पर्यटन

२४ औं पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण !

काठमाडौं, ७ जेठ । कामीरिता शेर्पाले २४ औं पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर पुनः आफ्नै रेकर्ड तोडेका छन्। उनले मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औं पटक सरमाथाको सफल आरोहण गरे । यो सँगै ४९ वर्षीय कामिरिता २४ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोही बनेका छन्। शेर्पाले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान […]

२०७६ जेष्ठ ७ गते, मंगलवार

आज २५६३ औं बुद्ध जयन्ती

काठमाडौं, ४ जेठ । आज वैशाख शुक्ल पूर्णिमा अर्थात बुद्ध जयन्ती , आज देशभर विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइँदैछ। एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्। नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब […]

२०७६ जेष्ठ ४ गते, शनिबार

दुई भारतीय पर्वतारोहीको मृत्यु

काठमाडौं, २ जेठ । विश्वको तेस्रो अग्लो हिमाल कन्चनजंघा आरोहण गर्न गएका भारत, पश्चिम बंगालका कुन्तल करार र विप्लव वैद्यको मृत्यु भएको छ । अर्का एकजना सम्पर्कविहीन भएको पर्यटन मन्त्रालयको पर्वतारोहण शाखाले जनाएको छ । ८ हजार ५८६ मिटर अग्लो कन्चनजंघाको शिखरमा बुधबार १० नेपालीसहित ३६ जना पुगेका थिए । चुचुरोमा पुगेर फर्कंदै गर्दा वैद्यको […]

२०७६ जेष्ठ २ गते, बिहीबार

२३औँ पटक सगरमाथाको सफल आरोहण !

काठमाडौँ, १ जेठ । साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेकेको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले […]

२०७६ जेष्ठ १ गते, बुधबार

बर्दिया भनेपछि ‘बाघ’

काठमाडौं, ३१ बैशाख । बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ । त्यो हो बर्दिया भनेपछि ‘बाघ’ । बाँकेबाट जिल्ला प्रवेश गराउने पूर्वपश्चिम राजमार्गको आम्बासा ठाकुरद्वारा सडकखण्ड र धम्बोझी हुँदै गुलरियाबाट ठाकुरद्वाराको प्रमुख पर्यटकीयस्थल पुग्ने मार्ग पर्यटकको आवश्यकताविपरीत थिए । […]

२०७६ बैशाख ३१ गते, मंगलवार

जानकी महोत्सव मनाइदैं

काठमाडौं, ३० वैशाख । सीताको जन्मदिनको अवसर पारेर जनकपुरमा आज जानकी महोत्सवको कार्यक्रम आयोजना गरिएको छ । रामायणकालमा मिथिलाको भूमिमा राजा जनकले हलो चलाउँदा पादुर्भाव भएर जन्म भएको सीताको धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष यहाँ जानकी नवमी मनाउने गरिन्छ । परापूर्वकालदेखि नै सीताको जन्मदेखि न्वारनसम्मको सांस्कृतिक र परम्परालाई मध्यनजर गर्दै मनाउन थालिएको जानकी महोत्सव पहिले औपचारिकतामा […]

२०७६ बैशाख ३० गते, सोमबार

पाइलट नागराजलाई जहाज उडानमा प्रतिबन्ध

काठमाडौं, २७ बैशाख । नेपाल एयरलाइन्स एयरबस ३२० का आइपी पाइलट नागराज ककपिटमै निदाएको फोटो सार्जनिक भएपछि जहाज उडानमा प्रतिबन्ध लगाइएको छ। भारतीय नागरिक प्रशिक्षक पाइलट (आइपी) नागराज बिदामा बसेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उनीमाथि जहाज उडानमा प्रतिबन्ध लगाएको हो। काठमाडौं–दुबई जहाज उडाएका नागराज को-पाइलटलाई जहाजको कमान्ड दिएर ककपिटमै सुतेका थिए। उनको सोही […]

२०७६ बैशाख २७ गते, शुक्रबार

रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु

काठमाडौं, २२ वैशाख । रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । आज ललितपुरको टंगालबाट रथायात्रा सुरु भएको हो । रातो मच्छिन्द्रनाथलाई टंगालबाट बाजासहित पुल्चोक लगिनेछ। त्यसपछि विधिपूर्वक पूजा गरी रथारोहण गरेपछि रथयात्रा सुरु हुनेछ । मच्छिन्द्रनाथको रथलाई लिन मीननाथको रथ पुल्चोक पुगेपछि मच्छिन्द्रनाथ र मिननाथको दुवै रथ तान्न सुरु गरिन्छ । रातो मच्छिन्द्रनाथको रथमा नौवटा […]

२०७६ बैशाख २२ गते, आईतवार

जंगली हात्तीको आक्रमणबाट १३७ जनाको मृत्यु !

काठमाडौं , १७ बैशाख । पछिल्लो १५ वर्षमा नेपालमा जंगली हात्तीको आक्रमणबाट १ सय ३७ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ । जंगली हात्ती संरक्षणका लागि निर्माण गर्न लागिएको कार्ययोजनाको सुझाव संकलन गर्न चितवनको सौराहामा आयोजित छलफलमा जंगली हात्तीको आक्रमणबाट १ सय ३७ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरिएको हो । जंगली हात्तीको आंतक […]

२०७६ बैशाख १७ गते, मंगलवार

अन्नपूर्ण हिमाल आरोहणमा हराएका मलेसियन नागरिककाे उद्वार

काठमाडौं, १३ बैशाख । अन्नपूर्ण हिमाल आरोहणमा गएर फर्किँदा हराएका मलेसियन नागरिक वि किन चिनको शुक्रबार बिहान सिम्रिक एयरको हेलिकोप्टरबाट उद्दार गरीएकाे छ । उनलाई अहिले काठमाडौंको मेडिसिटी अस्पताल लगिँदैछ। उनी हराएपछि बिमा कम्पनी ‘ग्लोबल रेस्क्यु’ खोजी कार्यमा बेवास्ता गरेको थियो। बिमा कम्पनीले बेवास्ता गरेपछि उनकी श्रीमती चिनले आफ्ना श्रीमानको खोजी गर्न नेपालको सिम्रिक एयर […]

२०७६ बैशाख १३ गते, शुक्रबार