडा जोड्ने सडक खण्ड अवरुद्ध भएको हो । प्रहरी परिसर कीर्तिपुरबाट इन्सपेक्टर हिक्मतबहादुर थापासहितको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ ।‘चोभारमा दुई ठाउँमा […]

२०८१ श्रावण २२ गते, मंगलवार