समाज

आपसी विवादमा गोली चल्यो, १० जना घाइते

काठमाडौं, २३ बैशाख।सर्लाहीको हरकठ्वामा आपसी बिवादमा गोली चल्दा १० जना घाईते भएका छन् । घाईते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्थानीय रामआश्रय साह र देवी सिंहबीच भएको विवादमा गएराती गोली हानाहान भएको हो । गोली लागेर स्थानिय बिजयकुमार सिंह, रामबाबु सिंह, राहुलकुमार सिंह, मिलनप्रसाद सिंह र रितेशकुमार सिंह गम्भीर घाईते […]

२०७१ बैशाख २३ गते, मंगलवार

पृथ्वी राजमार्गमा पहिरो, सयौं सवारी अलपत्र

काठमाडौं, २२ बैशाख। आइतबारदेखि परेको अविरल वर्षापछि पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा र चितवनको फिस्लिङमा पहिरो गएको छ । पहिरोले काठमाडौंका लागि आएका र काठमाडौंबाट छुटेका सवारी सधान बीच बाटोमा अलपत्र परेका छन् । अवरोध हटाउने प्रयास जारी रहेको छ । जोगिमाराको जवाङ खोलामा गएको पहिरोलाई हटाउन जेसिबी गइसकेको र एक घन्टाभित्र एकतर्फी सवारी खुल्ने […]

२०७१ बैशाख २२ गते, सोमबार

पत्रकार महासङ्घको चुनावी प्रक्रिया सुरु हुँदै

काठमाडौ, २१ बैशाख । नेपाल पत्रकार महासङ्घको २४ औ महाधिवेशनमा आज बिहानदेखि चुनावी प्रक्रिया सुरु भएको छ । अहिले निर्वाचन प्रक्रिया अनुसार उम्मेदवारी दर्ता चलिरहेको छ । महासङ्घका नेतृत्वका लागि डा महेन्द्र विष्ट र पोषण केसीको दुई छुट्टाछुट्टै समूह चुनावी मैदानमा उत्रिएका छन् । चुनावी प्रतिस्पर्धामा चौतारी, क्रान्तिकारी पत्रकार सङ्घ, र क्रान्तिकारी पत्रकार महासङ्घबीच तालमेल […]

२०७१ बैशाख २१ गते, आईतवार

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौ, २० बैशाख । आज मे ३ , विश्वभर विभिन्न कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ ।यसैबिच नेपाल पत्रकार महासङ्घको २४ औं महाधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ ।“संविधानसामार्फत् एक वर्षभित्र लोकतान्त्रिक संविधान, स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा हाम्रो अभियान” भन्ने नारासहित हुन लागेको यो महाधिवेशनले महासङ्घको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन […]

२०७१ बैशाख २० गते, शनिबार

रत्नपार्कलाई आकर्षक बनाइने

काठमाडौं ,२० बैशाख। काठमाडौंको मुख्य केन्द्रविन्दुमा रहेको ‘रत्नपार्क’लाई काठमाडौं महानगरपालिकाले व्यवस्थित गर्ने भएको छ ।करिब ५० लाख रुपैयाँभन्दा बढी खर्च गरी पार्क सुधार गरिनेछ । रत्नपार्कलाई नयाँ ढंगले विकास गर्न उसले त्यसको ‘डिजाइन’समेत तयार पारेको छ । ‘तर, डिजाइन स्वीकृत हुन बाँकी छ,’ महानगरपालिका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले भने, ‘आगामी सार्क सम्मेलनअघि नै रत्नपार्कलाई […]

२०७१ बैशाख २० गते, शनिबार

आज अक्षय तृतीया

काठमाडौ, १९ बैशाख । आज सातु र सर्वत दान गरी अक्षय तृतीया मनाइँदैछ । वैशाखशुक्ल तृतीयाका दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ ।सत्ययुगको प्रारम्भ पनि यसै दिनबाट भएको मानिन्छ । विवाहका लागि लगन तथा साइत हेर्नु नपर्ने मान्यता र शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा […]

२०७१ बैशाख १९ गते, शुक्रबार

आज दिनभरि पानी पर्ने

काठमाडौ, १९ वैशाख ।काठमाडौ उपत्यका सहित देशका धेरै ठाउँमा हिजो रातिदेखि परेको झरी आज दिनभरपनि पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौसमविद सुवास रिमालका अनुसारबा बंगालको खाडीबाट जल वाष्पयुक्त हावा सतही रुपमा प्रवेश गर्दा मौसम बदली भएको हो । पूर्वबाट प्रवेश गरेको वायुको प्रभाव देशका धेरै ठाउँमा फैलिएको छ । […]

२०७१ बैशाख १९ गते, शुक्रबार

मच्छिन्द्रनाथको रथयात्रा आजबाट

काठमाडौं, १७ वैशाख । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आज ललितपुरमा सुरु हुंदैछ । ललितपुरको पुल्चोकबाट बाजागाजाका साथ रथ तान्ने क्रम सुरु हुन्छ । करीब एक हजार ६ सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथको जात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्राका रुपमा […]

२०७१ बैशाख १७ गते, बुधबार

आज आमाको मुख हेर्ने दिन

काठमाडौं, १६ वैशाख – आज जन्मदिने आमाको मुख हेर्ने दिन । आमालाई मिठामीठा परिवकार खुवाएर यो पर्व मनाइने गरिन्छ ।वैशाख कृष्णपक्ष औसीको दिन नेपालीले यो पर्व मनाउने चलन छ ।बिहानै उठी नुहाईधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध […]

२०७१ बैशाख १६ गते, मंगलवार

तरकारी बजारमा आगलागी ,डेढ करोडको क्षति

काठमाडौं, १५ वैशाख– कोटेश्वरस्थित काभ्रेली तरकारी तथा फलफूल बजारमा आज बिहान भीषण आगलागी भएको छ । आगलागीबाट १५ वटा टहरामा रहेका तरकारी तथा फलफूल पसल र केही खाद्यान्नका थोक पसल समेत जलेर नष्ट भएका छन् । महानगरीय प्रहरी वृत्त कोटेश्वरसँगै रहेको तरकारी बजारमा बिहान करिब चार बजेतिर आगलागी भएको थियो । आगलागीबाट करिब डेढ करोड […]

२०७१ बैशाख १५ गते, सोमबार