पर्यटन

शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक

काठमाडौँ । विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ । बढ्दो कोभिड सङ्क्रमणका कारण मेला लगाउन रोक लगाइएको हो । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण बढ्दै गएको र गृह मन्त्रालयले समेत २५ जनाभन्दा बढी भेला नहुन आदेश जारी गरेका बेला मेला लगाउन रोक लगाइएको गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिए ।पर्वत, […]

२०७८ पुष ३० गते, शुक्रबार

१२ वर्षे मकर मेला स्थगित

काठमाडौं । काभ्रेको पनौती नगरपालिकामा १ माघदेखि सुरू हुन लागेको १२ वर्षे मकर मेला स्थगित भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसीको मंगलबार सम्पन्न बैठकले मेला स्थगित गरे पनि २५ जनाभन्दा कम भेला भइ मकर स्नान गर्न भने पाउने निर्णय गरेको छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले […]

२०७८ पुष २७ गते, मंगलवार

साढे १३ वर्षमा २८९ गैँडा मरे

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेको जनाएको छ । निकुञ्जले मरेका गैँडामध्ये धेरै कालगतिले मरेका छन् भने केही गैँडा चोरी शिकारीका कारण, केही गैँडा जुधेर तथा केही गैँडा बाढी र बाघको आक्रमणबाट मरेकोसमेत जनाएको छ । निकुञ्जका सू्चना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद […]

२०७८ पुष २७ गते, मंगलवार

दुई प्रजातिका नयाँ चरा भेटिए

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डीबी चौधरीले यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा दुई प्रजातिका नयाँ चरा भेटिएको बताएका छन् । चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा कालोटाउके गङ्गाचिल र ग्रेटर हवाइट फन्टेड गुज नामक नयाँ चरा भेटिएको बताउदै भने -“यी दुई प्रजातिका चराहरु गतवर्षको पक्षी गणनामा भेटिएका थिएनन्, […]

२०७८ पुष २६ गते, सोमबार

कालीञ्चोकमा आन्तरिक र बाह्य पर्यटकको भीड

काठमाडौं ।   समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लो छ । कालीञ्चोकसहित आसपासमा बाक्लो हिमपातका कारण यहाँ आउने सङ्ख्यामा वृद्धि भएको छ । सोही कारण कुरी बजारले पर्यटक धान्नै सकेको छैन । हिउँ खेल्न साथै अग्लो पहाडमा उभिएकी कालीञ्चोक भगवतीको दर्शन गर्न आउने पर्यटक […]

२०७८ पुष २६ गते, सोमबार

सन् २०२१ मा डेढ लाख बाह्य पर्यटक भित्रिए !

काडमाडौं । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२१ मा डेढ लाख बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । तथ्याङ्कअनुसार हवाइ तथा भूमार्ग हुँदै एक लाख ५० हजार ९६२ जना पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२० को तुलनामा गत वर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा २५ प्रतिशतले कमी आएको छ । बोर्डका निर्देशक मणि […]

२०७८ पुष १९ गते, सोमबार

नेपालमा विश्वकै अग्लो स्काई साइक्लिङ !

काठमाडौं । नेपालमा विश्वकै अग्लो र लामो व्यावसायिक स्काई साइक्लिङ सुरु भएको छ । विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफले पर्वतको कुस्मामा यो नयाँ सेवा सञ्चालनमा ल्याएको हो । कालीगण्डकी नदीमाथिको भीरमा कम्पनीको रिसोर्टपरिसरमा उक्त सेवा सञ्चालनमा आएको हो । साइक्लिङको लम्बाइ दुईतर्फ गरी छ सय मिटरको छ । कम्पनीले सेवा सुरु गरेको […]

२०७८ पुष १४ गते, बुधबार

पशुपतिनाथ मन्दिर बन्द !

काठमाडौं । प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ । सोमबार रातभर धनुर्मास पूजा गरेपछि आज पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । आज बिहानैदेखि बेलुकीसम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गरिन्छ । बिहान १२ बजेसम्म एउटा ढोका भने खोलिन्छ । उपवासका दिन […]

२०७८ पुष १३ गते, मंगलवार

१३ कुने पोखरी महोत्सव सुरु

काठमाडौं । इलाम माई नगरपालिकास्थित १३ कुने पोखरीमा पर्यटक प्रवर्द्धन गर्न आजदेखि महोत्सव सुरु भएको छ । नयाँ पर्यटकीय गन्तव्यका रुपमा विस्तार हुँदै गएको १३ कुने सिमसार क्षेत्रको प्रचार गरी देश विदेशमा चिनाउन महोत्सव आयोजना गरिएको हो । महोत्सवमा स्थानिय परिकार तथा स्थानीय पर्यटकीयस्थलको प्रवद्र्धन गरिने छ । महोत्सवमा दैनिक पाँच हजार बढी आन्तरिक पर्यटक […]

२०७८ पुष ८ गते, बिहीबार

बोलबम धामको पुनर्निर्माण सुरु : १२ लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं । १२ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित बोलबम धामको पुनर्निर्माण सुरु गरिएको छ । धार्मिक पर्यटनको विकास गर्न रुपन्देहीको पर्रोहा बोलबम धामलाई आकर्षक डिजाइनमा पुनर्निर्माण गर्न थालिएको हो । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको पर्रोहा बोलबम धाम पश्चिम नेपालकै ठूला शक्तिपीठ मध्येकै एक हो । १४ करोड रुपैयाँको लागतमा मूल मन्दिरसहितका संरचना निर्माण गर्न लागिएको र […]

२०७८ पुष ६ गते, मंगलवार