समाज

जेठ ३१ गतेदेखि मेलम्चीको पानी वितरण बन्द हुने

काठमाडौँ। मेलम्ची खानेपानी विकास समितिले जेठ दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने जनाएको छ। जेठ ३१ गते नै नेपालमा मनसुन सक्रिय हुँदै छ। समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मनसुन शुरु नहुँदै खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेबाट आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने […]

२०८१ जेष्ठ २८ गते, सोमबार

नेकपा सर्लाही बरहथवा नगरपालिकाको अध्यक्षमा विश्वेश्वर सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी बरहथवा नगरपालिकाको दोस्रो भेलाले विश्वेश्वर सीको नेतृत्वमा २५ सदस्यीय नगर समिति चयन गरेकाे छ ।भेलाका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य सर्लाही जिल्ला इन्चार्ज कमल सीले शुभकामना मन्तव्य राख्दै मधेसको विभिन्न समस्या मिटर ब्याजी, लघुवित्त, दाइजो प्रथा, महिला हिंसा, आमजनताको उत्पीडन समस्या एक मात्र नेपाल कम्युनिस्ट पार्टीले डटेर प्रतिवाद गर्ने बताए […]

२०८१ जेष्ठ २८ गते, सोमबार

राष्ट्रसङ्घीय कमिटीमा नेपालकी राणा निर्वाचित

काठमाडौँ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन । उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन।शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा १४६ मत प्राप्त गर्दै विजयी भइन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नेछिन् ।नेपालको […]

२०८१ जेष्ठ २६ गते, शनिबार

‘मुआब्जा दिएर मात्र प्रसारणलाइन बनाउ ‘

काठमाडौँ । सर्वोच्च अदालतले तारमुनि पर्ने र त्यसले असर गर्न सक्ने क्षेत्र यकिन गरी जग्गाको मुआब्जा दिएर मात्र प्रसारणलाइन बनाउन परमादेश जारी गरेको छ। न्यायाधीशद्वय डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अरुण–३ जलविद्युत आयोजनाको ४०० केभी प्रसारणलाइन बनाउँदा तारमुनिको जग्गाको पनि अनिवार्यरूपमा जग्गाधनीलाई मुआब्जा दिन परमादेश जारी गरेको हो।सर्वोच्चले घर, जग्गा आदि सम्पत्तिको […]

२०८१ जेष्ठ २६ गते, शनिबार

नेकपा नवलपुरद्वारा छिपछिपे सहकारी ठगीको विरुद्ध भण्डाफोर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नवलपुरले ठगी गर्ने एक सहकारीको भण्डाफोर गरेको छ । जिल्लाको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको कार्यलयमा भण्डाफोर गर्दै सहकारीले जनतालाई गरेको ज्यादती र ठगीको विरुद्धमा सङ्घर्ष गरेको हो ।गोपी शर्मा अध्यक्ष र योगेन्द्र पाण्डे व्यवस्थापक रहेको उक्त सहकारीले १६ करोड ठगी गरेको तथ्य बाहिरिएको थियो । २४०० सेयर सदस्य […]

२०८१ जेष्ठ २६ गते, शनिबार

सर्वेक्षक गुप्ता ३५ हजार घुससहित पक्राउ

काठमाडौँ । कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता ३५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो ।अख्तियारले गुप्ताको साथबाट सेवाग्राहीबाट लिएको ३५ हजार र स्रोत नखुलेको ५० हजार रुपैयाँ बरामद गरेको छ । उनलाई […]

२०८१ जेष्ठ २५ गते, शुक्रबार

११ जनाको नक्कली नागरिकता रद्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरेको छ। कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी ११ जनाको नक्कली नागरिकता रद्द गरेको कार्यालयले जनाएको छ।तत्कालीन समयमा कार्यालयमा अधिकृतद्वय झपेन्द्रराज खरेल र अधिकृत भूपेन्द्र पाण्डेय तथा नायब सुब्बा रामचन्द्र अर्याल भएका बेला जारी गरिएका ११ थान नागरिकता रद्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास […]

२०८१ जेष्ठ २५ गते, शुक्रबार

बालमन्दिरका तल्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालमन्दिरका तल्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् । उनलाई लाजिम्पाटबाट पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान जारी रहेको सीआईबी स्रोतले जानकारी दिए । बालबन्दिरको जग्गालाई सस्तो लिजमा लगाएर अनियमितता गरेको आरोपमा सीआईबीले अनुसन्धान थालेको छ ।

२०८१ जेष्ठ २५ गते, शुक्रबार

काठमाडौँका रुख, पोल, मठमन्दिर र पार्कबाट रङ्गीचङ्गी बत्ती हटाउन सिफारिस

काठमाडौँ । काठमाडौँ महानगरपालिका, सहरी योजना आयोगका सदस्य सरस्वती मानन्धरको संयोजकत्वमा गठन भएको सहरी बन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदलले काठमाडौँका सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्टुरेन्ट, क्लवजस्ता व्यवसायिक स्थानमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन सुझाव दिएको छ । गत वैशाख २५ गते बसेको अनुगमन समितिको बैठकमा सजावटलागि […]

२०८१ जेष्ठ २५ गते, शुक्रबार

ज्वालाखबरले भ्रमपूर्ण समाचार हटायो

काठमाडौँ । नेपालगन्जबाट सञ्चालन गरिएको ज्वालाखबर नामक स्थानीय अनलाइनले भ्रमपुर्ण समाचार हटाएको छ । केही दिन अगाडि सो अनलाइनलेजनपत्राकर संगठनले गरेको निर्णय विरुद्ध भ्रमपुर्ण र बदनियतपुर्ण कपोकल्पित समाचार प्रकाशन गरी जनपत्रकार संगठन र क्रान्तिकारी पार्टी तथा नेतृत्वको बदनाम गरेको थियोे ।उक्त अनलाइनले अनलाइन साइटबाट समाचार हटाउनुको साथै सोही अनलाइनका सम्पादक बसन्त विश्वकर्माले आफू उक्त अनलाइनमा […]

२०८१ जेष्ठ २४ गते, बिहीबार