पर्यटन

११औं लेखनाथ महोत्सव जारी

काठमाडौं । पोखराको लेखनाथमा ११औं लेखनाथ महोत्सव सुरु भएको छ । महोत्सवको विहीबार नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले उद्घाटन गरेका हुन् ।‘लेखनाथको सँस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ भन्ने मुल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संंघको आयोजनामा सुरु भएको महोत्सव मंसिर २९ गतेसम्म सन्चालन हुनेछ ।महोत्सवमा ३ सय ओटा स्टलहरु राखिएका छन् । स्वदेश […]

२०७१ मंसिर १९ गते, शुक्रबार

जुम्लामा खस सङग्रहालय

काठमाडौँ । नेपाली खस भाषाको उद्गमस्थल जुम्लामा खस सङग्रहालयको स्थापना हुने भएको छ । चन्दननाथ र भैरबनाथ मन्दिरको दिगो संरक्षण र सम्बद्र्धनका विषयमा छलफल गर्न जुम्ला आएका पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जुम्लामा खस सङग्रहालय स्थापना हुने बताए । यसै वर्षदेखि काम सुरु हुने बताउँदै उनले बिभागले २० लाख रुपैंयाँ बजेट बिनियोजन गरिसकेको बताए । […]

२०७१ मंसिर १७ गते, बुधबार

भेटिन थाल्यो दुर्लभ रेडपाण्डा

काठमाडौं। विश्वमा दुर्लभ प्रजातिका रुपमा चिनिएको रेडपाण्डा ताप्लेजुङ नगरपालिका–६ सुकेटारस्थित सानोपाथीभरा क्षेत्रमै पाइएको छ । स्थानीय ज्ञानबहादुर गुरुङले पालेको कुकुरले नजिकैको जंगलबाट लखेट्दै गर्दा रेडपाण्डा फेला परेको हो । रेडपाण्डा जिल्ला वन कार्यालयमा बुझाइएको छ । उक्त वयस्क रेडपाण्डा जिल्ला बन कार्यालय र रेडपाण्डा संरक्षणमा काम गरिरहेको संस्था हिमाली संरक्षण मञ्चको पहलमा फेरि बनमै छाडिएको […]

२०७१ मंसिर १६ गते, मंगलवार

नेपाल ट्रेकिङका लागि बिश्वकै स्वर्ग : फोर्ब्स

काठमाडौँ । बिश्वप्रसिद्ध फोर्ब्स पत्रिकाले नेपाललाई ‘ट्रेकिङको स्वर्ग’को उपमा दिँदै जीवनमा एकपटक घुम्नै पर्ने दश स्थानमा सूचीकृत गरेको छ । पत्रिकाको अनलाइन संस्करणकी नियमित लेखक अन एबेलले नेपाल विस्तारै ‘आरामदायी गन्तब्य’ बन्न थालेकाले सन् २०१५ मा घुम्नैपर्ने सुझाव दिएकी छिन् । नेपाल कला संस्कृतिका लागि धनी रहेकाले त्यसको आनन्द लिन सुझाव दिँदै उनले पर्यटकलाई भनेकी […]

२०७१ मंसिर १४ गते, आईतवार

लुम्बिनी पर्यटन महोत्सव मङ्सिर १८ गतेदेखि

काठमाडौँ । भैरहवास्थित सिर्द्धार्थ रङ्गशालामा आगामी मङ्सिर १८ गतेदेखि छैठौँ पश्चिमाञ्चल क्षेत्रीय मेला र औद्योगिक व्यापार तथा लुम्बिनी पर्यटन महोत्सव हुने भएको छ । अहिले मेला स्थलमा स्टल निर्माण, मञ्च निर्माण, स्टल दर्तालगायत ७० प्रतिशत काम सम्पन्न भइसकेको आयोजकले जनाएको छ । रुपन्देहीको मर्चबारदेखि मुस्ताङसम्मका विशिष्टीकृत वस्तु तथा सेवाको प्रदर्शन तथा प्रवर्द्धन गरिने यो महोत्सवमा […]

