पर्यटन

१० दिनको भाले गैँडाको उद्धार

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले आमासँग छुट्टिएर रहेको अवस्थाको दश दिनको भाले गैँडाको बच्चा (केटो ) को बाघमारा मध्यवर्ती सामुदायिक वनबाट उद्धार गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएको केटोलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ । आमासँग छुट्टिएर बसेको अवस्थामा यही असार १ गते उद्धार गरी ल्याइएको उहाँले जानकारी […]

२०८० असार ५ गते, मंगलवार

गोहीका २० बच्चा कोरलिए

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा २० वटा गोहीका बच्चा कोरलिएका छन् । केन्द्रको गुँड नम्बर २ मा राखिएको ३७ वटा अण्डामध्येबाट बीस वटालाई प्रयोगशाला कक्षको इन्कुबेटरमा राखेर ३२ डिग्री तापक्रममा बच्चा जन्माइएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ती अण्डाबाट जेठ २४ गते ती बच्चा कोरलिएका हुन् । केन्द्रले वैशाख […]

२०८० जेष्ठ ३० गते, मंगलवार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलवाट मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान सुरु

काठमाडौँ । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले पहिलो पटक मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान गरेको छ । एक वर्षअघि काठमाडाैंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको नेपाल वायुसेवा निगमको जहाजले आज पहिलो पटक मलेसियाबाट यहाँ उडान भरेको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान पौने ९ बजे […]

२०८० जेष्ठ ३० गते, मंगलवार

पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), होटेल एशोसिएशन अफ नेपाल (हान), वायुसेवा सञ्चालक संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न माग गरेका छन् । उनीहरुले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि व्यवस्था गरेका करका दर खोरज गर्नुपर्ने माग गरेका हुन् । व्यवसायीले पर्यटन तथा हवाइ […]

२०८० जेष्ठ २६ गते, शुक्रबार

रहस्यको गर्भमा मौलापुरको महादेव मन्दिर

काठमाडौँ । “यो मन्दिर त रहस्यैरहस्यले भरिएको रहेछ। जति उत्खनन गर्‍यो, जति अनुसन्धान गर्‍यो, उति नयाँनयाँ रहस्यहरु उद्घाटित भइरहेका छन्”, पूर्वमन्त्री एवं रौतहट-३ का सांसद प्रभु साहले मौलापुर नगरपालिका-५ स्थित पुरातात्विक पतौरा मन्दिरलाई देखाउँदै भने। प्रारम्भमा यो मन्दिर सेनकालको भन्ने मानियो। पछि अर्को तथ्य फेला पर्‍यो र यसको इतिहास कर्नाटकालसँग जोडियो। अहिले त यो कर्नाटकालभन्दा […]

२०८० जेष्ठ २५ गते, बिहीबार

गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका-९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा रु एक करोडभन्दा बढी आम्दानी भएको छ। भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो। चालु आवको साउनदेखि जेठ २१ गतेसम्म रु एक करोड पाँच लाख २१ हजार पाँच सय आठ आम्दानी भएको कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिए।“गत वर्षको असारसम्म […]

२०८० जेष्ठ २३ गते, मंगलवार

लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

काठमाडौँ । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ। यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन्। सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए। […]

२०८० जेष्ठ २३ गते, मंगलवार

अन्नपूर्ण आरोहण दिवसः म्याराथनदेखि पदयात्रासम्म

काठमाडौँ । पर्यटकीय नगरी पोखराको विश्वव्यापीरुपमा चर्चासँग जोडिएको हिमाल हो, अन्नपूर्ण। हिमाल आरोहणको क्षेत्रमा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइन्छ। सन् १९५० जुन ३ मा फ्रान्सका मोरिस हर्जोेगले अन्नपूर्णको सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढेको हो।पर्यटकीय नगरी पोखराको पहिचानसँग अन्नपूर्ण हिमाल प्रत्यक्ष जोडिएका कारण पनि अन्नपूर्ण आरोहण दिवसलाई पोखरा र आसपासका क्षेत्रमा […]

२०८० जेष्ठ २० गते, शनिबार

अन्नपूर्ण पदमार्गमा झरनाको आकर्षण

काठमाडौँ । अग्ला पहाडबाट खस्ने झरना। झरनाको फेदीमा बनेका सफा तलाउ। वरिपरि वनजंगल। पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गमा रहेका आधा दर्जन बढी यस्तै मनमोहक झरनाको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ। हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण […]

२०८० जेष्ठ १२ गते, शुक्रबार