पर्यटन

सौराहामा हात्ती महोत्सव हुँदै

काठमाडौँ । कोरोना महामारीका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी गरिएको छ । आगामी पुस १० देखि १४ गतेसम्म अङ्ग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका […]

२०८० मंसिर २३ गते, शनिबार

ठमेललाई चौबिसै घण्टा खुलाउने तयारी

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले पर्यटकीय क्षेत्र ठमेललाई चौबिसै घण्टा खुलाउने गरी ‘व्यवसायी आचारसंहिता’ बनाइरहेको बताएका छन । उनले आउँदो अंग्रेजी नयाँ वर्षभित्र नै ठमेल चौबिसै घण्टा खुला गर्ने र ‘फ्री भेइकल जोन’ बनाउने गरी तयारी भइरहेको जानकारी दिए । उनले शान्ति सुरक्षा, पार्किङ व्यवस्थापन, चौबिसै घण्टा खुला गर्दा कुनै पनि […]

२०८० मंसिर २२ गते, शुक्रबार

चिसोले जमेको पञ्चकुुण्ड तालमा पर्यटकको लर्को

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ बनेको छ। समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुुण्ड ताल जमेको हेर्न र तालमाथि सहासिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको लर्को लागेको छ। पानी जमेर तालमाथि मानिस सहजै हिँडडुल गर्न सकिने […]

२०८० मंसिर २१ गते, बिहीबार

फुतफुते झरना पर्यटक लोभ्याउँदै

काठमाडौँ । । गत हप्ता अन्नपूर्ण हिमालको आधार शिविरको पदयात्रामा गएका पूर्वमुख्य सचिव डा.सोमलाल सुवेदी करिब एक घण्टा फुतफुते झरनामा बिताए । उनीसँगै आएका पर्यटनविद् रामहरि लामिछाने पनि अन्नपूर्ण गाउँपालिका-४ स्थित फुतफुते झरनाको सौन्दर्यमा रमाए ।‘फुतफुते झरना अवलोकन गर्दा प्रकृतिको दाइने आँखाको मोति खसेझै महसुस भयो,’ उनले भने, ‘अमेरिकाको नाग्रा फल्स भन्दा धेरै सुन्दर लाग्यो […]

२०८० मंसिर २० गते, बुधबार

काँडेभ्याकुर हेर्न उपरदाङगढीमा पर्यटक

काठमाडौँ ।नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नेपालमा मात्र पाइने चरा हो, काँडेभ्याकुर । यही चरा हेर्न चितवनको पर्यटकीय क्षेत्र तथा पुरानो सदरमुकाम उपरदाङगढी र अग्लो डाँडा सिराइचुलीमा विदेशी पर्यटकहरु पुग्ने गरेका छन् । काँडेभ्याकुर चरा सबैभन्दा धेरै पाइने क्षेत्र यही हो । अङ्ग्रेजीमा स्पाइनी ब्याब्लर भनिने यस चरा हेर्न विश्वका विभिन्न […]

२०८० मंसिर १९ गते, मंगलवार

गिद्धको सङ्ख्या बढ्यो

काठमाडौँ । लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा स्थापनामा गरिएको जटायु (गिद्ध) रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि भएको छ । गिद्ध संरक्षण गर्न भन्दै एसियामै पहिलोपटक समुदायस्तरबाट सन् २००६ मा सुरु गरिएको रेष्टुराँका कारण यस क्षेत्रमा गिद्धको सङ्ख्यामा चार सय प्रतिशतले वृद्धि भएको एक अध्ययनले देखाएको छ । जटायु रेष्टुराँ व्यवस्थापन समितिका […]

२०८० मंसिर १८ गते, सोमबार

एघार महिनामा ९ लाखभन्दा बढी पर्यटक भित्रिए

काठमाडौँ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म नौ लाख १८ हजार तीन सय आठ नेपाल आएका हुन् । नोभेम्बरमा मात्रै एक लाख ८६० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो महिना अक्टोबरमा हालसम्मकै बढी एक लाख १७ हजार […]

२०८० मंसिर १६ गते, शनिबार

माडीको बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

काठमाडौँ । चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । तालमा पौडी खेल्दा प्रत्येक वर्ष डुबेर मृत्यु हुन थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी खेल्न रोक लगाएको हो । समितिले ताल क्षेत्रमा बोर्ड राख्दै पौडी नखेल्न भनेको ताल व्यवस्थापन समितिका अध्यक्ष राजकुमार परियारले बताए । माडी नगरपालिका-८ स्थित बैकुण्ठ सामुदायिक वनभित्रको […]

२०८० मंसिर १२ गते, मंगलवार

उग्रतारा मेला सुरु

काठमाडौँ । सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा मेला देहिजाँत आजदेखि सुरु भएको छ । उग्रताराको मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन वर्षेनी लाग्ने मेलामा डडेल्धुरालगायत सुदूरपश्चिमका श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । डडेल्धुरा–बैतडी राजमार्गको पश्चिमतर्फ अग्लो रमणीय डाँडामा रहेको उग्रतारा देवीस्थानका बारेमा विभिन्न किंबदन्तीहरु रहेका छन् ।किसानले हलो जोत्दै गर्दा हलोको फालीमा देवीको शिला अडकिएपछि निरन्तर रगतको धारा […]

२०८० मंसिर १२ गते, मंगलवार

‘देहिजाँत’ मेला हुँदै

काठमाडौँ । बैतडीको मेलौली भगवती मन्दिरमा जात्रा ‘देहिजाँत’ हुने भएको छ । देहिजाँतका लागि मेलौली नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, सार्वजनिक संस्था, निजि तथा सामुदायिक बिद्यालय, बैक तथा वित्तीय संस्था लगायतका कार्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत सपना कार्किले जानकारी […]

२०८० मंसिर १० गते, आईतवार