पर्यटन

लुम्बिनीका विहार तथा गुम्बामा व्यावसायिकरुपमा पर्यटक नराख्न माग

काठमाडौँ । लुम्बिनी होटल सङ्घ नेपालले लुम्बिनी विकास कोष क्षेत्रका विहार तथा गुम्बामा पर्यटक राख्ने व्यवस्था माग गरेको छ । सङ्घले विकास कोषभित्र सञ्चालित विहार तथा गुम्बामा पर्यटक राख्नाले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धराशायी बन्दै गएको र यसले पर्यटन व्यवसाय प्रभावित बनेको भन्दै व्यावसायिक रुपमा पर्यटक राख्ने व्यवस्थामा स्थायी रोक लगाउन माग गरेको हो ।सङ्घले […]

२०८० फाल्गुन ३० गते, बुधबार

टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि …

काठमाडौँ । प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रंगिएको म्याग्दीको टोड्के क्षेत्रको जंगल आकर्षक गन्तव्य बनेको छ। रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर हो। टोड्केका अनिल बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका बताए।“पाखामा ढकमक्क गुराँस फुलेर रंगिएपछि […]

२०८० फाल्गुन २८ गते, सोमबार

मिथिला माध्यमिक परिक्रमा सुरु

काठमाडौँ । पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ । नेपाल र भारतका हजारौं सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागीता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ । सोही यात्राका लागि आज विहान धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू […]

२०८० फाल्गुन २७ गते, आईतवार

कोशीटप्पुमा चराको सङ्ख्या घट्यो

काठमाडौँ । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा चराको सङ्ख्या घटेको छ । चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको हो ।मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार […]

२०८० फाल्गुन २२ गते, मंगलवार

मयाम हुँदै पाथीभरा जाने पदमार्ग निर्माण

काठमाडौँ । पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको ताप्लेजुङ फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । उपभोक्ता समितिका अध्यक्ष कुमार लेछर्बोका अनुसार समितिद्वारा विनियोजित रु २५ लाखको लागतमा दुई हजार १७२ मिटर दूरीको पदमार्ग निर्माण सम्पन्न गरिएको हो । जम्मा दुई हजार ५० मिटरको प्राविधिक लागत अनुमान […]

२०८० फाल्गुन २१ गते, सोमबार

मुस्ताङमा नयाँ पदमार्गको पहिचान

काठमाडौँ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पर्यटकको संख्यामा वृद्धि गर्न र उनीहरुको बसाइ लम्ब्याउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको जनाएको छ । एक्यापले लुप्रा–मुक्तिनाथ, ठिनी–तिलिचोताल र कोखेठाटी–सिरकुुङ–सौरु–चोखोपानी–चिमाङ–धुम्बाताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धन थालिएको जनाइएको छ । स्थानीयले आउजाउ गर्न प्रयोग गरिरहेको घोरेटो बाटोलाई पदमार्गको रूपमा प्रयोग गर्न संकेत चिह्न, सूचनापाटी […]

२०८० फाल्गुन २० गते, आईतवार

ब्राजिलमा ‘एक्स्पो नेपाल २०२४’

काठमाडौँ । नेपाली दूतावास र रक सिद्धि प्रालिको संयुक्त आयोजनामा ब्राजिलको राजधानी ब्रासिलियामा ‘एक्स्पो नेपाल २०२४’ भइरहेको छ। एक्स्पोको शुक्रबार औपचारिक समारोहमा उद्‍घाटन भएको हो। ब्राजिलका श्रममन्त्री लेलियो बेन्तेस कोहेयाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ब्राजिलका पर्यटन उपमन्त्री तथा कार्यकारी सचिव आना कार्ला मचाडो, कानुन उपमन्त्री, संघीय अदालतका न्यायाधीश, ब्राजिलियन ट्राभल एजेन्सी संघ (अबाब)का अध्यक्ष, ब्राजिल […]

२०८० फाल्गुन १९ गते, शनिबार

विराटनगरका होटल राति १२ बजेसम्म खुल्ने

काठमाडौँ । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगर महानगरपालिका भित्रका होटल व्यवसाय सञ्चालनका लागि राति १२ बजेसम्मको समय तोकेको छ । यसअघि प्रशासनले राति १० बजेदेखि होटल बन्द गराउँदै आएको थियो । महानगरका मेयर नागेश कोइरालाले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने […]

२०८० फाल्गुन १७ गते, बिहीबार

धरानमा विमानस्थल अनुपयुक्त

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने प्राधिकरणले बताएको छ । साथै, आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने भएकाले […]

२०८० फाल्गुन १५ गते, मंगलवार

पर्यटकको पर्खाइमा तमोर नदी क्षेत्र

काठमाडौँ । धनकुटाको बिच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो । तर पर्याप्त पर्यटनको सम्भावना बोकेको नदी क्षेत्रलाई […]

२०८० फाल्गुन १५ गते, मंगलवार