समाज

चट्याङले दुई जनाको ज्यान लियो

काठमाडौ, २ चैत । चितवनमा हिजो अपरान्ह परेको भारी वर्षासंगै परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० जिरौनामा २ जनाको मृत्यु र ८ जना घाईते भएका हुन् । घाईते चार जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार चट्याङ […]

२०७२ चैत्र २ गते, मंगलवार

सार्क विदेश मन्त्रीस्तरीय बैंठक सुरु हुँदै

काठमाडौं, १ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) विदेश मन्त्रीस्तरीय बैठक आजदेखि पोखरामा सुरु हुँदैछ । चैत ४ गतेसम्म पार्दी स्थित होटल पोखरा ग्राण्डमा हुने सम्मेलनको पहिलो दिन आज सार्क डेक्स हेर्ने सहसचिवस्तरीय कार्यक्रम समितिको बैंठक बस्दैछ । बैंठक विहान साढे ९ बजे सुरु हुने कार्यसूचि छ । कार्यक्रम समितिको बैंठक दुई दिन […]

२०७२ चैत्र १ गते, सोमबार

सुनको मुर्ती भन्दै ठगने पक्राउ

काठमाडौँ, ३० फागुन । प्रहरीले धातुको बुद्धको मुर्तीलाई सुनको मुर्ती हो भनी ठगी गर्ने गिरोहका नुवाकोट कुमारी–६ बस्ने २६ बर्षीय प्रदिप वि.क.(सुनार) र काभ्रे खरेलथोका–२ घर भई कपन बस्ने २३ बर्षीय सन्तोष खरेललाई पक्राउ गरेको छ । काठमाडौँ चन्द्रगिरी नगरपालिका–१० थानकोट बस्ने भुवन सुनारलाई प्रदिप समेतका व्यक्तिहरुले विभिन्न बहाना बनाई आफुसंग १ करोड मूल्य पर्ने […]

२०७२ फाल्गुन ३० गते, आईतवार

हँडिया, जोगिहद वन क्षेत्रमा आगलागी

काठमाडौं, ३० फागुन । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको हँडिया गाविस र जोगिदह गाविसको फुलजोर वन क्षेत्रमा तीन दिनदेखि आगलागी सुरु भएको छ । फुलजोर क्षेत्रको महाभारत सामुदायिक वन क्षेत्र र देउराली वन क्षेत्रमा तीन दिनदेखि आगलागी भएको स्थानीयवासी हर्कध्वज खड्काले बताए । फुलजोर क्षेत्रको उत्तरी वन क्षेत्रबाट सुरु भएको आगलागी अहिले स्थानीय गाउँ छेउसम्म आइपुगेका […]

२०७२ फाल्गुन ३० गते, आईतवार

रित्तिदै ओलाङ्चुङ्गोला

काठमाडौं, २९ फागुन । चीनसँंग सिमाना जोडिएको ताप्लेजुङको उत्तरी गाविस ओलाङ्चुङ्गोलाका स्थानिय बसाई सरेर अन्यत्र जाने क्रम बढ्न थालेको छ । चीनसंगको व्यापारिक नाका भए पनि यस स्थानका बासिन्दाको स्वास्थ्य, शिक्षा, सञ्चार र यातायातमा सरकारले प्राथमिकता नदिंँदा बसाई सरेर अन्यत्र जाने क्रम बढेको हो । शेर्पा समुदायका ६१ परिवारको मात्र बसोबास रहेको यस गाविसबाट पछिल्लो […]

२०७२ फाल्गुन २९ गते, शनिबार

विराट पेट्रोलियमलाई कारबाही गर्न माग

काठमाडौ, २८ फागुन ।अखिल क्रान्तिकारी र वाइसिएलले विराट पेट्रोलियमलाई कारबाही गरी त्यसको अनुमतिपत्र रद्द गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले विराट पेट्रोलियमले आयात गरेको इन्धन महँगोमा बेच्ने माली आयल स्टोर कालिमाटी, भ्याली रिकेश आयल स्टोर गैरीगाउँ र जयन्ती आयल स्टोर त्रिपुरेश्वरलाई सिलबन्दी गरी कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । भारतले गरेको नाकाबन्दीका […]

२०७२ फाल्गुन २८ गते, शुक्रबार

आज महाशिवरात्रि पर्व

काठमाण्डौ ,२४ फागुन । आज हिन्दु धर्मावलम्बीले हर्षोल्लासका साथ महाशिवरात्रि पर्व मनाउँदै छन् । फाल्गुण कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि मनाउने गरिन्छ । देवाधिदेव महादेवको पूजा, व्रत, होम आदि गरेर यो पर्व मनाइन्छ । आज काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका विभिन्न शिवालयमा ठूलो मेला लाग्ने गर्दछ । पशुपतिलगायत शिव मन्दिरहरूमा बिहानै देखि भक्तजनको घुइँचो लागेको छ । […]

२०७२ फाल्गुन २४ गते, सोमबार

बस दुर्घटना , ४ को मृत्यु, २६ घाइते

काठमाडौँ, २३ फागुन । बर्दियाको धधवार–७ औरीजुट्टाबाट बबई नगरपालिका–१० शाहीपुर जन्ती लिएर गएको भे१ख ८५४ नंको बस बेहुली लिएर फर्कंदै गर्दा गएराति १० बजे बबई नगरपालिका–६ सैनवारको जम्ती खोला पुल नजिकै दुर्घटना भएको छ । बस दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ भने २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दुर्घटनामा […]

२०७२ फाल्गुन २३ गते, आईतवार

उपत्यकामा दैनिक १५ दुर्घटना

काठमाडौ, २२ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १ देखि २० फागुनसम्म उपत्यकामा तीन सय ८१ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा १७ को मृत्यु, ११ जना गम्भीर घाइते तथा दुई सय २२ जना घाइते भएको महाशाखाको तथ्यांक छ। फागुनको दुर्घटनामा मृत्यु भएको तथ्यांक अघिल्ला महिनाको भन्दा दोब्बर हो। पुस र माघमा उपत्यकामा आठ–आठजनाको […]

२०७२ फाल्गुन २२ गते, शनिबार

विराटनगरमा एमालेको बृहत् आमसभाको तयारी

काठमाडौ, २१ फागुन । नेकपा एमालेले सञ्चालन गरेको तीन महिने जागरण एवम् पार्टी सुदृढीकरण अभियानको समापनका अवसरमा विराटनगरमा बृहत् आमसभाको तयारी तीव्र तुल्याइएको छ । नेकपा एमाले पूर्वाञ्चलको आयोजना तथा मोरङ जिल्ला कमिटीको व्यवस्थापनमा शनिबार हुने आमसभामा पूर्वका जिल्लाबाट एक लाखभन्दा बढी कार्यकर्ता उतार्ने एमालेको दाबी छ । एमाले सचिव एवम् पूर्वाञ्चल संयोजक भीमप्रसाद आचार्यका […]

२०७२ फाल्गुन २१ गते, शुक्रबार