लोपोन्मुख गोही बाबातालमा छाडियो
काठमाडौं, २९ साउन । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको कभर्डहल क्षेत्रको माछा पोखरीमा भेटिएको लोपोन्मुख मगर गोहीको शुक्रबार राति उद्धार गरी शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्रको बाबातालमा छाडिएको छ । आरक्षका कर्मचारी र नेपाली सेनाका जवानको प्रयासमा पोखरीबाट गोहीको उद्धार गरी आरक्षको बाबातालमा छाडिएको हो । पोखरीबाट निकालिएको गोहीलाई आरक्षको बाबातालमा छाडिएको आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले […]
२०७३ श्रावण २९ गते, शनिबार