विश्व माटो दिवस मनाइँदै
काठमाडौँ । आज डिसेम्बर ५ अर्थात विश्व माटो दिवस। राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले ‘माटोको सुधारः परीक्षण, रेखदेख र उपचार’ नाराका साथ दिवस मनाउन लागिएको जनाएको छ। संयुक्त राष्ट्र सङ्घअन्तर्गतको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को सिफारिसमा संयुक्त राष्ट्र सङ्घको ६८ औँ महासभाको निर्णयले सन् २०१३ डिसेम्बर ५ देखि यो दिवस मनाउन सुरु गरिएको हो। […]
२०८१ मंसिर २० गते, बिहीबार