पर्यटन

शुक्लाफाँटा निकुञ्जमा कृष्णसार हेर्न आउनेको भीड

काठमाडौं, १० असार । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा छ वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या ६० पुगेको छ । वासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको सङ्ख्यामा वृद्धि भएको हो । निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीका अनुसार कृष्णसारका वयस्क भाले १८, पोथी १६, अर्ध वयस्क भाले आठ, पोथी दुई र एक […]

२०७४ असार १० गते, शनिबार

सालक संरक्षणका लागि क्यामेरा ट्रयापिङ

काठमाडौ, ८ असार । सङ्कटापन्न तथा लोपोन्मुख सालक संरक्षणका लागि काभ्रेपलाञ्चोकको एउटा सामुदायिक वनमा क्यामेरा ट्रयापिङ सुरु भएको छ । जिल्लाको पाँचखाल नगरपालिका ज्याम्दीस्थित बासखर्क सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रमा सालकको वास्तविक अवस्था पहिचान गर्न क्यामेरा ट्रयापिङ सुरु भएको प्राकृतिक सम्पदा नेपालकी अनुसन्धानकर्ता प्रतिभा कसपालले जानकारी दिए । जिल्ला वन कार्यालय, धुलिखेलको समन्वयमा सुरु भएको […]

२०७४ असार ८ गते, बिहीबार

संरक्षणको पर्खाइमा ज्यामरुककोट

काठमाडौं, ५ असार । पाँच सय ७४ वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहासिक र पुरातात्विकस्थल सरकारी उपेक्षा र स्थानीयको उदासीनताका कारण ओझेलमा परेको छ । सदरमुकाम बेनीबजारदेखि करिब चार किलोमिटरको दूरीमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावना रहेका छन् । ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ«ेलगायत […]

२०७४ असार ५ गते, सोमबार

देवी नाचको संरक्षण गर्न माग

काठमाडौ, ३ असार । देवी नाच प्रवद्र्धन तथा संरक्षण समितिले काठमाडौं महानगरपालिकाका मेयर, उपमेयरसहित चार वटा वडाका नवनिर्वाचित प्रतिनिधिलाई बधाई तथा शुभकामना दिएको छ । समितिले काठमाडौंमा कार्यक्रम गरी महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर १८, २०, २४ र २५ का जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिएको हो । समितिले जनप्रतिनिधिलाई बधाईसँगै […]

२०७४ असार ३ गते, शनिबार

चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल बढ्यो

काठमाडौं, २ असार । दुर्लभ वन्यजन्तुको वासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफलमा वृद्धि भएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार निकुञ्जको क्षेत्रफल २०दशमलव ६३ वर्गकिलोमिटर बढेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए । यसअघि उक्त निकुञ्जको क्षेत्रफल ९३२ वर्गकिमी रहेकामा ३८ वर्षपछि क्षेत्रफल थपिएर अहिले ९५२दशमलव६३ वर्गकिमी भएको सूचना अधिकारी अर्यालको भनाइ छ । निकुञ्ज स्थापनापछि […]

२०७४ असार २ गते, शुक्रबार

सगरमाथाको उचाई नाप्न सुरु

काठमाडौँ, १ असार । नापी विभागले सगरमाथाको उचाई पुनः नाप्न शुरु गरेको छ । सन् १८५५ मा सर्वे अफ इण्डियाले नापेको उचाईलाई विभागले पुनः नाप्न लागेको हो । उदयपुरको बाँसघारीदेखि उचाइ मापन कार्य शुरु भएको विभागले जनाएको छ । एक सय ६२ बर्ष अघि सगरमाथाको उचाइ मापन गरिएको थियो । सोहीअनुसार हालसम्म (८,८४८ मिटर अर्थात् […]

२०७४ असार १ गते, बिहीबार

२५० औं सिन्धुलीगढी विजयोत्सवलाई भब्य बनाउने जनप्रतिनिधिको प्रतिवद्धता

काठमाडौं , २८ जेठ ।सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस सैनालाई सिन्धुलीगढीमा गोर्खाली सेनाले परास्त गरेको सम्झनाको २ सय ५० औं विजयोत्सव भब्य रुपमा मनाउने स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । उनीहरुले ऐतिहासिक सिन्धुलीगढीको प्रबर्धनमा गर्दै आएको प्रयासलाई मन, बचन र कर्मले सघाउने प्रतिवद्धता जनाएका छन् । समृद्ध सिन्धुली नागरिक अभियानले राजधानीमा सिन्धुलीका स्थानीय तहका पदाधिकारीलाई […]

२०७४ जेष्ठ २८ गते, आईतवार

‘पर्यटन विकासले हुम्लालाई आत्मनिर्भर बनाउँछ’

काठमाडौं, २७ जेठ । पूर्वमन्त्री हुम्ला जिल्ला कर्णालीकै लागि पर्यटन विकासका लागि नमूना भएको बताएका छन् । हुम्लालाई विकासबाट कसैले रोक्न नसक्ने बताए । कर्णाली करिडोरमा सडक निर्माण गरेर जिल्लालाई पर्यटन क्षेत्रमा विकासको थप उचाईमा उठाउन हुम्लीहरु एकजुट हुनुपर्नेमा जोड दिए । शनिबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा ‘हुम्ला जिल्लाको पर्यटन विकास र प्रवद्र्धन विषयक’ अन्तरक्रिया […]

२०७४ जेष्ठ २८ गते, आईतवार

जिउमा पन्ध्र किलो सिक्का बोकेर विश्व भ्रमणमा

काठमाडौं, २५ जेठ । दुईसय ६ देशका झन्डै १५ किलोग्राम सिक्का टाँसेको कपडा र टोपी लगाएर विश्व भ्रमणमा निस्किएका ‘सिक्काबाबा’ पर्वत आइपुग्नुभएको छ । विगत छ वर्षदेखि विश्वशान्तिका लागि पैदलयात्रा सुरु गर्नुभएका कास्की हेम्जाका ४३ वर्षका रामबहादुर परियार ‘सिक्का बाबा’ बुधबार पर्वत आइपुग्नुभएको हो । २०६९ मङ्सिर २१ गतेदेखि भ्रमण थाल्नुभएका परियारले नेपालका ७५ जिल्लाको […]

२०७४ जेष्ठ २५ गते, बिहीबार

सगरमाथा आधारशिविर सुनसान

काठमाडौं, २० जेठ । हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेपछि अहिले सगरमाथा आधारशिविर सुनसान देखिएको छ । सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधारशिविर अहिले सुनसान देखिएको हो । आरोहणको मुख्य मौसम ९चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म० यो आधारशिविर हजारौँ आरोहीले भरिएका हुन्छन् । अहिले त्यहाँ सगरमाथा प्रदूषण नियन्त्रण […]

२०७४ जेष्ठ २० गते, शनिबार