समाज

आज भाइटीका, उत्तम साइत ११ः५१ बजे

काठमाडौँ, ४ कात्तिक । आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग […]

२०७४ कार्तिक ४ गते, शनिबार

जुवाडे र प्रहरीबीच झडप

काठमाडौँ, ३ कात्तिक । बाराको जितपुर–सिमरा उपमहानगरपालिकास्थित बकुलियामा प्रहरीले जुवाडे समाउन ६ राउन्ड हवाईफायर गरेको छ । बिहीबार राति २ बजे जुवाको खाल नियन्त्रणमा लिनेक्रममा इलाका प्रहरी कार्यालय सिमराले ६ राउन्ड हवाईफायर गरेको प्रहरीले जनाएको छ । बकुलियामा जुवा खेलिरहेको सूचनाका आधारमा जुवा नियन्त्रण गर्न पुगेका प्रहरीलाई स्थानीयवासीले घेरेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय […]

२०७४ कार्तिक ३ गते, शुक्रबार

नेपाल संवत् ११३८ मनाइँदै

काठमाडौँ,३ कात्तिक । नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको […]

२०७४ कार्तिक ३ गते, शुक्रबार

आज लक्ष्मी पूजा

काठमाडौं, २ कात्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज (बिहीबार) साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा, सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, […]

२०७४ कार्तिक २ गते, बिहीबार

आज कुकुर तिहार

काठमाडौं, १ कात्तिक । आज कुकुर तिहार । कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा–मीठा खानेकुरा खान दिई पूजा गरिँदै छ । आज कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका […]

२०७४ कार्तिक १ गते, बुधबार

आज काग तिहार

काठमाडौं, ३१ असोज । आज तिहारको पहिलो दिन कागको पूजा गरेर मनाइँदै छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन […]

२०७४ आश्विन ३१ गते, मंगलवार

एनआरएनमा नयाँ नेतृत्वको लागि निर्वाचन हुदै

काठमाडौं ,३० असाेज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि अाज निर्वाचन हुँदैछ । एनआरएनए विश्व सम्मेलनमा ७७ देशबाट सहभागी एक हजार आठ सय ४० गैरआवासीय नेपालीले सोमबार आगामी दुई वर्षका लागि नयाँ नेतृत्वको चुनाव गर्ने भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय समितिबाट छानिएकामध्ये उक्त संख्याका प्रतिनिधिले रजिस्ट्रेसन गरेपछि मतदाता […]

२०७४ आश्विन ३० गते, सोमबार

भाइटीकाको साइत ११ः५१ बजे उत्तम

काठमाडौँ, २९ असोज । यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिए । उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो […]

२०७४ आश्विन २९ गते, आईतवार

पशुपतिका ३५० रोपनी जग्गा बेपत्ता

काठमाडौं, २९ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति गुठीको स्वामित्वमा रहेका करिब ३५० रोपनी जग्गा फेला पार्न सकेको छैन । सांसद्को सार्वजनिक लेखा समितिले १२ बर्षअघि साढे तीन सय रोपनी जग्गा खोजी गर्न निर्देशन दिए पनि अझै त्यो काम हुन सकेको छैन । साविकको लगतमा देखिए पनि उक्त जग्गा फिल्डमा देखिएको छैन । लेखा […]

२०७४ आश्विन २९ गते, आईतवार

लोक संस्कृतिको जगेर्ना गर्न राष्ट्रिय सम्मेलन

काठमाडौँ , २८ असोज । नेपालमा लोक संस्कृतिको जगेर्ना गर्नका लागि नवलपरासीमा लोक वार्ता परिषद् नेपालको आयोजनामा राष्ट्रिय सम्मेलन गरिएको छ । पवित्र धार्मिकस्थल त्रिवेणी धाममा शुक्रबार सम्पन्न भएको सो सम्मेलनमा विभिन्न लोक संस्कृतिसँग सम्बन्धित १६ वटा कार्यपत्र प्रस्तृत गरिएको थियो । विभिन्न धार्मिक तथा पर्यटकीयस्थल र लोक संस्कृतिसँग सम्बन्धित स्थानको अवलोकन गरी कार्यपत्रमा प्रस्तृत […]

२०७४ आश्विन २८ गते, शनिबार