समाज

भारतबाट १२ महिलाको उद्दार

काठमाडौं । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भारतबाट १२ जना महिलालाई उद्दार गरेकाे जानकारी गराएकाे छ । नेपालका विभिन्न नाकाहरूबाट मंसिर र पुस महिनामा भारत पुराई दुबईहुँदै भिजिट भिसामा इथोपियामा बैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाइ भारतको जयपुरमा राखिएको अवस्थामा ती महिलाहरुलाई उद्धार गरिएकाे व्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक […]

२०७९ माघ २० गते, शुक्रबार

अर्काको नाममा ट्रायल दिने र दिन लगाउने नियन्त्रणमा !

काठमाडौँ । ट्राफिक प्रहरीले नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने २ जनालाई नियन्त्रणमा लिएको छ । दोलखाको गौरी शंकर नगरपालिका ५ घर भइ हाल भक्तपुरको मध्यपुर ठिमी बस्ने २३ वर्षीय देव बहादुर श्रेष्ठ र दोलखा घर भइ हाल भक्तपुर बस्दै आएका २५ वर्षीय युवराज खड्कालाई […]

२०७९ माघ १९ गते, बिहीबार

शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन

काठमाडौँ। माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ। गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा मङ्गलबार २६औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन भएको हो। गत वर्ष कोरोना महामारीका कारण कम भक्तजन शालीनदी […]

२०७९ माघ १८ गते, बुधबार

विद्युतीय राहदानीका लागि एक महिनाको अनलाईन बुकिङ खुला

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी सहज रूपमा प्रदान गर्न एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको जनाएको छ । विभागले अब दैनिक १५ सयका दरले अनलाइन फाराम भर्न सक्ने जनाएको छ । विभागका अनुसार अब सेवाग्राहीले आफूले चाहेको समयमा फाराम भर्न सक्नेछन् । हरेक दिन १५ सयले अनलाइन आवेदन दिँदा त्यसको समयावधि एक महिना […]

२०७९ माघ १७ गते, मंगलवार

६ जना थुनुवा फरार !

काठमाडौँ । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना थुनुवा फरार भएका छन् । आइतबार राति उनीहरु दुई बजेदेखि चार बजेको बीचमा हिरासत तोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । दुई जना हातहतियार, दुईजना लागुऔषध र अन्य दुईजना अभद्र व्यवहार मुद्दामा थुनामा रहेकाहरु फरार भएका हुन् । उनीरुको तीव्र […]

२०७९ माघ १६ गते, सोमबार

धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते

काठमाडौँ । गए राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा३० जना घाइते भएका छन्। ती मध्ये १८ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए। उनका अनुसार १२ जना धनकुटा अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन्। प्रतिष्ठानमा उपचार हुन नसकी दुई बच्चालाई गोल्डेन अस्पताल विराटनगरमा उपचारका लागि पठाइएको उद्योग […]

२०७९ माघ १५ गते, आईतवार

१०१ थान राहदानी र पुलिस रिपोर्टसहित २ जना पक्राउ

काठमाडौं। प्रहरीले १०१ थान राहदानी र पुलिस रिपोर्टसहित काठमाडौंबाट दिल्ली जान लागेका दुई जनालाई पक्राउ गरेको छ। अवैध रूपमा वाह्यय मुलुकतर्फ लैजान लागेको राहदानी १ सय १ थान र ७९ थान पुलिस रिपोर्टसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-३ घर भएका ३८ वर्षीय अमित बोगटी […]

२०७९ माघ १३ गते, शुक्रबार

गर्मी बढ्यो

काठमाडौं । माघको दोस्रो हप्ता देखि नै काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोमा गर्मी बढ्न थालेको छ । बिहान र बेलुका केही चिसो भए पनि दिउँसो घाम चर्किने गरेको छ । काठमाडौं पछिल्लो २४ घण्टामा न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने उच्चतम तापक्रम २२ दशमलव ८ डिग्री पुगेको छ । […]

२०७९ माघ १४ गते, शनिबार

सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका हुन् । सात सदस्यीय कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल रहेका छन । कार्यदलले अध्ययनलाई प्रतिवेदनका […]

२०७९ माघ १३ गते, शुक्रबार

आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा

काठमाडौँ । आज माघ शुक्ल पञ्चमी अर्थात श्रीपञ्चमी । आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी […]

२०७९ माघ १२ गते, बिहीबार