पर्यटन

पाथिभरामा केबलकार !

काठमाडौँ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने भएको हो । सो समितिको सोमबार बसेको बैठकमा यहाँ केबलकार निर्माण गर्न नहुने अडान राख्दै आएको सङ्घर्ष […]

२०८० फाल्गुन २ गते, बुधबार

विश्वका मानिसको मन लोभ्याउने मनाङ

काठमाडौँ । हिमाली जिल्ला मनाङ सौन्दर्यले भरिपूर्ण जिल्लाका रूपमा परिचित छ। गण्डकी प्रदेशमा अवस्थित मनाङ प्राकृतिक सौन्दर्यले भरिएको छ। यहाँ पुग्ने जोकोहीले मनाङलाई हिमालभित्रको जिल्ला पनि भन्ने गर्छन्। यहाँको प्रसिद्ध स्थानका रुपमा रहेको तिलिचो ताल, थोरङ्ला पास, आइस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्। चामेको तातोपानी, ताचैको घरबास (होमस्टे), कजिनसारा […]

२०८० माघ २९ गते, सोमबार

विदेशी पर्यटकलाई ई-भिसा

काठमाडौँ । अध्यागमन विभागले विदेशी पर्यटकलाई ई-भिसा दिने भएको छ। विभागका महानिर्देशक रुद्रसिंह तामाङले आजदेखि ई‍-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक शुरुवात गर्न लागेको जानकारी दिए।महानिर्देशक तामाङले बढीभन्दा बढी पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान गर्न ई-भिसा लागू गर्न लागेको बताए। उनले अब नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा […]

२०८० माघ २६ गते, शुक्रबार

चालु आर्थिक वर्षमा ११ वटा गैँडा मृत भेटिए

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा ११ वटा गैँडा मृत भेटिएका छन् । मृत भेटिएकामध्ये दुई वटा चोरी सिकारीले मारेका र नौ वटा प्राकृतिक कारणले मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।उनका अनुसार प्राकृतिक कारणले मर्नेमा दलदलमा फसेर, बिरामी भएर, जुधेर, बाघको आक्रमणमा परेर र बुढो भएर मरेका थिए […]

२०८० माघ २३ गते, मंगलवार

पौराणिक भूमि वाल्मीकि आश्रम , धार्मिक गन्तव्य

काठमाडौँ । पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ। चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को त्रिवेणीधाम नजिकै रहेको यस पौराणिक भूमिमा दैनिकरूपमा दर्शनार्थी आउने गरेका वाल्मीकि आश्रमको हरिहर मन्दिरका पुजारी रामशरण गिरीले जानकारी […]

२०८० माघ २३ गते, मंगलवार

लाटोकोसेरो तथा हुचिल उत्सव सुरु

काठमाडौँ । म्याग्दीको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिका-५ लोप्रेमा शुक्रबारदेखि ११औँ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ। प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षण’ संस्थाको संयुक्त आयोजनामा लोप्रेको मालिका आधारभूत विद्यालय परिसरमा उक्त उत्सव आयोजना गरिएको हो।ग्रामीण क्षेत्रमा लाटोकोसेरो तथा हुचिललगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु […]

२०८० माघ २० गते, शनिबार

दोस्रो नेपाल चरा उत्सव माघ २६ गतेदेखि

काठमाडौँ । नेपाल चरा उत्सवका संयोजक मनशान्त घिमिरेले दोस्रो नेपाल चरा उत्सव यही माघ २६ गतेदेखि २८ गतेसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा हुने जानकारी दिएका छन । चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकास गर्ने उद्देश्यका साथ चरा उत्सव आयोजना गर्न लागिएको हो ।संयोजक घिमिरेले तीन दिनसम्म कावासोती […]

२०८० माघ १९ गते, शुक्रबार

जनवरीमा ७९ हजार पर्यटक भित्रिए

काठमाडौँ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल आएका छन् । यो गत वर्ष यसै महिनाको तुलनामा २४ हजार २६ ले बढी हो । २०२३ जनवरीमा ५५ हजार ७४ पर्यटक नेपाल भ्रमणमा आएका थिए । सरकारले यसपालि गत वर्षको तुलनामा दोब्बरले पर्यटक बढाउने घोषणा गरिसकेको छ […]

२०८० माघ १८ गते, बिहीबार

पिस अन्तर्राष्ट्रिय म्याराथन कात्तिक ५ गतेदेखि

काठमाडौँ । मुनस्टार क्लबले वल्ड पिस अन्तर्राष्ट्रिय म्याराथन कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोजकले पत्रकार सम्मेलनमार्फत आगामी कात्तिक ५ गते बाट अन्तर्राष्ट्रिय स्तरमा महिला तथा पुरुष म्याराथन हुने बताएकाे छ । कार्यक्रमले सोलुखुम्बुको तल्लो भेगमा पनि पर्यटकीय गतिविधि बढाउने र यस क्षेत्रको बिश्वव्यापी प्रचारप्रसार गर्ने क्लवका अध्यक्ष भुवन सिं राइले बताए ।म्याराथन सोलुखुम्बुको सोलु […]

२०८० माघ १८ गते, बिहीबार

ऐतिहासिकता र धार्मिक महत्वसँग जोडिएको गोरखा दरबारको पर्यटन

काठमाडौँ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुुनःनिर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ। पुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन नरोकिएको दरबार क्षेत्रमा अहिले भने दैनिक आउने पर्यटकको सङ्ख्या बाक्लै देखिन्छ। भूकम्पका कारण क्षतिग्रस्त दरबार, मन्दिरलगायत परिसरका अन्य संरचना सबैको पुनःनिर्माण लगभग सकिएको मन्दिरका मूल पुरोहित एवं सूचना […]

२०८० माघ १८ गते, बिहीबार