समाज

हेलिकोप्टर दुर्घटना

काठमाडौं , १० असोज – काठमाडौंबाट लुक्लाको लागी उडेको एयर डाइनेष्टिको नाइन एन एईएक्स हेलिकोप्टर बिहान साढे ८ बजे लुक्ला विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना भएको छ । बिमानस्थल छेक्न लगाइएको तारमा ठोक्किएर बिमानमा आगलागी भएको थियो । हेलिकप्टरमा ५ जना सवार थिए ।

२०७० आश्विन १० गते, बिहीबार

मूल्य वृद्धिको विरोधमा आन्दोलन चर्कदै

काठमाण्डौं,९ असोज । मूल्य वृद्धिको विरोधमा चरणबद्ध आन्दोलन गर्दै आएका विभिन्न विद्यार्थी संगठनले आज बिहान १ घन्टा देशभरका क्याम्पस अगाडी प्रदर्शन गर्नुका साथै सरकारी सवारीका साधन सञ्चालनमा रोक लगाएका छन् । आफ्ना मागको उचित सुनवाई नगरेको भन्दै आन्दोलनका कार्यक्रय तय गर्न बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले आज प्रदर्शनसहित सरकारी सवारी साधन सञ्चालनमा रोक असोज १० […]

२०७० आश्विन ९ गते, बुधबार

आज राष्ट्रिय संरक्षण दिवस

काठमाण्डौ, ७ असोज ।आज राष्ट्रिय संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं २०६३ असोज ७ गते तत्कालीन वनमन्त्री गोपाल राई, वन र वातावरण क्षेत्रका विज्ञहरू डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङलगायत २४ जनाको ताप्लेजुङको धुम्सामा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उहाँहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन थालिएको हो […]

२०७० आश्विन ७ गते, सोमबार

अब सातदोबाटोमा पनि आकाशे पुल

ललितपुर , ६ असोज- ललितपुरको सातदोबाटो चोकमा पैदल यात्रीलाई बाटो काट्न मुस्किल परिरहेको अवस्थालाई मध्यनजर गर्दै आकाशे पुल बन्ने भएको छ । कलङ्कीमा जस्तै अत्यन्त धेरै सवारी चाप हुने सातदोबाटो चोकमा आकाशे पुल बनाउने योजना राखिएको डिभिजन सडक कार्यालय ललितपुरका डिभिजन प्रमुख इञ्जिनियर आयोध्याप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । चीन सरकारको सहयोगमा काठमाडौँको कोटेश्वरदेखि ललितपुरको […]

२०७० आश्विन ६ गते, आईतवार

प्रधानसेनापति भारत दौडदै

काठमाडौँ । प्रधानसेनापति गौरवशमशेर जबरा भारतीय सेनाध्यक्ष जनरल विक्रम सिंहको औपचारिक निमन्त्रणामा यीहि असोज १३ गते साताव्यापी भारत भ्रमणमा जाने भएका छन् । सैनिक मुख्यालय जंगीअड्डाले उनको भ्रमण कार्यक्रम स्वीकृतिका लागि रक्षा मन्त्रालयमार्फ् मन्त्रिपरिषद् कार्यालयमा पठाएको स्रोतले बतायो । स्रोतका अनुसार भारतीय सेनाध्यक्ष जनरल विक्रम सिंहको औपचारिक निमन्त्रणामा उनी साताव्यापी भ्रमणका लागि जान लागेका हुन् […]

२०७० आश्विन ५ गते, शनिबार

सोह्र श्राद्ध सुरु

काठमाण्डौं,४ असोज । आजदेखि हिन्दु धर्मावलम्बीहरुले सोह्र श्राद्ध पर्व सुरु भएको छ । हिन्दु परम्परा अनुसार पितृपक्ष सुरु भएपछि पितृको पर्वका रुपमा सोह्रश्राद्ध मनाइन्छ ।आश्विन कृष्णपक्षको बेला सूर्य कन्या राशिमा बसेको हुनाले यो समय पितृका लागि महत्वपूर्ण हुने विश्वासका आधारमा सोह्रश्राद्ध पर्व मनाइन्छ । दिवंगत भएका आफ्ना पितृहरुलाई सम्झेर अन्न, जल अर्पण गरिने भएकाले आफ्ना […]

२०७० आश्विन ४ गते, शुक्रबार

एसियालि युवा उद्यमीको भेला हुदै

काठमाडौं, ३ असोज । आजदेखि दक्षिण एसियाका विभिन्न मुलुकका युवा उद्यमीको भेला हुने भएको छ । नेपाली युवा उद्यमी मञ्चको आयोजनामा हुन लागेको भेला असोज ५ गतेसम्म चल्नेछ ।दक्षिण एसियाका युवा उद्यमीको एक–आपसमा सकारात्मक सम्बन्ध स्थापित गर्ने, अवसरको सिर्जना गर्ने र एक–अर्काको विचार आदानप्रदान गरी व्यवसायमा सहजीकरण गर्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको आयोजक पक्षले […]

२०७० आश्विन ३ गते, बिहीबार

भारतीय प्रहरीद्धारा नेपालमा छापा

बर्दिया,२ असोज । भारतको लखीनपुर खिरी जिल्ला प्रहरीका डिएसपीउदयप्रताप सिंहसहित १४ जनाको टोलीले बर्दियाका मञ्जुलकुमार श्रेष्ठको घरमा नेपाल प्रहरीको समन्वय बिना छापा मारेको छ । भारतीय प्रहरीको हत्या अभियोगमा फरार रहेका मोना सरदार गुलरियास्थित मञ्जुलकुमार श्रेष्ठको घरमा लुकेको आशंकामा भारतीय प्रहरीले छापा मारेको हो ।छापा मार्नेमा डिएसपी उदयप्रताप सिंहको नेतृत्वमा १४ जना भारतीय प्रहरी रहेका […]

२०७० आश्विन २ गते, बुधबार

दसैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौँ ,१ असोज । नेपाल राष्ट्रिय यातायात व्यवसायीले गृहजिल्ला फर्किने यात्रु लक्षित गरेर आजदेखि दसैंको अग्रिम टिकट बुकिङ खुला गरेका छन् । यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ थाल्न मातहतका समितिहरूलाई निर्देशन दिएसकेको बताइएको छ । ‘झन्डै दइ सातादेखि यात्रुहरूको भीडभाड बढ्छ भन्ने आंकलनसाथ बुकिङ खोल्ने निर्ण्र्ाागरिएको हो,’ महासंघका कोषाध्यक्ष सरोज सिटौलाले भने, ‘फूलपातीअघिका करिब तीन/चार […]

२०७० आश्विन १ गते, मंगलवार

आज विश्वकर्र्मा पुजा

काठमाडौं , १ असोज : आज विश्वकर्र्मा पुजा , हिन्दुहरुले विभिन्न फलामे औजार र कलकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउदै छन । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरीन्छ । मजदुरहरुलाइ आजका दिन बिदा पनि दिने चलन छ । आजका दिन आफनो फलामे औजारको पुजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास रहि […]

२०७० आश्विन १ गते, मंगलवार