समाज

‘ओम्याक्स’ फिल्म हलमा भिषण आगलागी

काठमाडौं, २३ साउन । हेटौंडाको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ । आज बिहान हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित ओक्याक्स सिनेमा हलमा आगलागी भएको हो । बिहान एक्कासी हलभित्रबाट धुवाँ निस्कन थालेपछि आगो फैलिएको हो । आगोलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको ठुलो टोली पुगिसकेको छ ।घटनास्थलमा पुगेको प्रहरीको टोलील हलको भित्री भागमा बिजुली सर्ट भएपछि […]

२०७५ श्रावण २३ गते, बुधबार

कागबेनी-तिरी जोड्ने पुल बाढीले बगायो

काठमाडौं, २२ साउन । लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले मुस्ताङस्थित कागबेनी–तिरी जोड्ने पुल बगाएको छ । बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका अनुसार दुई वर्षअघि सांंसद विकास कोषको रु १३ लाख लगानी तथा जनश्रमदान जुटाएर सो पुल निर्माण गरिएको हो । […]

२०७५ श्रावण २२ गते, मंगलवार

बालकको अपहरण पछि हत्या, दुई अपहरणकारी मारिए

काठमाडौँ ,२१ साउन । भक्तपुरको डोलेश्वरमा प्रहरी र अपहरणकारी वीच भएको मुठभेडमा दुई जना अपहरणकारीको मृत्यु भएको छ । आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अपहरणकारीद्वय अजय तामाङ र गोपाल तामाङ छन् । […]

२०७५ श्रावण २१ गते, सोमबार

भ्यानले ट्रिपरलाई ठक्कर दिँदा दुईको मृत्यु

काठमाडौं , २१ साउन । भ्यानले ट्रिपरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौँको महाराजगञ्जस्थित अमेरिकन राजदूतावास अगाडि भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । गएराती १ः४५ बजे बाटोमा रोकी राखेको बा४ख ९८५४ नम्बरको ट्रिपरलाई बा१९च ६५१५ नम्बरको भ्यानले ठक्कर दिँदा भ्यानमा सवार खोटाङका ३३ वर्षीय रामबहादुर थापा र सिन्धुपाल्चोकका […]

२०७५ श्रावण २१ गते, सोमबार

बाबुआमालाई आमरण अनसन बसालेर बेपत्ता नुरप्रसाद समातिए

काठमाडौं , २० साउन । महानगरीय प्रहरी अपराध महाशाखाले नुरप्रसाद अधिकारीलाई आइतबार ललितपुरको सानेपाबाट पक्राउ गरेको छ । बाबु-आमा गंगाप्रसाद-नन्दमाया अधिकारीलाई चार वर्ष अघि आमरण अनसन बसालेर बेपत्ता भएका छोरा नुरप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ल उनकी आमा गंगामायाले छोराको खोजी गरिदिन आग्रह गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार, सम्पर्कविहिन गंगामायाका छोरा […]

२०७५ श्रावण २० गते, आईतवार

फेरि डुब्यो भक्तपुर

काठमाडौं , २० साउन । गएराति परेको भारी वर्षाका कारण मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिंगो बस्ती र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा परेको छ । भारी वर्षाका कारण ढुङ्ग्रे खोला, खस्याङ खुसुङ खोला हुँदै हनुमन्ते खोलामा बाढी आएर पानीको बहाव जमीन सतहभन्दा माथि आएपछि बस्ती डुबानमा परेको हो । राधे राधे क्षेत्रका […]

२०७५ श्रावण २० गते, आईतवार

कालीगण्डकीमा पानीको सतह ह्वात्तै बढयो

काठमाडौं , २० साउन । कालीगण्डकीको मुहान मुस्ताङको तल्लो भागदेखि म्याग्दी तथा पर्वतको उत्तरी क्षेत्रमा लगातार वर्षा भएकाले पानीको सतह ह्वात्तै बढेको छ । त्यसले गर्दा नदी आसपास क्षेत्रका बासिन्दा चिन्तित भएका छन् । पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले तटीय, नदी आसपास क्षेत्रमा दाउरा तथा बालुवा संकलन गर्न जानेलाई सचेत रहन आग्रह गरेको […]

२०७५ श्रावण २० गते, आईतवार

‘भोरुवा राख्ने’ परम्परा थुप्रैलाई पुनर्जीवन

काठमाडौँ, १९ साउन । डगौरा थारू समुदायको ‘भोरुवा राख्ने’ परम्पराले थुप्रैलाई पुनर्जीवन दिएको छ  । व्यावहारिक समस्याले घेरिएकै बेला थुप्रैलाई आफ्नै समुदायको यो परम्परा सहारा बनिदिएको छ  । वेदकोट–१० की रिना चौधरीले २५ वर्षकै उमेरमा पति गुमाइन् । त्यसपछि उनलाई आफ्नोभन्दा पनि छोरा कसरी हुर्काउने भन्ने पिरलो थपियो । आम्दानीको स्रोत नभएकाले खानलाउन धौधौ हुन थाल्यो । बुढ्यौलीले […]

२०७५ श्रावण १९ गते, शनिबार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

काठमाडौँ, १९ साउन । अविरल वर्षासँगै घुमाउने भन्ने स्थानमा पहिरो झरेका कारण मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । पानी परिरहेको र ढुंगाहरु झर्ने क्रम नरोकिएकोले पहिरो हटाउन अझै केही घण्टा लाग्ने प्रहरीले बताएको छ । भिरमा ढुंगा अड्किएर बसेकाले कुनै पनि बेला खस्न सक्ने हुँदा उच्च सतर्कता अपनाउन चालक र यात्रुहरुलाई सडक आयोजनाले अनुरोध […]

२०७५ श्रावण १९ गते, शनिबार

इनार सफा गर्न गएकाको मृत्यु

काठमाडौं, १८ साउन । सामाखुसीमा इनार सफा गर्ने क्रममा तीनजना मदजुरको मृत्यु भएको छ । इनार सफा गर्न छिरेको केही समयमै उनीहरुको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ । इनारभित्र बेहोस भएको जानकारीलगत्तै सोह्रखुट्टे प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले उद्दार गरेपनि उनीहरुको इनारभित्रै मृत्यु भइसकेको सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपी गौतम केसीले […]

२०७५ श्रावण १८ गते, शुक्रबार