समाज

आज बकर इद

काठमाडौँ, २८ भदौ । आज बकर इद अर्थात मुस्लिम समुदायको दोस्रो ठूलो पर्व , मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् । इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको नेपाली जामे मस्जिद घन्टाघरका […]

२०७३ भाद्र २८ गते, मंगलवार

महिला सङ्घको तेस्रो महाधिवेशन हुँदै

काठमाडौँ, २७ भदौ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घ स्थापनाको ६९ वर्षे इतिहासमा यही भदौ २९ गतेदेखि तेस्रो राष्ट्रिय महाधिवेशन हुँदैछ । सङ्घको महाधिवेशन ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने नाराका साथ भदौ २९ देखि ३१ गतेसम्म काठमाडौँमा हुँदैछ । विसं २००४ साउन २४ गते स्थापना भएको […]

२०७३ भाद्र २७ गते, सोमबार

नेपाल–चीन केरुङ राजमार्ग बन्द

काठमाडौ, २७ भदौ । आज बिहान गएको पहिरोका कारण स्याफ्रु– टिमुरेखण्डको राजमार्ग बन्द हुँदा सवारी साधन र मानिसको ओहोरदोहोर रोकिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार वृद्धिम गाविस–१ फ्याङ्लुङ खोलानजिक भिरको माथिबाट आएको ठूलो पहिरोले राजमार्ग पूर्णरुपमा क्षति हुँदा चीनबाट हुने सामान ढुवानीमा समेत प्रभावित भएको छ । अहिले त्यस राजमार्गमा मानिस […]

२०७३ भाद्र २७ गते, सोमबार

१०० मा टेलिफोन डायल गर्दै हुनुहुन्छ भने होसियार !

काठमाडौं, २६ भदौ । तपाई १०० नम्बरमा फोन गरेर गलत सूचना दिने वा फाल्तु कुरामा गफिने गर्नुहुन्छ भने सचेत हुनुहोला । तपाई पक्राउ पर्न सक्नुहुन्छ । प्रहरीसँग सम्पर्क गर्न तोकिएको १०० नम्बरमा अनावश्यक फोन आउने र गफिने प्रवृति बढ्दै गएपछि त्यसलाई रोक्न सो नम्बरमा हुने सबै कुराकानी स्वतः रेकर्डिङ हुने व्यवस्था मिलाइएको छ । सो […]

२०७३ भाद्र २६ गते, आईतवार

सात वर्षदेखि घरमै बन्धक !

काठमाडौं , २५ भदौ । जाजरकोट भेरीमालिका नगरपालिका–५ गंगटियाका एक बालक उपचार नपाउँदा सात वर्षदेखि घरमै बन्दी अवस्थामा रहेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण परिवारले उपचार गर्न नसक्दा मुकेश वि.क लाई घरमै बाँधेर अभिभावकले राखेका छन् । जथाभावी हिड्ने र जे पायो त्यही खाईदिन थालेपछि विगत सात वर्षदेखि घरमै बाँधेर राखेको उनका बुबा […]

२०७३ भाद्र २५ गते, शनिबार

गुण्डालाई गोली

काठमाडौ, २५ भदौ । दाङमा प्रहरीको गोलीबाट रामपुर ९ निवासी २७ वर्षीय दानवहादुर बुढा घाइते भएको प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । बुढालाई दाहिने खुट्टामा गोली लागेको र उनको हाल राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको पनि एसपी सिंहले जानकारी दिए । प्रहरीका अनुसार शुक्रवार राति साढे १२ बजे तुलसीपुर–घोराही सडक खण्डको ग्वारखोला […]

२०७३ भाद्र २५ गते, शनिबार

बस र ट्रक ठोकिँदा १२ घाइते

काठमाडौ, २५ भदौ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–३ पिप्लेमा आज बिहान ७ः१५ बजे बस र ट्रक एकापसमा ठोकिँदा १२ जना घाइते भएका छन् भने ट्रकका चालक च्यापिएका छन् । काठमाडौँबाट कलैयातर्फ जाँदै गरेको ना५ख ३७४३ नंको बस र नारायणगढतर्फ आउँदै गरेको ना६ख ६७९३ नंको ट्रक एकापसमा ठोकिँदा दुर्घटना भएको […]

२०७३ भाद्र २५ गते, शनिबार

महन्थ ठाकुरको घरमा लुटपाट

काठमाडौ, २५ भदौ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको सानो ठिमीस्थित घरमा अपरिचित एक व्यक्तिले ठाकुरका छोरी ३२ वर्षीया डा. मीनाक्षी ठाकुरलाई आक्रमण गरी ब्रिफकेस लुटेर फरार भएको छ । शुक्रबार राति करिब ७ः३० बजे माक्स लगाएको अपरिचित उक्त व्यक्ति ठाकुरको छोरी र काम गर्ने एकजना केटामात्रै भएको बेलामा घरमा प्रवेश गरी आक्रमण […]

२०७३ भाद्र २५ गते, शनिबार

ब्यारेक बिरुद्ध स्थानीयवासी

काठमाडौँ, २४ भदौ । पर्वतको कुश्मा नगरपालिका– ७ दुर्लङका बासिन्दा गाउँमा सेनाको तालिम केन्द्र राख्न लागिएकामा विरोधमा उत्रिएका छन् । नेपाली सेनाले अनुमति बिना तालिम केन्द्र खडा गर्न लागेको भन्दै उनीहरु विरोध जनाएका हुन् । दुर्लुङ– ७ चनौटेका बासिन्दाले नेपाली सेनाले स्थानीय जग्गादाताको सहमतिमा ब्यारेकका लागि अधिग्रहण प्रक्रिया अघि बढाएको तर अन्य गाउँले तथा स्थानीय […]

२०७३ भाद्र २४ गते, शुक्रबार

मानव तस्कर प्रहरीको फन्दामा

काठमाडौ, २४ भदौ । नेपाल प्रहरी महानगरीय अपराध महाशाखाको टोलीले अवैध रुपमा अमेरिका लैजाने तथा मानव ओसारपसार तथा बेचबिखन गर्ने गिरोहमा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम, मग्मा गाविस घर भई हाल ललितपुर महालक्ष्मी स्थान बस्ने ३२ वर्षीय ‘नवीन’ भनिने नवराज खत्री र बाग्लुङ, रिगा गाविस घर भई हाल लैनचौर बस्ने ३७ […]

२०७३ भाद्र २४ गते, शुक्रबार