समाज

आज अन्तर्राष्ट्रिय मानवअधिकार दिवस

काठमाडौं। आज डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानवअधिकार दिवस । ६६औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस नेपालमा पनि मानवअधिकारका क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संघ–संस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।राष्ट्रिय मानवअधिकार आयोगले यस वर्ष ‘घर–घरमा मानवअधिकार, शान्ति र विकासको आधार’ भन्ने सन्देशका साथ यो दिवस मनाउँदेछ । आयोगले यस अवसरमा विशेष कार्यक्रम पनि गर्दैछ । दोस्रो विश्वयुद्धको […]

२०७१ मंसिर २४ गते, बुधबार

सुर्खेत बस दुर्घटनामा १७ जनाको मृत्यु

काठमाडौँ । सुर्खेतको पोखरीका“डा गाविसमा भएको बस दुर्घटनामा परी कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । कालिकोटको जितेगाडाबाट कैलालीको टीकापुरका लागि हि“डेको ना ४ ख ६८५५ नम्बरको मध्यपश्चिम यातायात समितिको बस पोखरीका“डामा भिरबाट कम्तिमा ५ सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सा“झ ७ […]

२०७१ मंसिर २२ गते, सोमबार

यातना दिनेलाई पाँच वर्ष कैद

काठमाडौ।सरकारले यातनालाई फौजदारी कसुर परिभाषित गरी यातना दिने व्यक्तिलाई पाँच वर्ष कैद सजायसहितको विधेयक ल्याएको छ । विधेयकमा अपराध अनुसन्धान तथा पर्पक्षका क्रममा हुने यातना र अमानवीय व्यवहारलाई समेटिएको छ । सरकारका तर्फबाट उपप्रधान मन्त्री एवं गृहमन्त्री वामदेव गौतमले यातना तथा अमानवीय क्रियाकलाप निमूलसम्बन्धी विधेयक मंसिर ५ मा संसद् सचिवालयमा दर्ता गरेका छन् । विधेयक […]

२०७१ मंसिर १८ गते, बिहीबार

आज अपाङ्गता दिवस

काठमाडौं। ‘दिगो विकासका लागि प्रविधिमा प्रतिबद्धता’ भन्ने नाराका साथ आज अपाङ्गता दिवस मनाईंदैछ । राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले नयाँ बन्ने संविधानमा अपाङ्गता भएका नागरिकको सवाललाई पहिचानसहित पहिलो प्राथमिकतामा राखी मौलिक हकको छुट्टै धारामा अनिवार्य समावेश गरिनुपर्ने, अपाङ्गता भएका व्यक्तिको राजनीतिक अधिकारको प्रतिनिधित्व र सहभागिताको अनिवार्य व्यवस्थाको सुनिश्चितता हुनुपर्ने माग गरेका छन् । यसै […]

२०७१ मंसिर १७ गते, बुधबार

बर्डफ्लुबाट सतर्क हुन आग्रह

काठमाडौं । बर्डफ्लु बाट बच्न आफूले पालेका पंक्षीलाई खुला रुपमा नछोड्न, घरपालुवा पंक्षीलाई जंगली चराको सम्पर्कमा आउन नदिन र मरेका पंक्षी तथा संक्रमित बस्तु जथाभावी नफाल्न सरकारले सबैमा अनुरोध गरेको छ ।छिमेकी राष्ट्र भारतमा बर्डफ्लु रोग देखिएकोले सतर्कता अपनाउन सरकारले यस्तो आग्रह गरेको हो । सार्वजनिक सूचना निकालेर पशु स्वास्थ्य निर्देशानलयले हाँस तथा कुखुरालाई मिसाएर […]

२०७१ मंसिर १६ गते, मंगलवार

विश्व एड्स दिवस मनाइदै

काठमाडौं । आज विश्व एड्स दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मुत्युलाई शून्यमा पुर्‍याऔं भन्ने सन्देशका साथ नेपालमा पनि २७ औ विश्व एड्स दिवस मनाइदैछ । दिवसका अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाउने राष्ट्रिय एचआईभी एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ । समुदायसँग सहकार्य गदै […]

२०७१ मंसिर १५ गते, सोमबार

रामको जन्ती अयोध्या फर्क्यो

काठमाडौँ । जनकपुरको विवाहपञ्चमीको मेला सकाएर जन्ती शनिबार रक्सौल हुँदै अयोध्या फर्केको छ ।फर्किने क्रममा वीरगन्ज आइपुगेका भारतीय तीर्थालुको ठूलो सङ्ख्यालाई शनिबार वीरगन्जस्थित घन्टाघरमा नेपाल साधु महासङ्घका संरक्षक सेवक सौरभनाथ, नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य पं पुरुषोत्तम दुवे, राष्ट्रिय धर्मसभाका जिल्ला अध्यक्ष डा अनिलकुमार झालगायतले फूलमाला र अबिर लगाएर स्वागत तथा बिदाइ गर्नुभएको थियो । […]

२०७१ मंसिर १४ गते, आईतवार

भ्रष्ट मालपोत अधिकृतलाइ कैदको सजाय

काठमाडौँ । मालपोत कार्यालय कैलालीका तत्कालीन प्रमुख पुष्पराज तिमल्सिनासहित छ जनालाई विशेष अदालतले दर्ता नभएको सरकारी जग्गालाई गाविस सचिवको मिलेमतोमा श्रेस्ता कायम गरेको अभियोगमा दोषी ठहर गरेको छ । कैलाली जिल्लाको टिकापुर नगरपालिकाको करिब एक करोड मूल्य बराबरको जग्गा सशस्त्र द्वन्द्वका क्रममा पुरानो श्रेस्ता जलेको विवरण पेस गर्दै स्थानीय नारायण कठरिया र जगत कठरियाले आफ्नो […]

२०७१ मंसिर १३ गते, शनिबार

दार्चुलामा भारी हिमपात

काठमाडौं ।माथिल्लो दार्चुलाका आधा दर्जन गाविसमा हिमपात हुन थालेपछि स्थानीयवासी बेसी झर्न थालेका छन् । व्यास, छाङरु घुसा, खण्डेश्वरी, राप्ला, सिप्टीलगायतका माथिल्ला भेग तथा कैलाशमान सरोवर पर्यटकीय तथा चीनको ताक्लाकोट क्षेत्र आसपासका गाविसमा बिहीबारदेखि परेको भारी हिमपातका कारण बढेको चिसोले जनजीवन कष्टकर बनेको छ ।जिल्लाको उत्तरी तथा उच्च पहाडी गाविसका विभिन्न बस्तीमा हिमपात हुने र […]

२०७१ मंसिर १२ गते, शुक्रबार

विवाह पञ्चमी मनाइँदै

काठमाडौं । प्राचीन मिथिलाको राजधानी ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरमा जारी विवाहपञ्चमी महोत्सवअन्तर्गत आज भगवान राम र माता सीताको स्वयंबर गरिने भएको छ ।दिउँसो जानकी मन्दिरको प्रांगनबाट गाजाबाजाका साथ निस्किने झाँकीसहितको टोली ऐतिहासिक रंगभुमि मैदान बाह्रविघा पुगेर राम र सीताको स्वयंवर हुनेछ । आज राम मन्दिरबाट रामजीको डोला र जानकी मन्दिरबाट किशोरीजीको डोलालाई बाह्रविघा मैदानमा […]

२०७१ मंसिर ११ गते, बिहीबार