समाज

महानिरीक्षक खनाल पुर्खौली घरलाई धर्मसाला बनाउँदै

काठमाडौं, ३१ जेठ । सशस्त्र प्रहरी बल प्रमुख सैलेन्द्र खनालले आफ्नो पुर्खौली घरलाई धर्मसाला बनाउने भएका छन् । गुल्मी जिल्लाको रुरु गाउँपालिका रिडी स्थित आफ्नो पुर्खौली घरलाई स्व पिता डा टिकाराम खनालको स्मृतिमा धर्मसाला बनाउने गरि भएका हुन् । ग्ुलमी पुगेर उनले घरलाई धर्मशाला बनाउन शंकर भट्टराईको अध्यक्षतामा १५ सदस्य निर्माण कमिटी गठन गरेका छन् […]

२०७६ जेष्ठ ३२ गते, शनिबार

भ्रष्टाचार, भूमाफियासँगको साठगाठ गरेकोले नगरपालीकामा विस्फोट

काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद् नेपालले धनुषाधाम नगरपालिकामाथि कारबाही गरिएको जनाएको छ । बुधवार राति धनुषाधाम नगरपालिकामा भएको विस्फोटको जिम्मा लिदैँ जनपरिषद् नेपाल धनुषाले भ्रष्टाचार, भूमाफियासँगको साठगाठ लगायतका कारण उक्त कार्वाहि गरेको जनाएको हो । जनपरिषद(जनसरकार) धनुषाका प्रमुख मनोजले बिहिवार विज्ञप्ति जारी गरी व्यापक मात्रामा भ्रष्टचार गरेको, जनयुद्धकालमा कब्जा गरिएका जमिनहरु दलालहरुमार्फत् […]

२०७६ जेष्ठ ३१ गते, शुक्रबार

लोकसेवाको विज्ञापन रद्द गर्न माग

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसले लोकसेवा आयोगको विज्ञापन समावेशी नभएको भन्दै लोकसेवाको विज्ञापन रद्द गर्न र गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग गरेको छ । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले स्थानीय तहमा ९ हजार कर्मचारी माग गर्दै गरिएको विज्ञापन संविधान अनुसार समावेशी नभएकाले रद्द गर्नु पर्ने बताए । करारमा कर्मचारी राख्ने […]

२०७६ जेष्ठ ३० गते, बिहीबार

हाइड्रोपावरले अचानक ड्याम खोल्दा युवती बेपत्ता

काठमाडौं, ३० जेठ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् । लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । दाङ जिल्ला घर भएकी युवती काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत थिइन् । अध्ययनकै सिलसिलामा उनी ‘प्राक्टिकल’का लागि सल्यानटार प्राथमिक […]

२०७६ जेष्ठ ३० गते, बिहीबार

आज विश्व बालश्रम विरुद्धको दिवस

काठमाडौं, २९ जेठ । आज विश्व बालश्रम विरुद्धको दिवस ‘ बालबालिका श्रममा होइन सपना हेर्न रमाउँछन्’ भन्ने नाराका साथ नेपालमा पनि मनाईंदैछ । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को महासन्धी पारित गरेको दिनको सम्झनामा जुन १२ तारिखमा विश्व बालश्रम विरुद्धको दिवस मनाउने गरिन्छ । नेपालले सन् २०२५ सम्ममा सबै प्रकारका बाल श्रमको अन्त्य गर्ने लक्ष्य राखेको […]

२०७६ जेष्ठ २९ गते, बुधबार

सडक नबनाएकाे विराेधमा प्रदर्शन

काठमाडौं, २८ जेठ । चाबहिलदेखि बाैद्ध-जाेरपाटी हुँदै साँखु जाेड्ने सडक वर्षाैँ बित्दा समेत खनेर अस्तव्यस्त नै छाेडेकाे विराेधमा स्थानीयले आज स्वत:स्फूर्त प्रदर्शन गर्दै सवारी साे रुटमा सवारी आवागमन नै ठप्प पारेका छन् । उनीहरुले आज म‌ंगलबार बिहानैदेखि यातायात अवरुद्ध गर्दै सडकमै टायर बालेर नाराबाजी गरेका हुन् । सडक विस्तारका लागि भत्काइएको सडक लामाे समय बित्दासमेत […]

२०७६ जेष्ठ २८ गते, मंगलवार

अर्को साता मनसुन भित्रने

काठमाडौँ, २७ जेठ । उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ । मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन, मौसम पूर्वानुमान हेरेर खेती लाउने तयारी गरिरहेका छन् । जल तथा मौसम विज्ञान विभाग महाशाखा अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यतिबेला हरेक […]

२०७६ जेष्ठ २७ गते, सोमबार

जंगली च्याउ खाँदा ज्यान गयो

काठमाडौं, २६ जेठ । पाल्पा निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा विषालु जङ्गली च्याउ खाँदा ९ वर्षीया निर्मलासिंह ठकुरी र ४ वर्षीया विष्णुसिंह ठकुरीको मृत्यु भएको छ । शुक्रबार साँझ च्याउ खाएका उनीहरु शनिबार अपराह्नबाट बिरामी परेका थिए । बिरामी बालिकाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तरकारीका […]

२०७६ जेष्ठ २६ गते, आईतवार

सेटिङ मिलाएर तस्करी गर्नेलाई जनपरिषदको चेतावनी

काठमाडौं, २५ जेठ । सरकारी निकायसँग सेटिङ मिलाएर विगत लामो समयदेखि अवैधानिक ढंगले दाङका नदी किनारामा सञ्चालन गर्दै आइरहेका क्रेसर उद्योगहरु बन्द गर्न जनपरिषद दाङले १५ दिनको समय दिएको छ । सरकारी निकायसग सेटिङ मिलाएर अबैधानिक रुपमा राप्ती नदी र दाङका खोलाहरु ब्यापक उत्खनन गरी गिटी बालुवा तस्करी भएको हुदा क्रसर उद्योग सञ्चालनका लागि मिलाएका […]

२०७६ जेष्ठ २५ गते, शनिबार

कार र मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते

काठमाडौं , २५ जेठ । गए राति काठमाडौंको माइतीघरमा कार र मोटरसाइकल ठोक्किए र दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक काठमाण्डौ नयाँ बानेश्वरका २३ वर्षीय आयुषराज पाण्डे रहेका छन् भने अर्का एक जना घाइते भएका छन् । बा १७ च ४३८४ नम्बरको कारमा बा ७२ प ९५७१ नम्बरको […]

२०७६ जेष्ठ २५ गते, शनिबार