खेल

रोनाल्डोद्वारा नयाँ किर्तीमान !

काठमाडौँ । इटालीयन फुटबल क्लब युभेन्टसका पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ किर्तीमान राखेका छन् । उनले युरोपका शिर्ष ५ लिगमा लगातार १२ सिजनसम्म कम्तिमा २० गोल गर्ने किर्तीमान बनाएका हुन् । इटालीयन सिरी ए अन्तर्गगत गएराति स्पेजिया विरुद्धको खेल युभेन्टसले ३–० ले जित्यो । उसका लागि रोनाल्डोसँगै अल्भारो मोराटा र फेडेरिको चिएसाले एक […]

२०७७ फाल्गुन १९ गते, बुधबार

जोकोभिच ३ सय १० हप्तादेखि शिर्ष वरियतामा

काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले सर्वाधिक लामो अवधि विश्व वरियताको शिर्ष स्थानमा रहने किर्तीमान बराबरी गरेका छन् । विश्व टेनिसको सर्वोच्च निकायले हरेक हप्ता पुरुषतर्फ ए.टि.पी र महिलातर्फ डब्लु.टि.ए वरियता निकाल्ने गरेको छ । जोकोभिच ३ सय १० हप्ता एटिपी वरियताको शिर्ष स्थानमा रहेका छन् । यसअघि स्विस खेलाडी रोजर फेडेररले ३ सय […]

२०७७ फाल्गुन १८ गते, मंगलवार

खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै

काठमाडौं । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा यहि फागुन १५ देखि १८ सम्म दाङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सबैका लागि खेलकुद, खेलकुदमा वैज्ञानिक नयाँ संरचना र आमूल परिवर्तन भन्ने मूल नाराका साथ दाङकाे तुलसीपुरको अरनिको मैदानमा खुल्ला भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । भलिबल प्रतियोगिताको माध्यमबाट नयाँ क्षमता र प्रतिभाहरु […]

२०७७ फाल्गुन १२ गते, बुधबार

आइसिसी विश्वकप क्रिकेटका लागि ३२ खेलाडी छनौट

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिजको लागि क्यानले प्रारम्भिक चरणमा ३२ खेलाडी छनौट गरेको छ । क्यानले कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्कासहित ३२ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । ३२ खेलाडीमध्ये २१ खेलाडीले माघ २४ बाट सुरु हुने बन्द प्रशिक्षणमा भाग लिनेछन् । क्यानले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय […]

२०७७ माघ २३ गते, शुक्रबार

आहा रारा गोल्डकप चैत्र १७ देखि

काठमाडौं । सहरा क्लबले पत्रकार सम्मेलन गर्दै आहा रारा गोल्डकप फुटबलको १९ औं संस्करण चैत १७ गतेदेखिए २८ गतेसम्म पोखरा रंगशालामा हुने जानकारी दिएको छ । क्लबका अध्यक्ष केशवबहादुर थापाले प्रतियोगितामा विदेशी क्लब, ए डिभिजनका क्लब, मोफसलका टिम र आयोजक सहरा क्लब पोखरा गरी १२ टिमको सहभागिता रहनेछ । कोरोनाका कारण टिम र संख्या र […]

२०७७ माघ १७ गते, शनिबार

चेल्सीका मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले आफ्नो मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ । एफए कपको चौथो चरणमा लुटोनमाथि तीन एकको जित निकालेको भोलिपल्टै लाम्पार्डलाई बर्खास्त गरेको हो ।क्लबले खराब प्रदर्शनलाई निरन्तरता दिएपछि क्लब उनलाई बर्खास्त गरेको हो । लाम्पार्डले चेल्सीमा प्रशिक्षकको रुपमा १८ महिना बिताएका छन् । यसक्रममा लाम्पार्डको प्रशिक्षणमा चेल्सीले ८४ […]

२०७७ माघ १३ गते, मंगलवार

जापानका नागरिकद्वारा ओलम्पिक आयोजना नगर्न सुझाव

काठमाडौं । ओलम्पिक आयोजक राष्ट्र जापानका सर्वसाधारणले कोरोना भाइरस महामारी नियन्त्रणमा नआइसकेको भन्दै ओलम्पिक आयोजना नगर्न सुझाव दिएसँगै खेलको अन्योलता बढेको छ । जापानका ८० प्रतिशतभन्दा बढी नागरिकले ओलम्पिक नगर्न सुझाव दिएका छन् । सन् २०२० मै हुनुपर्ने ओलम्पिक कोरोना महामारीका कारण यो बर्षलाई सारिएको थियो । जुलाई २३ बाट खेल हुने तालिका भएपनि धेरैले […]

२०७७ पुष २८ गते, मंगलवार

बङ्गबन्धु शेख मुजिब म्याराथनको स्वर्ण पुष्पा भण्डारीको पोल्टामा

काठमाडौ । बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छिन् । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन । सो स्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरिन । उनले निर्धारित […]

२०७७ पुष २६ गते, आईतवार

प्रधानमन्त्री कप महिला क्रिकेट शुरु

काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि दाङको देउखुरीमा शुरु हुँदैछ । प्रतियोगिताको उदघाटन खेलमा लुम्बिनी र प्रदेश नम्बर दुई बीच प्रतिस्पर्धा हुँदैछ । आजै दिउँसो अर्को खेलमा विभागीय टिम सशस्त्र र कर्णाली प्रदेशविच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता छ ।सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । […]

२०७७ पुष ११ गते, शनिबार

टोटनह्याम कारावाओ कपको सेमिफाइनलमा

काठमाडौं । टोटनह्याम र म्यानचेस्टर युनाइटेड इएफएल अर्थात कारावाओ कपको सेमिफाइनलमा पुगेका छन् । टोटनह्याम गएराति भएको क्वाटर फाइनलमा स्टोक सिटीलाई तीन–एकले पराजित गरि अन्तिम चारमा पुुगेको हो । टोटनह्यामको जितमा ग्यारेथ बेल, बेन डेविस र ह्यारी केनले गोल गरे । स्टोकका लागि जोर्डन थोम्पसनले एक गोल फर्काए । अब फाइनल प्रवेशका लागि टोटनह्यामले ब्रेन्टफोर्डसँग […]

२०७७ पुष ९ गते, बिहीबार