समाज

पचली भैरवको घ्याम्पो जात्रा शुरु

काठमाडौं । काठमाडौंको टेकुस्थित ७ वटा घाटको बीचमा रहेको पचली भैरबको पिठमा होम तथा पूजा गरी घ्याम्पो जात्रा शुरु भएको छ ।दशैंको चौथो र पाचौं दिन मनाइने यो जात्रामा भैरवको घ्याम्पोलाई खटमा राखी टेकु, गोफल, लगनटोल, जैसीदेवल, चिकमुगल, मरुगणेशस्थान हुँदै हनुमानढोका दरबारमा लग्ने गरिन्छ । सो अवसरमा जिवित देवी कुमारीलाई समेत हनुमानढोका परिसरमा जात्रा अवलोकनका […]

२०७८ आश्विन २५ गते, सोमबार

काठमाडौं छाडनेको संख्या सात लाख नाघ्यो

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार दशैंका लागि सात लाखभन्दा धेरै यात्रुले काठमाडौं उपत्यका छाडेका छन् । घटस्थापनाको दिनसम्म फाट्टफुट्ट मात्रै गाउँघर गए पनि घटस्थापनापछि बाहिरिनेको संख्या बढेको महासंघका महासचिव सरोज सिटौलाले बताए । अग्रिम टिकट बुकिङ खुलेको केही दिनसम्म यात्रु नपाए पनि घटस्थापनापछि यात्रुको चाप बढेको उनले बताए । यही असोज ११ […]

२०७८ आश्विन २४ गते, आईतवार

जनगणतन्त्रीक सम्पर्क मञ्च प्युठान – काठमाडौं भेला आयोजक समिति गठन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतन्त्रीक सम्पर्क मञ्च प्युठान -काठमाडौंले भेला आयोजक समिति गठन गरेको छ। मञ्चको केन्द्रिय कार्यालयमा बसेको बैठक मञ्चका केन्द्रिय अध्यक्ष .कमानसिंहको प्रमुख अतिथिमा सम्पन्न भएको हो। बैठकमा प्रशिक्षण दिदै अध्यक्षले सम्पर्क मञ्चको काम र कर्तव्य बारे प्रष्ट पार्नु भयो । बैठकले संयोजकमा चुमानसिंह झाक्री र सह-संयोजकमा सरस्वती परियार लगायत पाँच जनाको […]

२०७८ आश्विन २३ गते, शनिबार

दसैँ सुरु : आज घटस्थापना

काठमाडौं । आज आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापना । आजदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको […]

२०७८ आश्विन २१ गते, बिहीबार

युवा संगठन इलामको अध्यक्षमा विद्रोही

काठमाडौँ । युवा संगठन नेपाल इलामको प्रथम जिल्ला सम्मेलनले मदन गजमेर बिद्रोहीलाई अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । सम्मेलन नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा इलाम जिल्लाका इन्चार्ज सुमनसिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सम्मेलनमा बोल्दै नेता सुमनसिंहले इलाममा शहिदहरुको रगत , घाइते अपाङ्ग योद्दाहरुको योगदान र आम इलामेली जनताको सपना […]

२०७८ आश्विन २१ गते, बिहीबार

अर्घाखाँची-काठमाडौ जनगणतान्त्रिक सम्पर्क मन्च भेला आयोजक कमिटी गठन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची – काठमाडौ जनगणतान्त्रिक सम्पर्क मञ्चले भेला आयोजक कमिटी गठन भएको छ । जसको संयोजकमा बेदनिधी पौडेल र सहसंयोजकमा शंकर शाहीसहित ५ जना रहेका छन ।

२०७८ आश्विन २१ गते, बिहीबार

युवा सङ्गठन रुकुम पश्चिमको अध्यक्षमा बिबेक बिश्वकर्मा

काठमाडौँ । युवा सङ्गठन नेपाल रुकुम (पश्चिम) को चौथो जिल्ला सम्मेलनले विवेक विश्वकर्माको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा महेश बस्नेत, सचिवमा शिव रसाइली, सह–सचिवमा रमेश मल्ल र कोषाध्यक्षमा प्रतिभा पौडेललाई सम्मेलनले निर्वाचित गरेको छ । त्यस्तै किरण, रवीन्द्र, राजन, राजकुमार, दिपक, निरुता, टेकबहादुर, लालु, पृथ्वी, श्वयमप्रकाश, भुपेन्द्र, पुष्पकमल, रोशन, […]

२०७८ आश्विन २१ गते, बिहीबार

६६ औँ प्रहरी दिवस मनाँईदै

काठमाडौं । आज ६६ औँ प्रहरी दिवस । नेपाल प्रहरीले बिभिन्न कार्यक्रम गरी आज ६६ औँ प्रहरी दिवस मनाउदैछ । विक्रम संवत २०१२ सालमा ऐन आएपछि नै नेपाल प्रहरी औपचारिक रुपमा गठन भएको हो । २०१२ मै प्रहरी संगठन औपचारिक रुपमा गठन भए पनि प्रहरी दिवस भने केही वर्षपछि मात्रै मनाउन सुरु गरिएको हो । […]

२०७८ आश्विन २० गते, बुधबार

युवा संगठन सर्लाहीको अध्यक्षमा पुलामी मगर

काठमाडौँ । नेकपानिकट युवा संगठन नेपाल सर्लाहीको तेस्रो भेलाले भरत पुलामी मगरको अध्यक्षमा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा सर्लाही रौतहट जिल्ला इन्चार्ज मिसन शाहीले संसदीय व्यवस्था खारेजी गरिनुपर्ने भन्दै सबै उत्पीडित वर्गको रक्षा गर्ने जनताको व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्थामा सबै युवाहरु एक भएर […]

२०७८ आश्विन २० गते, बुधबार

मगर मुक्ति मोर्चा प्यूठानको अध्यक्षमा नरबहादुर थापा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट मगर मुक्ति मोर्चा प्युठानकाे दाेस्राे जिल्ला सम्मेलनले नरबहादुर थापा मगरकाे अध्यक्षतामा २ १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । जसकाे उपाध्यक्षमा उमाराम घर्ती मगर र पिङ्कि बुढा मगर सचिव बाेम बहादुर पुन मगर , सह सचिव किरण पुन मगर र काेषाध्यक्ष हाेम बहादुर पुन मगर लगायत रहेका छन् ।उक्त कार्यक्रममा […]

२०७८ आश्विन १९ गते, मंगलवार