समाज

कोरियन भाषाको परीक्षा केन्द्र तोकियो

काठमाडाैँ, १५ भदाै । इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । आउँदो असोज २ र ३ गते हुने छैटौं कोरियन भाषा परीक्षा हुन् लागेको छ । काठमाडौंमा १५ र पोखरामा तीन गरी १८ वटा केन्द्रमा परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ । काठमाडौंमा लिटिल एन्जेल्स स्कुल हात्तिवन, लिटिल एन्जेल्स […]

२०७२ भाद्र १५ गते, मंगलवार

वीरगन्ज र कलैया विहानै देखि तनावग्रस्त

काठमाडाैँ, १५ भदाै । बाराको कलैयामा पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि तनाव भने कायमै छ । कलैयामा अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ अवस्थामा रहेका छन् । आन्दोलनकारीहरुले बिहानैदेखि कलैयाका चोक चोकमा बसेर प्रदर्शन सुरु गरेका छन् । बाराको भरतचोकमा पनि आन्दोलनकारी लाठीसहित बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । यसैबीच, संयुक्त मधेशी मोर्चाले आह्वान गरेको […]

२०७२ भाद्र १५ गते, मंगलवार

वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु

काठमाडाैँ, १४ भदाै । वीरगन्ज उपमहानगरपालिकाको नगवा र घन्टाघर चोकमा प्रदर्शनकारी र प्रहरीबीच पटक पटक झडप भइरहेको छ । प्रदर्शनकारी र प्रहरीबीच आज वीरगन्जमा पटक पटक भइरहेको झडपका कारण यहाँको जनजीवन त्रसित बनेको छ । यसैबीच स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा राख्न वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले दिउँसो ३ बजेसम्म […]

२०७२ भाद्र १४ गते, सोमबार

पूर्वको नौ जिल्लामा आमहड्ताल

काठमाडाैँ, १४ भदाै । संघीय लिम्बुवान पार्टीले आज र भोलि पूर्वको नौ जिल्लामा आमहड्ताल आव्हान गरेको छ । प्रस्तावित ७ प्रदेशको संघीयताको सीमांकनको विरोध गर्दै आएको लिम्बुवान पार्टीले आज र भोेलि अरुण पूर्वका ९ जिल्लामा आम हड्ताल आवहान गरेको हो । नयाँ बन्ने संविधानमा प्रस्ताव गरिएको १४ जिल्लासहितको प्रदेश हुन नहुने र त्यसमा ९ जिल्ला […]

२०७२ भाद्र १४ गते, सोमबार

बन्दकर्ता व्यवसायी माथि खनिए

काठमाडौं, १३ भदौ । चितवनलाई प्रादेशिक राजधानी बनाउनुपर्ने, विगतमा थारुहरुसँग भएका सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै चितवनका थारु समुदायहरुले आन्दोलन थालेका छन । यसैक्रममा थारु कल्याणकारिणी सभा चितवनले पनि आजबाट छुट्टै चार दिने चितवन बन्दको आह्वान गरेको छ । बन्दले यातायातका साथै कलकारखाना, बजार, शैक्षिक संस्थासमेत ठप्प बनेका छन् । थारु कल्याणकारिणी सभा चितवनले आह्वान […]

२०७२ भाद्र १३ गते, आईतवार

आज गाईजात्रा

काठमाडौं, १३ भदौ । आज भाद्र कृष्ण प्रतिपदा अर्थात गाईजात्रा पर्व । काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा मनाईदै छ । गाईजात्रा नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व हो । यस पर्वमा बर्षभरी दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा […]

२०७२ भाद्र १३ गते, आईतवार

आज जनैपूर्णिमा

काठमाडौं, १२ भदौ । आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउने चलन छ । आजको दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने गरिन्छ । विशेषगरी तागाधारी ब्राह्मण, क्षेत्री, वैश्य वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे […]

२०७२ भाद्र १२ गते, शनिबार

हिन्दु राष्ट्रका निम्ति आमरण अनसन

काठमाडौं, ११ भदौ । राष्ट्रिय धर्म जागरण अभियान नेपालको संयोजन र राष्ट्रिय हिन्दु यूवा मञ्चको आयोजनामा आगामि भदौ १४ गतेदेखि राजधानीको खुल्ला मञ्चमा सामूहिक आमरण अनसन बस्ने भएका छन । अभियानले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर हिन्दु राष्ट्र नेपाल स्थापनाको अन्तिम लडाईको रुपमा २०६३ सालदेखि हिन्दु धर्म अभियानमा लागेका देश भरीका ३ सय […]

२०७२ भाद्र ११ गते, शुक्रबार

गोर्स्याङमा पहिरो, पाँच जनाको मृत्यु

काठमाडौ, ११ भदौ । नुवाकोटको गोर्स्याङ गाविस–२ गएको पहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । गोर्स्याङ गाविसस्थित ढुंगाखानीमा गएराति पहिरो जाँदा दुईवटा घर पुरिएका छन् । ती घरमा कति जना थिए भन्ने अझै खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय नुवाकोटले पहिरोमा परी पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनास्थलमा पाँच […]

२०७२ भाद्र ११ गते, शुक्रबार

मधेसी मोर्चाद्धारा अलग्गै मधेस आन्दोलनको घोषणा

काठमाडौ, १० भदौ ।मधेसी राष्ट्रिय मुक्ती मोर्चा ( क्रान्तिकारी)ले अलग्गै मधेस आन्दोलनको घोषणा गरेको छ । एकीकृत नेकपा माओवादी सम्बद्ध मोर्चाले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकरा सम्मेलन गरेर आफ्ना १० बुँदे मागसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलनको कार्यक्रमहरुमा भदौ ११ र १२ गते मधेसका जिल्लाहरुमा बैठक तथा पत्रकार सम्मेलन गर्ने, भदौ १३ […]

२०७२ भाद्र १० गते, बिहीबार