समाज

भागरथीको हत्याको विरोधमा बृहत र्यालीसहित कोणसभा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी बैतडीले भागिरथी भट्टको बलात्कारपछि हत्या भएको विरोधमा बृहत र्यालीसहित कोणसभा गरेको छ । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका ६ सित्तडको सलेनामा भएको कार्यक्रमलाई अखिल नेपाल महिला संघ क्रान्तिकारी सेतीमहाकाली संयोजक पुर्णिमा धामीले सम्बोधन गर्दै देउलेक ७ कतुला बस्ने भागरथी भट्टको सामुहिक बलात्कारपछि हत्याको विरोधमा भएको […]

२०७७ माघ २७ गते, मंगलवार

‘बेटी सम्मेलन’ हुँदै

काठमाडौं । आजदेखि तेस्रो राष्ट्रिय ‘बेटी सम्मेलन’ हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौँडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन बाग्मती प्रदेशको राजधानी हेटौँडामा हुन लागेको हो । समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, […]

२०७७ माघ २७ गते, मंगलवार

हेटौँडा–काठमाडौं यातायात सेवा अवरुद्ध

काठमाडौं । त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको छ । सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने जोखिम देखिएकाले रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए । उनले मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको बताए । हेटौँडाबाट गएका सयौँ सवारी साधन सिमभञ्ज्याङ र अघोरमा रोकिएका […]

२०७७ माघ २५ गते, आईतवार

अपहरणमा परेका बालकको सकुशल उद्धार

काठमाडौं । प्रहरीले सिरहा सदरमुकामबाट दुई दिनअघि अपहरणमा परेका दुई वर्षीय बालक प्रियन्सु यादवलाई बिहीबार राति भारतबाट सकुशल उद्धार गरेको छ । अपहरणमुक्त हुनेमा सिरहा नगरपालिका १ रामजानकी चौकमा घर रहेका प्रदीप यादवको २ वर्षिय छोरा इशान्त भन्ने प्रियान्सु यादव रहेका छन । बालकलाई नेपाल–भारत सिमापारिबाट उद्दार गरिएको प्रहरीले जनाएको छ । बालकलाई नेपालबाट करिब […]

२०७७ माघ २३ गते, शुक्रबार

आज विश्व क्यान्सर दिवस

काठमाडौँ । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस। ‘म हुँ र म हुनेछु’ भन्ने नारासहित विश्व क्यान्सर दिवस मनाइँदै छ । प्रत्येक वर्ष फेब्रुअरी ४ तारिखका दिन मनाइँदै आएको विश्व क्यान्सर दिवस नेपालमा पनि चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । क्यान्सर रोगको निवारणका लागि सक्रिय विभिन्न सरोकारवाला संस्था एवं निकायले क्यान्सरबाट हुने मृत्युलाई कम […]

२०७७ माघ २२ गते, बिहीबार

महाकाली नदी थुनियो, सतर्क रहन आग्रह

काठमाडौं । महाकाली नदी थुनिएको छ । दार्चुलाको माल्पामा आएको ठूलो पहिरोका कारण नदी थुनिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृणानन्द जोशीले बताए । थुनिएको नदी जुनसुकै बेला फुट्न सक्ने भएकाले तटी क्षेत्रमा बसोबास भएका र काम गर्ने सबैलाई आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालय आग्रह गरेको छ ।

२०७७ माघ २० गते, मंगलवार

बेँसीसहर–चामे सडक बन्द !

काठमाडौं । बेँसीसहर–चामे सडक तीन दिनका लागि बन्द गरिएको छ । लमजुङ र मनाङ जोड्ने उक्त सडकको स्तरोन्नति गर्नका लागि आजदेखि बिहीबार रातिसम्मका लागि बन्द गरिएको हो । सो सडकखण्ड अन्तर्गत लमजुङको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका चार स्यागे निजिकैको एक सय मिटर सडकमा ढलान गर्न लागिएको हो । नेपाली सेनाले भिर खोपेर निर्माण गरेको बेँसीसहर–चामे […]

२०७७ माघ २० गते, मंगलवार

तराईमा शीतलहर : जनजीवन कष्टकर

काठमाडौं । तराईका जिल्लाहरुमा केही दिनदेखि दिउँसोपख घाम लाग्न छाडेर मौसम धुम्मिनुका साथै बिहान–बेलुका र रातको समयमा चिसो हावा तथा बाक्लो हुस्सु लाग्दा जनजीवन प्रभावित बनेको छ । चिसो बढ्दै गएपछि जिल्लाका केही विद्यालयहरु बन्द गरिएको छ । चिसो हावा र बाक्लो हुस्सु लागेपछि स्थानीयहरुले दिनभर आगो तापेर बिताउन थालेका छन् । चिसोले न्यानो कपडा […]

२०७७ माघ १७ गते, शनिबार

सहनशीला पहिलो महिला पुजारी

काठमाडौँ । गुठी संस्थान शाखा कार्यालय काठमाडौँले सहनशीला शर्मा झालाई १ वर्ष परीक्षण काल रहने गरी पाँचवर्षका लागि पुजारी नियुक्ति गरेको छ । झाले असन अन्नपुर्ण मन्दिरमा पुजारीको नियुक्ति पाए संगै पहिलो महिला पुजारी बनेकी हुन् । कुनै पनि महिलालाई पुजारी नियुक्ती गर्ने नियम गुठी संस्थान मा रहने परम्परा नभएपनि सहनशीलाले लगातार प्रयास गरेपछि नियुक्ति […]

२०७७ माघ १६ गते, शुक्रबार

मनाङमा डढेलाेले भयानक रूप लिदै

काठमाडौं । मनाङ नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । आगोले भयानक रूप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटेको थियो । मानव बस्ती भएको वडा नं ६ र ७ को तिल्चे नजिक आगो पुग्न लागेको छ भने वडा नं ५ […]

२०७७ माघ १५ गते, बिहीबार