समाज

आज गाईजात्रा

काठमाडौं, १३ भदौ । आज भाद्र कृष्ण प्रतिपदा अर्थात गाईजात्रा पर्व । काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा मनाईदै छ । गाईजात्रा नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व हो । यस पर्वमा बर्षभरी दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा […]

२०७२ भाद्र १३ गते, आईतवार

आज जनैपूर्णिमा

काठमाडौं, १२ भदौ । आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउने चलन छ । आजको दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने गरिन्छ । विशेषगरी तागाधारी ब्राह्मण, क्षेत्री, वैश्य वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे […]

२०७२ भाद्र १२ गते, शनिबार

हिन्दु राष्ट्रका निम्ति आमरण अनसन

काठमाडौं, ११ भदौ । राष्ट्रिय धर्म जागरण अभियान नेपालको संयोजन र राष्ट्रिय हिन्दु यूवा मञ्चको आयोजनामा आगामि भदौ १४ गतेदेखि राजधानीको खुल्ला मञ्चमा सामूहिक आमरण अनसन बस्ने भएका छन । अभियानले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर हिन्दु राष्ट्र नेपाल स्थापनाको अन्तिम लडाईको रुपमा २०६३ सालदेखि हिन्दु धर्म अभियानमा लागेका देश भरीका ३ सय […]

२०७२ भाद्र ११ गते, शुक्रबार

गोर्स्याङमा पहिरो, पाँच जनाको मृत्यु

काठमाडौ, ११ भदौ । नुवाकोटको गोर्स्याङ गाविस–२ गएको पहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । गोर्स्याङ गाविसस्थित ढुंगाखानीमा गएराति पहिरो जाँदा दुईवटा घर पुरिएका छन् । ती घरमा कति जना थिए भन्ने अझै खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय नुवाकोटले पहिरोमा परी पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनास्थलमा पाँच […]

२०७२ भाद्र ११ गते, शुक्रबार

मधेसी मोर्चाद्धारा अलग्गै मधेस आन्दोलनको घोषणा

काठमाडौ, १० भदौ ।मधेसी राष्ट्रिय मुक्ती मोर्चा ( क्रान्तिकारी)ले अलग्गै मधेस आन्दोलनको घोषणा गरेको छ । एकीकृत नेकपा माओवादी सम्बद्ध मोर्चाले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकरा सम्मेलन गरेर आफ्ना १० बुँदे मागसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलनको कार्यक्रमहरुमा भदौ ११ र १२ गते मधेसका जिल्लाहरुमा बैठक तथा पत्रकार सम्मेलन गर्ने, भदौ १३ […]

२०७२ भाद्र १० गते, बिहीबार

१ सय ४८ पदकोलागि ४१ हजार आवेदन

काठमाडौं । नेपाल वायु सेवा निगमको विज्ञापनमा परेको आवेदनवाट मुलुकमा शैक्षिक बेरोजगारी र सरकारी जागिरको आकर्षण कति छ भन्ने प्रस्ट पारेको छ । १ महीनाअघि निगमले १ सय ४८ पदमा खुला गरेको विज्ञापनमा ४१ हजारभन्दा बढीले आवेदन दिएका छन् । यसबाहेक दोब्बर दस्तुरको ७ दिनको अवधिमा दैनिक २ सयभन्दा बढीले आवेदन भरेको निगमले बताएको छ […]

२०७२ भाद्र १० गते, बिहीबार

बर्षाले बिजोग पार्यो

काठमाडौ, १० भदौ । गएराती परेको अबिरल बर्षासँगै हनुमन्ते खोलामा बाढी आउँदा भक्तपुरको अधिकांश क्षेत्र डुवानमा परेको छ । भक्तपुरको च्यामासिंह–जगाते सडकखण्डअन्तर्गत खोला किनारका दायाँ बायाँका घर डुवानमा परेका हुन् । यहाँका घरघरमा पानी पस्दा घरभित्रका सामानमा क्षति पुगेको छ । बाढीले महेश्वरी खेल मैदानमा रहेको भूकम्प पीडित अस्थायी शिविर समेत डुवानमा परेको छ । […]

२०७२ भाद्र १० गते, बिहीबार

सप्तकोसीमा पानीको बहाव उच्च , स्थानीय त्रसित

काठमाडौ, ९ भदौ । सप्तकोसी नदीमा बुधबार साँझ ५ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड १ लाख ८१ हजार ५ सय ६५ क्युसेक पुगेको छ । पानीको बहाव बढेपछि खतराको संकेत स्वरुप कोसी ब्यारेजमा रातो बत्ती बालिएको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्ये २२ ओटा ढोका खोलिएका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी […]

२०७२ भाद्र ९ गते, बुधबार

पत्रकार आचारसंहिता संशोधनवारे छलफल

काठमाडौं । प्रेस काउन्सिल नेपालमा आज विद्यमान पत्रकार आचारसंहिता संशोधन सम्वन्धमा प्रेस तथा कानुन क्षेत्रका बिज्ञहरुसंग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो ।सो अवसरमा प्रेस काउन्सिलका अध्यक्ष बोर्णवहादुर कार्कीले विज्ञापनले दिने सूचना समेत आमसरोकारको विषय भएकोले यस विषयमा आचारसंहितामा पुनरावलोकन गर्नुपर्ने र विज्ञहरुवाट निरन्तर सुझावको अपेक्षा राख्नुभयो । काउन्सिलका अध्यक्षसंगको छलफलको क्रममा पत्रकार बिनोद ढुङ्गेलले […]

२०७२ भाद्र ९ गते, बुधबार

तराईको जनजीवन अस्तव्यस्त

काठमाडौं, ९ भदौ । प्रदेशहरुको सिमांकनको विषयलाई लिएर बिभिन्न जिल्लामा भएको विरोधका कारण जनजीवन अस्तव्यस्त हुन् पुगेको छ । संयुक्त मधेसी मोर्चा र थरुहट संघर्ष समितिको आन्दोलनका कारण दुई सातादेखि चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया लगायतका जिल्ला ठप्प छन् । यी जिल्लामा यातायात, बजार, कलकारखाना र शैक्षिकसंस्थासमेत ठप्प रहेका छन् । राजमार्गमा भने […]

२०७२ भाद्र ९ गते, बुधबार