समाज

सिमरामा आन्दोलन चर्कियो

काठमाडौँ, ६ फागुन ।बाराको सिमरामा मालपोत र नापी कार्यालयको सेवा विस्तार नगर्ने सरकारी निर्णयको विरोधमा चौथो दिन बुधबार पनि सिमरालगायत आसपासका सर्वसाधारण आन्दोलनमा उत्रिएका छन् ।स्थानीय राजनीतिक दलको अगुवाईमा भएको आन्दोलनमा व्यवसायी, नागरिक समाजका अगुवा र संघ–संस्थाको साथ रहेको छ । प्रदर्शनकारीले मध्यान्ह १२ बजेदेखि राजमार्ग र बजार पूर्णरुपमा ठप्प पार्ने जनाएका छन् । आन्दोलनको […]

२०७१ फाल्गुन ६ गते, बुधबार

साझाले रुट विस्तार गर्यो

काठमाडौं,६ फागुन । साझा बसले कलंकी–एयरपोर्ट रुट परिमार्जन गर्दै उपत्यकामा नयाँ रुट विस्तार गरेको छ । साझाले आजदेखि स्वयम्भूदेखि पशुपति रुटमा गाडी चलाउन थालेको छ ।धार्मिक एवम् पर्यटकीय उच्च महत्व बोकेका स्वयम्भूनाथ र पशुपतिनाथलाई आपसमा जोड्न आवश्यक भएकोले रुट विस्तार तथा परिमार्जन गरिएको साझा यातायातले जनाएको छ । यसअघि कलङ्की–त्रिपुरेश्वर–एयरपोर्टको रुटलाई स्वयम्भू–कलङ्की–कालिमाटी–त्रिपुरेश्वर–रत्नपार्क–जमल–कमलपोखरी–गौशाला हुँदै एयरपोर्टसम्म बनाइएको […]

२०७१ फाल्गुन ६ गते, बुधबार

आज महाशिवरात्रि , धुमधाम मनाइदै

काठमाडौं, ५ फाल्गुन । आज महाशिवरात्रि । पशुपतिनाथसहित देशभरका शिवालयमा विहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।शिव उत्पत्ति भएको रातका नामबाट नामकरण गरिएको यस पर्व हरेक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रुपमा यसलाई पुराणमा व्याख्या गरिएको छ । ब्रतमा सर्वाेत्तम ब्रतका रुपमा […]

२०७१ फाल्गुन ५ गते, मंगलवार

आज पानी पर्न सक्ने

काठमाडौं, ४ फागुन । आज पानी पर्न सक्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद मिनकुमार अर्यालका अनुसार पूर्वी र पश्चिमी क्षेत्रमा हल्का पानी पर्ने सम्भावना छ ।काठमाडौं उपत्यका सहित मध्य क्षेत्रमा पनि छिटपुट वर्षा हुने उनले बताए । आइतबारदेखि नै देशका पहाडी क्षेत्रमा हल्का पानी परेको छ । उच्च पहाडी तथा […]

२०७१ फाल्गुन ४ गते, सोमबार

ताप्लेजुङमा वर्षासँगै हिमपात

काठमाडौ, ३ फागुन । गएराति ताप्लेजुङमा वर्षासँगै हिमपात भएको छ । गत विहिबारदेखि परेको हिउँ नपग्लदै गएराति फेरि हिउँ थपिएको हो ।बाक्लो हिमपात हुँदा लेलेपस्थित घुन्सा, याङ्मा, कालिखोला, याम्फुदिन, ओलाङ्चुङगोला साथै पाथिभरा क्षेत्रको जनजीवन प्रभावित भएको छ ।बर्षासँगै चिसो बढेपछि सदरमुकाममा चहलपहल नै पातलिएको छ । वर्षाको कारण कृषकलाई भने केही राहत मिलेको छ ।

२०७१ फाल्गुन ३ गते, आईतवार

मध्यपहाडी लोकमार्ग पाँच वर्षभित्र

काठमाडौं । पूर्व–पश्चिम (महेन्द्र) राजमार्गको विकल्प मानिएको मध्यपहाडी लोकमार्ग अब पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । ०७६ सालसम्म १ हजार ७ सय ६५ किलोमिटर लामो लोकमार्ग बनाउने प्रयास जारी छ । पाँच वर्षअघि आर्थिक वर्ष ०६४र६५ बाट सुरु गरिएको बहुचर्चित मध्यपहाडी लोकमार्ग अर्थात पुष्पलाल मार्गको सम्पूर्ण ट्रयाक खोल्ने काम पूरा भइसकेको विभागले जनाएको छ […]

२०७१ फाल्गुन २ गते, शनिबार

आज विश्व रेडियो दिवस

काठमाडौं,१ फागुन ।आजु विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी र मनाईंदैछ । युनेस्कोको ३६ औँ सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्ष वर्षको फेब्रुअरी १३ तारिखमा यो दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा २००३ सालमा काठमाडौंमा रेडियो प्रसारण सुरु भए पनि २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन […]

२०७१ फाल्गुन १ गते, शुक्रबार

नक्कली आइडी बनाउने गिरोह प्रहरीको फन्दामा

काठमाडौ, २९ माघ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले किर्ते कागजात बनाएर हङकङ आइडी (आवासीय अधिकार अनुमतिपत्र) बनाउने एक नेपालीलाई पक्राउ गरेको छ।रामेछाप गुप्तेश्वर ७ का द्रोणकान्त तामाङको व्यक्तिगत विवरणसहितको कागजात लिई हङकङको आइडी बनाउने डोरना कान्टा तामाङलाई विमानस्थल अध्यागमन कार्यालयले मंगलबार पक्राउ गरेको हो। उनी हङकङ अध्यागमनको विशेष सूचनाका आधारमा पक्राउ परेका हुन्। विमानस्थल अध्यामगनले […]

२०७१ माघ २९ गते, बिहीबार

भाडा कार्यान्वयनको लागि अनुगमन हुने

काठमाडौं,२९ माघ । सरकारले सार्वजनिक गाडीमा घटेको भाडा लागू गर्न अनुगमन गर्ने तयारी गरेको छ । घटेको भाडा लागू नभएको जनगुनासो बढेपछि अनुगमनको तयारी गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले बताए । काठमाडौं उपत्यका बाहिर घटेको भाडा लागू गर्न व्यवसायी सहमत भएपनि उपत्यकामा १ रुपैयाँ घटेको भाडा लागू गर्न भने व्यवसायीले आलटाल गरिरहेका छन् […]

२०७१ माघ २९ गते, बिहीबार

एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

काठमाडौँ, २८ माघ । ताप्लेजुङको नाङ्खोल्याङमा बिरामी पु¥याएर फर्किदै गरेको एम्बुलेन्स गएराती दुर्घटना हुँदा एम्बुलेन्स चालकको मृत्यु भएको छ । सदरमुकामबाट नाङ्खोल्याङ ३ का बिरामि पु¥याएर फर्कने क्रममा गएराती करिब ९ बजे मे १ च ३२३४ नम्बरको एम्बुलेन्स मेची राजमार्ग अन्तर्गत खपरे भिरमा दुर्घटनामा हुँदा एम्बुलेन्स चालक नाङ्खोल्याङ ६ निवासी २१ वर्षीय पदम कुमार राईको […]

२०७१ माघ २८ गते, बुधबार