२०७१ मंसिर १३ गते, शनिबार

याराग्लाइडिङप्रति आकर्षण बढ्दै

काठमाडौँ । राजधानी काठमाडांै र सिन्धुपाल्चोकको सिमानामा पर्ने लप्सेफेदीमा प्याराग्लाइडिङ खेल सञ्चालनमा आएपछि आन्तरिक तथा बाहृय पर्यटक लोभिएका छन् । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य र पर्यटकहरूलार्इर्र्भरपुर मनोरञ्जन दिने हेतुका साथ केही दिनदेखि सञ्चालनमा आएको प्याराग्लाइडिङले राजधानीको ग्रामीण भेग लप्सेफेदी, नाङ्लेभारे गाविस र सिन्धुपाल्चोकको पर्यटन सम्भावनलार्इ उजागर गरेको स्थानीय पुरुषोत्तम कार्कीले जानकारी दिए । सिन्धुपाल्चोक र […]

२०७१ मंसिर १३ गते, शनिबार

महारानी महोत्सव सुरु

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको महारानी थानको प्रचारप्रसार र पूर्वाधार विस्तार गरी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले महारानी महोत्सव सुरु भएको छ ।मंसिर २० गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटनका क्रममा सभासद् नवराज शर्मा, नरदेवी पुन र रेशमबहादुर बानियाले जिल्लाका धार्मिक, पर्यटकीय, ऐतिहासिकस्थलको संरक्षण र प्रचारप्रसार गर्न सकेमा पर्यटन विकासमा टेवा मिल्ने […]

२०७१ मंसिर १२ गते, शुक्रबार

प्रथम महिलाहरू भक्तपुर भ्रमणमा

काठमाडौं । १८ औं सार्क शिखर सम्मेलनमा काठमाडौं आएका सरकार प्रमुखका ‘प्रथम महिला’ हरू आज भक्तपुर घुम्न जाँदै छन् । उनीहरू बिहान ९:१५ बजे सोल्टी होटलबाट निस्कने कार्यक्रम छ । १० बजे भक्तपुरमा पुग्ने उनीहरूलाई परराष्ट्र मन्त्रालयकी सह-सचिव अम्बिकादेवी लुइँटेलको टोलीले स्वागत गर्नेछ । नेपालकी प्रथम महिला सुजाता कोइराला, संविधानसभामा भक्तपुरबाट निर्वाचित भएका सभासद, भक्तपुरका […]

२०७१ मंसिर ११ गते, बिहीबार

अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण नियमित

काठमाडौ‌,।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार नियमित उडान र अवतरण हुनेछ । सार्क सम्मेलनको लागि बिशिष्ट पाहुनाको आगमन भएको कारण मंगलबार दिनभरजसो नै उडान र अवतरण प्रभावित भएको थियो । तर बुधबार बिशिष्ट पाहुनाको ओहोरदोहोर नहुने भएकाले उडान र अवतरण नियमित हुने विमानस्थल कार्यालयले जनाएको छ । बिहिबार भने विहान ७ देखि १० र दिउँसो १ देखि […]

२०७१ मंसिर १० गते, बुधबार

पर्यटकिय भिसामा विदेश जान कडाइ

काठमाडौ । गृह मन्त्रालयले पर्यटक भिसामा विदेश जाने नेपालीका लागि छुट्टै काउन्टर स्थापना गर्न अध्यागमन विभागलाई लिखित दिर्नेशन दिएको छ। विमानस्थल प्रहरी र अध्यागमन अधिकृतहरूले सेटिङमा रकम असुली नेपाली युवालाई खाडी मुलुक पठाउने गरेको उजुरी परेपछि गृहमन्त्री वामदेव गौतमले मन्त्रीस्तरीय निर्णय गरी पर्यटक भिसामा विदेश जाने नेपालीको कागजपत्र जाँचका लागि छुट्टै काउन्टर स्थापना गर्न निर्देशन […]

२०७१ मंसिर ४ गते, बिहीबार