समाज

आज अक्षय तृतीया

काठमाडौं, १४ वैशाख । आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीय पर्व । पौराणिक मान्यता अनुसार आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । आजका दिन सदाशिव भगवान महादेव र हिमालयकी पुत्री देवी पार्वतीका बीचमा विवाह भएको मानिन्छ । यसैगरी […]

२०७७ बैशाख १४ गते, आईतवार

रमजान पर्व आजबाट सुरु

काठमाडौँ , १३ बैशाख । आजदेखि इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व शुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत् अनुसार इस्लाम धर्मालम्बीहरूको नवौँ महिनालाई ‘रमजान’ भनिन्छ । यो महिनाभर दिनभर केही पनि नखाइ निराहार रोजा अर्थात व्रत बस्ने गर्छन् ।इस्लाम धर्मावलम्बीहरूको आठौँ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा सुरू हुन्छ । रमजान सुरू भएको दिनदेखि […]

२०७७ बैशाख १३ गते, शनिबार

कोरोना संक्रमितको संख्या ४८ पुग्यो

काठमाडौँ , १२ बैशाख । पुनः कोभिड–१९ को परीक्षणका क्रममा भोजपुरका २६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएपछि नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोभिड–१९ को संक्रमण देखिएको बताए । सङ्क्रमितलाई आइसोशनमा राखिएको छ । ती पुरुष गत फागुन ३० […]

२०७७ बैशाख १२ गते, शुक्रबार

आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन

काठमाडौं, ११ वैशाख । आज वैशाख कृष्ण औंसी ( मातातीर्थ औंसी) अर्थात आमाको मुख हेर्ने दिन: । आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ । आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम […]

२०७७ बैशाख ११ गते, बिहीबार

आज लोकतन्त्र दिवस

काठमाडौं, ११ वैशाख । आज वैशाख ११ लोकतन्त्र दिवस । २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । त्यसैकाे सम्झनामा आज लोकतन्त्र दिवस मनाइन्छ । २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्दै राजनीतिक दलले […]

२०७७ बैशाख ११ गते, बिहीबार

बाणिज्य बैंकहरुको ब्याज घट्यो !

काठमाडौँ, १० वैशाख । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ८० प्रतिशत रहेको उल्लेख छ । गत आर्थिक वर्षमा त्यस्तो कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ३३ प्रतिशत रहेको थियो । केन्द्रीय बैंकको विवरणअनुसार गत वर्षको तुलनामा चालू आर्थिक […]

२०७७ बैशाख १० गते, बुधबार

काठमाडौंमा कोरोना परीक्षण गराउने बढे

काठमाडौं , ९ बैशाख । काठमाडौं महानगरपालिकामा कोभिड–१९ संक्रमणको परीक्षण गराउनेहरु बढ्न थालेका छन् । केही दिनअघि काठमाडौँको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बसेकामा कोरोना पोजेटिभ देखिएसँगै परीक्षण बढाइएको हो । महानगरपालिकामा गत बुधबारदेखि शुरु भएको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा अहिलेसम्म ८ सय ८ जनाले परीक्षण गराएकामा ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । ३२ वडा […]

२०७७ बैशाख ९ गते, मंगलवार

प्रहरीको जस्तै बर्दी लगाएका बन्दुकधारीद्वारा अन्धाधुन्ध गोली प्रहार : १६ जनाको मृत्यु

काठमाडौं, ८ वैशाख । एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा १६ जनाको मृत्यु भएको छ । क्यानडाको नोवा स्कोटिया भन्ने स्थानमा आइतबार प्रहरीको जस्तै बर्दी लगाएका बन्दुकधारी ५१ वर्षका गाब्रिएल वर्टम्यान नाम गरेका व्यक्तिले आक्रमण गरेकाे प्रहरीले जनाएकाे छ । १२ घण्टाको प्रयासपछि प्रहरीको गोलीबाट ती आक्रमणकारी पनि मारिएका छन् । नोभा स्कोटिया आरसीएमपीका अनुसार […]

२०७७ बैशाख ८ गते, सोमबार

मस्जिदहरुमा कडा निगरानी

काठमाडौँ, ७ वैशाख । सरकारले देशैभरका मस्जिदमा निगरानी बढाएको छ । उदयपुरको एक मस्जिदमा एकैसाथ १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि देशैभरका मस्जिदमा निगरानी बढाएको हो । कोरोनाको जोखिम नियन्त्रण गर्न जारी बन्दाबन्दीका क्रममा एकैसाथ यतिको संख्यामा संक्रमित भेटिएपछि पूर्वका मस्जिदसहित सीमा तथा आवतजावतमा सरकारले थप निगरानी बढाएको हो । यसैक्रममा हिजो दमक–६ स्थित […]

२०७७ बैशाख ७ गते, आईतवार

कोरोना संक्रमितको संख्या ३० पुग्यो

काठमाडौँ , ६ वैशाख । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड१९) का संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले उदयपुरमा १२ मध्ये केही भारतीय र चितवनमा २ जना नेपाली थपिएका भनेको छ । मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा शुक्रबार साँझ अध्यवाधिक गरेको तथ्यांकअनुसार यसअघिका १४ गरी नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये […]

२०७७ बैशाख ६ गते, शनिबार