पर्यटन

‘खोइँछ’ भर्ने विधि गरिँदै

काठमाडौं, २३ असोज । मिथिलाका नारीले सौभाग्यवती एवम् सन्तानको कामना गर्दै आज देवी दुर्गा भवानीको ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गरिरहेका छन् । नवरात्र सुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले दुबो अक्षता, फल, बेसारको गिँड, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत सो विधिलाई निरन्तरता दिंदै आएका हुन् […]

२०७३ आश्विन २३ गते, आईतवार

भूत मेला सुरु

काठमाडौँ, २१ असोज । अनादीकालदेखि नै बडादसैँका बेला भूतमेलाका लागि विख्यात महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला सुरु भएको छ । जिल्लाको सोनामाई–४ मा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात रहेको छ । हरेक वर्ष वडादसँैको षष्ठीदेखि सोनामाईमा लाग्ने भूतमेला यस वर्ष पनि आजदेखि सुरु भएको सोनामाई देवीका पुजारी कामेश्वर झाले […]

२०७३ आश्विन २१ गते, शुक्रबार

पाथीभरामा भक्तजनको भीड

काठमाडौ,२० असोज । ताप्लेजुङको प्रशिद्ध तिर्थस्थल पाथीभरा देवीको दर्शन गर्नेको चाप ह्वातै बढेको छ । नवरात्र भर देविको पुजा आरधनाहुने भएकाले पाथिभरामा तिर्थयात्रीको चाप बढेको हो । पाथीभरा देवीको दर्शन गर्न अहिले राजधानी काठमाडौं लगायत ताप्लेजुङ नजिकका जिल्लाहरु पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर तथा भारत भारतको बिभिन्न ठांउबाट दर्शनार्थी आउने गरेका […]

२०७३ आश्विन २० गते, बिहीबार

नवरात्रपर्व र तलेजु मेला

हिन्दुहरूको महान् चाड विजयादशमी अर्थात् बडादसैँ नारीशक्तिको पुजन हुने महान् पर्वका रूपमा लिइन्छ । यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइन्छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजयका रूपमा यस पर्वलाई मनाउने गरिन्छ । भगवान् रामले रावणलाई यसै दिन विजय प्राप्त गर्नुभएकोले नै यो पर्वलाई विजयादशमी भनिएको हो । त्यस्तै, देवीभागवतमा उल्लेख भएअनुसार दुर्गामाताले शुम्भ निशुम्भलगायतका […]

२०७३ आश्विन १९ गते, बुधबार

काष्ठमण्डपको निर्माण ६८१ वर्षअघि भएको पुस्टि

काठमाडौँ, १८ असोज । काष्ठमण्डपको निर्माण ६८१ वर्षअघि भएको तथ्य फेला परेको छ । भूकम्पले भत्काएको काष्ठमण्डपको काठ व्यवस्थित गर्ने क्रममा हनुमानढोका दरबार हेरचाह अड्डामा राखिएको थाममा सो मिति उल्लेख भएको ताम्रपत्र भेटिएको छ । तीनवटा सँगसँगै रहेका ताम्रपत्रमा नेपाल संवत् ४५४, नेपाल संवत् ४९१ र नेपाल संवत् ५४३ कुँदिएको पाइएको छ । अहिले नेपाल […]

२०७३ आश्विन १८ गते, मंगलवार

बुद्ध अस्थिधातु प्राप्त

काठमाडौं, १७ असोज। नेपाललाई भगवान बुद्धको दुईओटा पवित्र अस्थिधातु थाइल्यान्ड सरकारबाट प्राप्त भएको छ । थाइल्यान्डका धार्मिक गुरु संघराजबाट चारुमति विहारका प्रमुख भिक्षु तपस्सी धम्म र लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङलाई सो अस्थिधातु प्राप्त भएको हो । भिक्षु तपस्सी धम्मलाई प्राप्तअस्थि धातुलाई काठमाडौं, चाबहिलमा रहेको २३ सय वर्ष पुरानो चारुमति चैत्य परिसर रहेको विहारमा […]

२०७३ आश्विन १७ गते, सोमबार

भालेश्वर महादेवः रमाइलो गन्तव्यस्थल

काठमाडौँ, १६ असोज । चन्द्रागिरि नगरपालिकास्थित ‘भालेश्वर महादेव’ मन्दिर अहिले धेरैका लागि रमाइलो गन्तव्यस्थलका रुपमा विकसित हुँदै गएको छ । प्राचीन समयदेखि नै अस्तित्वमा रहेको त्यस क्षेत्रमा अहिले चिटिक्कको महादेव मन्दिर निर्माण गरिएको छ । कुनै बेला देवता तथा राक्षस बीचमा सहकार्य भई भएको समुद्रमन्थनबाट निस्केको कालकूट विषलाई महादेवले सेवन गरी डाह भएपछि त्यसलाई शान्त […]

२०७३ आश्विन १६ गते, आईतवार

गिद्ध संरक्षणकर्मी बर्दियामा भेला

काठमाडौं, १६ असोज । गिद्ध संरक्षणमा सक्रिय देशभरका स्थानीय समुदायका प्रतिनिधि, संरक्षणकर्मी र सरोकारवाला निकायका प्रतिनिधिहरु गिद्ध संरक्षणमा भएका कार्यहरुको समीक्षा तथा आगामी कार्य योजनाको तय तथा स्थानीय संरक्षण समुदायको सशक्तिकरणका लागि बर्दियामा भेला भएका छन् । नेपाल पक्षी संरक्षण सङ्घको आयोजनामा बर्दियाको ठाकुरद्वारामा आयोजित दुईदिने स्थानीय संरक्षण समूह तथा संस्थाका लागि गिद्ध सुरक्षित क्षेत्र […]

२०७३ आश्विन १६ गते, आईतवार

चट्टान आरोहणस्थल निर्माण

काठमाडौं , १५ असोज । साहसिक खेल पर्यटनको विकास गर्ने उद्देश्यले इलाम नगरपालिका–७ महभिरमा चट्टान आरोहणस्थल निर्माण गरिएको छ । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको रु १० लाख र स्थानीय श्रमदानबाट रु चार लाख १२ हजार खर्च त्यसमा लागेको थियो । पूर्वमा नै पहिलो पटक इलाममा सफल परीक्षण भएको चट्टान आरोहणप्रति सर्वसाधारणको आकर्षण […]

२०७३ आश्विन १५ गते, शनिबार

झिझिया पर्व सुरु

काठमाडौ, १५ असोज । हिन्दूको महान् चाड बडादसैँको नौरथा सँगसँगै तराईको ग्रामीण क्षेत्रमा किशोरीले झिझिवा पर्व मनाउन सुरु गरेका छन् । भूतप्रेत, बोक्सी र तान्त्रिकको मन्त्र साधनाबाट बच्न ग्रामीण क्षेत्रका तराई मूलका किशोरीले नौरथाको नौ दिन साँझ राति ९ बजे झिझिया पर्व मनाउने गरेका छन् । किशोरीको समूहले सानो प्वाल भएको माटाको घैँटामा दियो बालेर […]

२०७३ आश्विन १५ गते, शनिबार