पर्यटन

त्रिभुवन विमानस्थलमा एक जना यात्रुको बिदाइ र स्वागतमा ३ जना मात्रै जान पाइने !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन बाहिर भीड बढेपछि विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो ।ठाउँको सीमितता र भीडले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेकोले […]

२०८० असार १२ गते, मंगलवार

ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन माग

काठमाडौं । पोखराका पर्यटन व्यवसायीले ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन माग गरेका छन्। पोखरा उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तरक्रियामा व्यवसायीले ठूला दरका भारतीय नोट नचल्दा पर्यटक मर्कामा परेको बताए। संघका अध्यक्ष पवन प्रजापतिले भारतीय ठूला नोटको प्रचलनको व्यवस्था गर्नुपर्ने बताए। अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली तत्काल कार्यान्वयनमा आउनुपर्ने […]

२०८० असार ११ गते, सोमबार

कालीगण्डकी नदी किनारमा पैदलमार्ग

काठमाडौं । विश्वमा नै शालिग्राम शिला पाइने एकमात्र नदी कालीगण्डकीलाई पर्यटन विकाससँग जोड्ने प्रयास थालिएको छ। शालग्रामी र कालीनदी नामबाट पनि चिनिने यस कालीगण्डकी नदीलाई आयआर्जनसँग जोड्दै यहाँको धार्मिक तथा पर्यटन विकासका लागि स्थानीय सरकारले योजना अगाडि सारेको छ। कालीगण्डकी नदीको ऐतिहासिकता, धार्मिक, सम्भ्यता र महत्वलाई जोगाउँदै पर्यटन विकास गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले नदी […]

२०८० असार ९ गते, शनिबार

‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु

काठमाडौँ । पर्यटकीय नगरी पोखरामा नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव सुरु भएको छ । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सुरु भएको महोत्सव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेका छन् । प्रतियोगितामा चिनियाँ चार र नेपाली चार टोली सहभागी भएका छन् ।यो महोत्सव दक्षिण एशियाकै पहिलो भएको […]

२०८० असार ८ गते, शुक्रबार

ड्रागन बोट रेस महोत्सव हुँदै

काठमाडौँ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा पर्यटकीय सहर कास्कीको पोखरामा नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु हुँदैछ । फेवातालमा हुन् लागेको उक्त दुईदिने बोट रेस महोत्सवको सहयोगी संस्थाका रुपमा पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन रहेका छन् ।त्यसैगरी ताल किनारको क्याम्पिङ चोकमा महोत्सव हुँदैछ । महोत्सवमा नेपाली […]

२०८० असार ८ गते, शुक्रबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक चिनियाँ जहाज सफल अवतरण भएको छ । चीनको ‘सिचुवान एयरलाइन्स’ले बुधबार बिहान छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा विमानस्थलमा सीधा उडान गरेको हो । ‘सिचुवान एयरलाइन्स’को एयरबस ए–३१९ विमान बुधबार बिहान ९ बजेर ५ मिनेट जाँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । एक सय ३५ जना यात्रुसहित आउने […]

२०८० असार ६ गते, बुधबार

१० दिनको भाले गैँडाको उद्धार

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले आमासँग छुट्टिएर रहेको अवस्थाको दश दिनको भाले गैँडाको बच्चा (केटो ) को बाघमारा मध्यवर्ती सामुदायिक वनबाट उद्धार गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएको केटोलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ । आमासँग छुट्टिएर बसेको अवस्थामा यही असार १ गते उद्धार गरी ल्याइएको उहाँले जानकारी […]

२०८० असार ५ गते, मंगलवार

गोहीका २० बच्चा कोरलिए

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा २० वटा गोहीका बच्चा कोरलिएका छन् । केन्द्रको गुँड नम्बर २ मा राखिएको ३७ वटा अण्डामध्येबाट बीस वटालाई प्रयोगशाला कक्षको इन्कुबेटरमा राखेर ३२ डिग्री तापक्रममा बच्चा जन्माइएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ती अण्डाबाट जेठ २४ गते ती बच्चा कोरलिएका हुन् । केन्द्रले वैशाख […]

२०८० जेष्ठ ३० गते, मंगलवार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलवाट मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान सुरु

काठमाडौँ । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले पहिलो पटक मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान गरेको छ । एक वर्षअघि काठमाडाैंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको नेपाल वायुसेवा निगमको जहाजले आज पहिलो पटक मलेसियाबाट यहाँ उडान भरेको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान पौने ९ बजे […]

२०८० जेष्ठ ३० गते, मंगलवार

पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), होटेल एशोसिएशन अफ नेपाल (हान), वायुसेवा सञ्चालक संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न माग गरेका छन् । उनीहरुले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि व्यवस्था गरेका करका दर खोरज गर्नुपर्ने माग गरेका हुन् । व्यवसायीले पर्यटन तथा हवाइ […]

२०८० जेष्ठ २६ गते, शुक्रबार