समाज

विनाशकारी भूकम्प गएको ४ बर्ष पूराः परकम्प आउने क्रम जारी

काठमाडौं, १२ वैशाख । विनाशकारी भूकम्प गएको आज ४ बर्ष पूरा भएको छ । ४ बर्ष अघि आजैको दिन वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिनुका साथै १८ हजारभन्दा बढी घाइते भएका थिए । वैशाख १२ गतेको भूकम्पबाट […]

२०७६ बैशाख १२ गते, बिहीबार

एकाबिहानै भूकम्पको धक्का

काठमाडौं , ११ वैशाख । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार करिब बिहान ६ः३० बजे धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । भने त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको भूकम्पमापन […]

२०७६ बैशाख ११ गते, बुधबार

डिएसपी सिंहलाई कारबाही गर्न मानवअधिकार आयोगको परिपत्र

काठमाडौं, ९ वैशाख । राष्ट्रिय मानव अधिकार अयोगले ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका डिएसपी रमेशबहादुर सिंहमाथी आवश्यक छानबिन गरी तत्काल कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको छ । आयोग नेपालगन्ज शाखा कार्यालयको संरक्षणमा बसेका एक व्यक्तिलाई गिरफ्तार गर्न सिंहको कमाण्डमा गएको प्रहरीले आईतबार राति आयोग कार्यालयमा प्रवेशको प्रयास गरी कर्मचारीलाई धम्की दिएको घटनाप्रति गम्भीर […]

२०७६ बैशाख १० गते, मंगलवार

आज विश्व पृथ्वी दिवस

काठमाडौं, ९ वैशाख । आज विश्व पृथ्वी दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । हरेक वर्ष अप्रिल २२ मा पृथ्वीको रक्षाका लागि सचेतना फैलाउने उद्देश्यसहित यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा यो वर्षको नारा ‘मातृभूमि पृथ्वी : शिक्षा र जलवायु परिवर्तन’ भन्ने तय गरिएको छ । सन् २००९ मा राष्ट्र संघको ६३ […]

२०७६ बैशाख ९ गते, सोमबार

बसुन्धराका २० स्थानमा सीसीटिभी जडान

काठमाडौं, ७ वैशाख । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र सङ्गम क्लब बसुन्धराको आयोजनामा उपत्यकाको शान्ति सुरक्षालाई थप मजबुत बनाउन बसुन्धराका २० स्थानमा सिसिटिभी जडान गरिएको छ । कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले उपत्यकाको शान्ति सुरक्षालाई बलियो बनाउन सिसिटिभी जडानले सहयोग पुग्ने विश्वास व्यक्त गरे । परिसर प्रमुख लामाले प्रहरीले […]

२०७६ बैशाख ७ गते, शनिबार

चेन्नई लैजाँदै गरिएका २८ बालकको उद्धार

काठमाडौं, ७ वैशाख । महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ । चारवटै जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई भारतको बिहार राज्यको सीतामढी शहरको विभिन्न बाल आश्रममा रहेका अवस्थामा शुक्रबार केन्द्रीय बाल कल्याण समितिले उद्धार गरेको महोत्तरीका प्रमुख जिल्ला […]

२०७६ बैशाख ७ गते, शनिबार

‘आचारसंहिता हास्यव्यंग्यको पुलिन्दा होइन’

काठमाडौं, ६ वैशाख । नेपाली सेनाले आर्थिक अपारदर्शिता, ‘चेनअफ कमाण्ड’ उल्लंघन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा संगठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ । ‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ आजदेखि शुरु भएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यंग्यको पुलिन्दाजस्तो नभएकाले यसको पालना नगर्नेलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिए । उनले […]

२०७६ बैशाख ६ गते, शुक्रबार

थबाङमा प्रहरी आतंक !

काठमाडौँ, ५ वैशाख । जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपीकाे नेतृत्वमा गएको टाेलिले थबाङमा हिजाे रातिदेखि सर्बसाधारणको घर खानतलासी गर्दै अातंक मच्चाइ रहेकाे छ । हिजो राति साढे ८ बजेदेखि अाजसम्म घरघरमा खानतलासी गर्दै सर्वसाधारण युवा मूलधन नेपालीलाई कुटपिट समेत गरेको खबर प्राप्त भएको छ । उक्त टाेलिले नेपाल कम्युनिस्ट पार्टीका राेल्पा जिल्ला इन्चार्ज प्रताप, र […]

२०७६ बैशाख ५ गते, बिहीबार

जुडशीतल पर्व मनाइँदै

काठमाडौं , २ बैशाख । आज जुडशीतल पर्व , मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेका छन् । वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुल व्याकुल मानवलाई शीतलता प्रदान गर्नुरहेको छ । मिथिलाञ्चल […]

२०७६ बैशाख २ गते, सोमबार

नयाँ वर्ष २०७६ साल सुरु

काठमाडौं , १ बैशाख । आजबाट नयाँ वर्ष २०७६ साल शुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७५ साललाई बिदा गरी वर्ष २०७६ साल आजबाट शुभारम्भ भएको हो । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिँदै छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, […]

२०७६ बैशाख १ गते, आईतवार