समाज

दश मिनेटमै राहदानी !

काठमाडौँ, १९ असार । मुलुकको राहदानी वितरणको इतिहासमा आजदेखि नयाँ सेवा सुरु भएको छ । एक जना सेवाग्राहीले आज दश मिनेटमा नै राहदानी प्राप्त गरेका छन् । परराष्ट्र मन्त्रालय, राहदानी विभागले आजदेखि सुरु गरेको प्रत्यक्ष दर्ता प्रणाली सेवाको सुरुआतसँगै दाङ धनौरीकी चन्द्रकली बुढाथोकीले छिट्टै राहदानी प्राप्त गरेकी हुन् । राहदानी लिन चाहने सेवाग्राहीलाई सहज रुपमा […]

२०७३ असार १९ गते, आईतवार

बरिष्ठ पत्रकार भट्टराईको निधन

काठमाडौ, १९ असार । बुटवलमा लामो समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका प्रेस स्वतन्त्रताका सेनानी तथा बरिष्ठ पत्रकार पण्डित बाबुराम भट्टराईको ६६ बर्षको उमेरमा आज विहान निधन भएको छ । भट्टराईको गएराती हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । अघिल्लो दिनसम्म लेखनकार्यमै पत्रकार पण्डित सक्रिय थिए । २००७ साल असार १५ गते अर्घाखाचीको खिदिमा […]

२०७३ असार १९ गते, आईतवार

बझाङमा पुन: भुकम्प

काठमाडौं, १८ असार । बझाङमा आज विहान ६ बजेर ८ मीनेटमा ४.४ रेक्टर स्केलको भुकम्पको धक्का गएको छ । सदरमुकाम चैनपुरदेखि उत्तरपूर्व मयानालाई केन्द्र विन्दु बनाएर भुकम्पको धक्का गएको भुकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक कपिल महर्जनले बताए । त्यस्तै ६बजेर ३२ मिनेटमा ३ दशमलब २ रेक्टर स्केलको पराकम्प गएको थियो । गत १५ गते २ […]

२०७३ असार १८ गते, शनिबार

घटेको भाडादर लागू भएन

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले गएको माघ २४ गतेदेखि लागू हुने गरी घटाएको सार्वजनिक सवारी साधनको भाडादर यातायात व्यवसायीले अहिलेसम्म कार्यान्वयन गरेका छैनन् । भाडादर कार्यान्वयन गर्ने जिम्मेवार निकायको बेवास्ता र व्यवसायीको मिचाहा व्यवहारले सार्वजनिक सवारी साधनमा यात्रा गर्ने सर्वसाधारण यात्रु मारमा परेका छन् । सरकारले उपत्यकाभित्र विद्यार्थी- अपाङ्गता भएका व्यक्ति-ज्येष्ठ नागरिक जस्ता […]

२०७३ असार १८ गते, शनिबार

पर्खालले थिच्दा दुई मृत्यु, १७ जना घाइते

काठमाडौँ, १७ असार । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक किसनसिंह थापाका अनुसार ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलनजिकै रहेको पर्खाल भत्किदा दुईजना विद्यार्थीको मृत्यु भएको छ । आज बिहान १० बजेर ५० मिनेट जाँदा विद्यालयसँगै रहेको पर्खाल भत्किएर कक्षाभित्र अध्ययन गरिरहेका विद्यार्थीलाई थिचेको थियो । पर्खाल ढल्दा १७ विद्यार्थी घाइते भएका छन । घाइते विद्यार्थीलाई […]

२०७३ असार १७ गते, शुक्रबार

नारायणी नदीमा पानीको सतह खतरा भन्दा माथि

काठमाडौं, १७ असार । जल तथा मौसम पुर्वानुमान शाखा चितवनले नारायणी नदीमा पानीको सतह खतरा भन्दा माथि पुगेको बताएको छ । गए रातिदेखि परेको पानीका कारण पानीको सतह खतरा भन्दा माथि पुगेको हो । चितवनको माडीमा पर्ने छरछरे, कल्याणपुर र बनकट्टामा रिउखोलामा पानीको सतह खतरा भन्दा माथि पुगेको बाढी पुर्वानुमान शाखाले जनाएको हो । पानीको […]

२०७३ असार १७ गते, शुक्रबार

मुस्ताङमा युरेनियम, पेट्रोल र नुन खानी भेटियो

काठमाडौं , १६ असार । युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न यहाँ आएको सरकारी टोलीले आफ्नो अध्ययन पूरा गरेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा वि.सं २०७०/७१ सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट पत्ता लागेको युरेनियमको अध्ययनमा थप नयाँ तथ्य फेला परेको टोलीले दाबी गरेको छ । त्यस्तै, मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार र […]

२०७३ असार १६ गते, बिहीबार

असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाइने दिन

काठमाडौं, १५ असार । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाइने दिनका रुपमा मनाउने प्रचलन छ । आज अर्थात असार १५ लाई देशभरका किसानले चाडकै रुपमा मनाउने गर्दछन् । सरकारले आजको दिनलाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने गरेको छ । यो वर्ष समयमै पानी परेकाले देशैभर रोपाईं भइरहेको छ । मानो रोपेर मुरी […]

२०७३ असार १५ गते, बुधबार

सशस्त्र प्रहरीद्वारा तीन थान पेस्तोल बरामद

काठमाडौ, १४ असार । सशस्त्र प्रहरी टोलीले भारतवबाट नेपाल ल्याउन लागेको पेस्तोल र कोरेक्स बरामद गरेको छ । विशेष सुराकीको अधारमा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी टोलीले तीन थान पेस्तोल बरामद गरेको बताएको छ । सिरहा लगडीगोठ–५ बाट तीन थान कटुवा पेस्तोल र पाँच थान कोरेक्स बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । […]

२०७३ असार १४ गते, मंगलवार

भेटाएको रु ५० हजारसहित समान फिर्ता

काठमाडौँ, १३ असार । दाङमा इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आएकी एक जना महिलाले आफूले भेटाएको नगद रु ५० हजार फिर्ता गरेकी छिन् । तुलसीपुर–९ बेलुवा निवासी अटोरिक्सा चालक पुष्पा श्रेष्ठले तुलसीपुर–६ रजौरा निवासी सीता आचार्यको नगद रु ५० हजारसहित झोलामा रहेको गरगहना आज बिहान फिर्ता गरेकी हुन् । आइतबार बेलुका काठमाडौँबाट दाङको तुलसीपुर आएकी आचार्यले तुलसीपुरको […]

२०७३ असार १३ गते, सोमबार