समाज

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन

काठमाडौ, २५ साउन । नेपाली चलचित्रका अभिनेता श्रीकृष्ण श्रेष्ठको गएराति दिल्लीको एपोलो अस्पतालमा निधन भएको छ । निमोनियाको समस्याका कारण गएको असार अन्तिम साता दिल्लीको एपोलो अस्पतालमा उपचार गराइरहुन भएका श्रेष्ठको उपचारकै क्रममा निधन भएको हो । निमोनियाले सताएर अत्याधिक खोकी लाग्ने हुन थालेपछि श्रेष्ठलाई आइसीयुमा राखेर एपोलो अस्पतालमा उपचार गराइएको थियो । श्रेष्ठको निधन […]

२०७१ श्रावण २५ गते, आईतवार

आज जनैपूर्णिमा

काठमाडौ, २५ साउन ।आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व घरघरमा श्रद्धापूर्वक मनाइँदैछ ।सत्ययुगमा दानवद्वारालखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले “येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वाम् प्रतिबध्नामी रक्षेमा […]

२०७१ श्रावण २५ गते, आईतवार

जताततै भ्रस्टहरुको बिगबिगी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठीको जग्गालाई व्यक्तिको नाममा दर्ता गर्ने मालपोत कार्यालय डिल्लीबजारका शाखा अधिकृत सिताराम पोखरेलसहित छ जनालाई पक्राउ गरेको छ । काठमाडौँको सरस्वती गाविस ६ को ४ रोपनी ४ आना गुठीको जग्गालाई रैकरमा परिणत गरी व्यक्तिको नाममा दर्ता गर्ने गरेको आरोपमा गुठी संस्थान शाखा कार्यालय त्रिपुरेश्वरका सहायक प्रशासक मेघराज सापकोटा, वरिष्ठ […]

२०७१ श्रावण २४ गते, शनिबार

चरी’ हत्याको विरोधमा ठाउ ठाउमा बन्द

काठमाडौ, २३ साउन । यातायात ब्यवसायी संघको आपसी बिवादका कारण कोशी अञ्चलमा आज यातायात चलेका छैनन् । मेची, संयुक्त तथा उज्यालो यातायात ब्यवसायी संघको बिवाद मिल्न नसक्दा मेची र कोशी अञ्चलमा यातायातका साधन चल्न नसकेका हुन् । छुट्टै संघ दर्ता गरि उज्यालो यातायातले सेवा सञ्चालनमा ल्याएपछि सिण्डिकेटमा लागेका अरु संघ त्यसविरुद्ध उत्रिएका हन् । बन्दका […]

२०७१ श्रावण २३ गते, शुक्रबार

लिम्बुवानद्वारा पूर्वका नौ जिल्ला बन्द

काठमाडौ, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी जनवर्गीय संगठन लिम्बुवान राज्य परिषदले आज पूर्वका नौ जिल्ला वन्दको आह्वान गरेको छ । बन्दका कारण पूर्व पश्चिम राजमार्ग, कोशी राजमार्ग र मेची राजमार्गमा कुनै पनि यातायातका साधन चल्न सकेका छैनन् भने कलकारखाना, शिक्षण संस्था र बजार ठप्प रहेका छन् ।बिक्रम् संबत् १८३१ आजकै दिन अर्थात साउन २२ […]

२०७१ श्रावण २२ गते, बिहीबार

कैदीबीच भिडन्त, सातजना घाइते

काठमाडौं, २१ साउन । पर्वत कारागारमा कैदीबन्दीहरुबीच भएको भडपमा सात जना घाइेत भएका छन् । घाईतेमध्ये दुई जनाको अबस्था गम्भिर रहेको छ । अन्य ५ जना सामान्य घाईते भएका छन् । घाईते हुनेमा पर्वतको टकलाकका अमृत न्यौपाने, रत्नराज न्यौपाने, लेखफाँट पर्वतका बिक्रम सुबेदी, कास्कीका आनन्द केसी र प्रेम तामाङ, लेखनाथ कास्कीका लिलाबहादुर खोर्जा र तनहुँका […]

२०७१ श्रावण २१ गते, बुधबार

चम्ल्याहा बच्चा जन्मिए

काठमाडौ । रौटहटको पोठियाही गाविस बस्ने एक महिलाले एकैपटक चम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । स्थानीय पोठियाही गाविस-८ बस्ने मधुदेवी यादवले सोमबार पहिलो गर्भबाट दुई छोरा तथा दुई छोरी जन्माएको वीरगन्जस्थित नेसनल मेडिकल कलेजले जनाएको छ । नवजात शिशुको तौल ५०० देखि ७०० ग्राम रहेको छ । शिशुको अवस्था चिन्ताजनक रहेकाले सो अस्पतालमा राखेर बच्चाको […]

२०७१ श्रावण २० गते, मंगलवार

कालीगण्डकीको किनारमा नुनखानी भेटियो

काठमाडौं। म्याग्दीको शिख गाविसस्थित पाउद्वारमा नुनिलो पानीको मुहान फेला परेको छ ।कालीगण्डकी नदीनजिकै मुहान भेटिएपछि नुनखानी भएको अनुमान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिख र नारच्याङ गाविसको सिमानामा मुहान भेटिएपछि त्यसको अनुसन्धान सुरु गरिएको तातोपानी संरक्षण समितिका सदस्य पूर्णबहादुर पुनले जानकारी दिए । ‘तातोपानीसँगै नुनसमेत देखिएको छ’-उनले भने ‘पानीको स्वाद नुन हालेको […]

२०७१ श्रावण २० गते, मंगलवार

पशुपति क्षेत्रको विकासका लागि भारु पच्चीस करोड दिने

काठमाडौँ, १९ साउन । नेपालमा भ्रमण रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति क्षेत्रको बृहत् भौतिक पूर्वाधार विकासका लागि भारु २५ करोड सहयोगको प्रतिबद्धता गरेका छन् ।पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले नेपालस्थित भारतीय राजदूतावासमार्फत आफूलाई सो जानकारी आएको पत्रकारहरुलाई बताए ।साउने सोमबारेका अवसर पारेर भारतीय प्रधानमन्त्री मोदीले पशुपतिमा विशेष पूजा गरेका छन्

२०७१ श्रावण १९ गते, सोमबार

सिन्धुपाल्चोकको अवस्था सामान्य बन्दै

काठमाडौ , १८ साउन । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोपछि सुनकोसी नदी थुनिएर बढेको खतरा कम हुदै गएको छ । नदी थुनिएको १ घण्टापछि शनिबार दिउँसो १ बजेपछि नेपाली सेनाले दुईवटा बम विष्फोट गराएर पानीको प्राकृतिक बहाव सुचारु भएपछि पानीको सतह क्रमस घट्दै गएको छ । तालमा परिणत भएको नदी विस्तारै बगेपछि जोखिमको सम्भावना कम भएको […]

२०७१ श्रावण १८ गते, आईतवार