ग्याल्बो ल्होसार मनाइदै
काठमाडौँ, १६ फागुन । नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले ग्याल्बो ल्होसार (नयाँ वर्ष) आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार आइतबार बाँदर वर्ष पूरा भई सोमबारदेखि चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् टीका शेर्पाले बताए । […]
२०७३ फाल्गुन १६ गते, सोमबार