पर्यटन

अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व मनाइँदै

काठमाडौं, ६ भदौ । उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष त्यसअगावै अगस्त्य ऋषिको उदय हुने भएकाले कृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले […]

२०७६ भाद्र ६ गते, शुक्रबार

एशिया प्रशान्त क्षेत्रीय नागरिक उड्डयन महानिर्देशकहरुको सम्मेलन सुरु

काठमाडाैँ, २ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) अन्तरगत एशिया प्रशान्त क्षेत्रीय नागरिक उड्डयन महानिर्देशकहरुको सम्मेलनकाे उद्घाटन गरेका छन । उद्घाटन शत्रमा सम्बाेधन गर्दै प्रधानमन्त्री आेलीले नेपालमा देखिएका हवाइ क्षेत्रका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेकाे बताए । उनले नेपाल प्रकृतिकै कारण धेरै सुन्दर देश हाे भन्दै पर्यटकहरुका लागि रमणीय […]

२०७६ भाद्र २ गते, सोमबार

गोसाइँकुन्डमा हजारौको भिड

काठमाडौँ, ३० साउन । गोसाइँकुन्ड मेला व्यवस्थापन समितिले यो वर्ष करिब १२ हजार भक्तजनले मेला भरेको जनाएको छ । गत बर्षको तुलनामा यस बर्ष तीर्थयात्रीहरुको संख्या बढेको बताइएको छ । गोसाइँकुन्डमा नागपञ्चमीका दिनदेखि जनैपूर्णिमाका दिनसम्म मेला लाग्ने गर्दछ । गोसाइँकुन्ड जाने सडकमार्गअन्तर्गत् राम्चे र मूलखर्कमा यो वर्ष पहिरो नगएका कारण पनि तीर्थयात्रीको संख्या बढेको हो […]

२०७६ श्रावण ३० गते, बिहीबार

गोसाइँकुण्ड जाने तीर्थयात्रीको चाप बढ्दै

काठमाडाैं , २५ साउन । नागपञ्चमीदेखि मेला शुरु भएसँगै गोसाइँकुण्डमा स्नान गर्न जाने तीर्थयात्रीको चाप बढ्दै गएको छ । जनै पूर्णिमाको अवसरमा रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा मेलालाग्ने गर्दछ । अहिले दैनिक दुई सयभन्दा बढी तीर्थयात्री पुग्ने गरेको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । मेलामा आउने तीर्थयात्रीहरुको चापलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था चुस्त राख्न […]

२०७६ श्रावण २५ गते, शनिबार

६ सय वर्ष पुरानो घडीघर तथा विहारको संरक्षणका लागि संघर्ष गरिने

काठमाडौं , १८ साउन । काठमाडौंको असनका स्थानीयले ६ सय वर्ष पुरानो घडीघर तथा विहारको संरक्षणका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् । असनमा शुक्रबार भएको विरोध सभाका सहभागीहरुले उनीहरुले आगामी भाद्र ११ गते गुठी संस्थान घेराउ गर्ने र थप संघर्षका कार्यक्रम ल्याउने बताए । पुरातात्विक र ऐतिहासिक महत्वको उक्त स्थानमा आधुनिक शपिङ मल बनाउन […]

२०७६ श्रावण १८ गते, शनिबार

विश्व बाघ दिवस मनाइँदै

काठमाडौं, १३ साउन ।‘पर्यापर्यटन प्रवद्र्धनका लागि बाघ संरक्षण’ भन्ने मूल नाराका साथ नवौं विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्ष पनि विभिन्न कार्यक्रम गरी विश्व बाघ दिवस मनाउँदै छ । सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा रुसको सेन्ट पिटर्सवर्गमा विश्वका बाघ पाइने […]

२०७६ श्रावण १३ गते, सोमबार

हिमालय एयरलाइन्सद्वारा ढाका उडान सुरु

काठमाडौं, ६ साउन । निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्षित गर्दै कम्पनीले काठमाडौँ–ढाका सिधा उडान थालेको हो । काठमाडौँ–ढाका साताको तीन दिन उडान गर्ने गरी तालिका बनाइएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनले पर्यटकीय […]

२०७६ श्रावण ६ गते, सोमबार

रानीमहलमा ‘ईको पार्क’ बन्ने

काठमाडौं, ३ साउन । पाल्पाको रानीमहलमा पर्यटक लक्षित ईको पार्क निर्माण सुरु गरिएको छ । प्रेमको प्रतीक मानिने रानीमहल क्षेत्रमा हरियाली बगैंचा र विभिन्न किसिमका फूलसहित ईको पार्क निर्माण शुरु गरिएको हो । डिभिजन वन कार्यालय पाल्पाले पार्क निर्माणलाई अन्तिम रुपमा दिएको छ । रानीमहलको जग छेउमा खोलाबाटै पर्खाल उठाएर करिब २ रोपनी क्षेत्रफलमा माटो […]

२०७६ श्रावण ३ गते, शुक्रबार

दुप्चेश्वर महादेव ः धार्मिक पर्यटकीय स्थल

काठमाडौं, २१ असार । दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लाको राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत […]

२०७६ असार २१ गते, शनिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः २१ घन्टा सञ्चालन

काठमाडौं, १६ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुन: २१ घन्टानै सञ्चालन भएको छ। रन–वे (धावनमार्ग) मर्मतका कारण चैत १८ गतेदेखि बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुँदै आएको थियो । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किँदा जहाज उडान र अवतरणमा समस्या आएपछि चैत्र १८ गतेबाट धावनमार्गको मर्मत शुरु गरिएको थियो । […]

२०७६ असार १६ गते, सोमबार