समाज

बर्दिवास पुग्यो चितवनको मौरी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको चितवन माडीस्थित केन्द्रीय उत्पादन शाखाको मौरी चरनका लागि बर्दिवास पुगेको छ । २५० घार मौरी मंगलबार विहान महोत्तरी जिल्ला, बर्दिवास नगरपालिका ८ कृष्णपुर पुगेको हो ।माडी मौरी उत्पादन‌का व्यवस्थापक तथा मौरी विशेषज्ञ बिना सीले फागुन–चैतमा महोत्तरीमा रुदीलो, मसला, सितलचिनी (मोरिङ्गा), सिसौ, आँप लगायत फुल्ने भएकाले मौरीलाई त्यहाँ लगिएको बताइन् । […]

२०८१ फाल्गुन २९ गते, बिहीबार

थकाली समुदायको तोरन ल्ह पर्व सुरु

काठमाडौँ । थकाली समुदायको तोरन ल्ह पर्व आजदेखि सुरु भएको छ । नेपालका विभिन्न क्षेत्रमा ११ हजारको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णिमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । फागुपूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताए।“तीन दिन सबैरे […]

२०८१ फाल्गुन २९ गते, बिहीबार

आज फागु पूर्णिमा अर्थात् होली पर्व

काठमाडौँ । आज फागु पूर्णिमा । काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली भूभागमा हर्षोल्लासका साथ रंगहरूको पर्व होली मनाइँदै छ ।तराई-मधेशका जिल्लाहरुमा भोलि शुक्रबार अर्थात् पूर्णिमाको भोलिपल्ट मात्रै होली मनाइन्छ । पहाड र हिमाली क्षेत्रमा भन्दा एक दिन पछि तराईमा यो पर्व मनाउने गरिएको हो ।आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ […]

२०८१ फाल्गुन २९ गते, बिहीबार

होलीमा अमर्यादित कार्य नगर्न चेतावनी

काठमाडौँ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन सबैमा अनुरोध गरेका छन्। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अनुरोध गरेका छन। शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन […]

२०८१ फाल्गुन २८ गते, बुधबार

नेपाल विश्वकै दोस्रो बढी प्रदूषित देश !

काठमाडौँ । स्विजरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा छ । पहिलो स्थानमा भारत छ । वातावरण विभागका अनुसार आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब छ । त्यहाँको वायुको गुणस्तर १९२ एक्यूआई मापन भएको छ । त्यसपछि कैलालीको धनगढी, भक्तपुर, काठमाडौंको शंखपार्क र […]

२०८१ फाल्गुन २८ गते, बुधबार

उपभोक्ता अदालत सञ्चालनमा आउदै

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आगामी चैत २ गतेदेखि उपभोक्ता अदालत सञ्चालनमा आउने जानकारी दिएका छन । मन्त्री चौरसियाले मंगलबार प्रतिनिधिसभा बैठकमा उपभोक्ता अदालत गठनसम्बन्धी सूचना टेबुल गर्दै चैत २ गतेदेखि अदालत सञ्चालनमा आउने जानकारी दिएका हुन् ।उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्थाअनुसार यो अदालत गठन भएको हो। सरकारले काठमाडौँ उपत्यका […]

२०८१ फाल्गुन २८ गते, बुधबार

१ सय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौंमा

काठमाडौँ । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक सय सदस्यीय टोली नेपाल आएको छ । चाइना नेपाल फ्रेन्डसीप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा हुने ‘लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन’ कार्यक्रम अन्तर्गत उक्त टोली सोमबार नेपाल आएको हो । नेपाल भ्रमणमा […]

२०८१ फाल्गुन २७ गते, मंगलवार

मनाङमा सार्वजनिक बस सेवा !

काठमाडौं । मनाङमा पहिलोपटक सार्वजनिक यातायातका रूपमा बस सञ्चालनमा ल्याइने भएको छ । स्थानीय तथा पर्यटकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले सार्वजनिक बस सञ्चालनमा ल्याउन लागिएको हो । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा बसेको समन्वयात्मक बैठकले सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकमा सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी समितिका पदाधिकारी, स्थानीय […]

२०८१ फाल्गुन २६ गते, सोमबार

काठमाडौँमा वायु प्रदूषण बढ्यो

काठमाडौँ । पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ । मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ । “मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,” […]

२०८१ फाल्गुन २५ गते, आईतवार

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।महाशाखाले आज आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ । यी तीन प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको […]

२०८१ फाल्गुन २५ गते, आईतवार