पर्यटन

गढीमाईका दर्शनार्थीलाई सास्ती !

काठमाडौं, २४ जेठ । हरेक पाँच वर्षमा लाग्ने बाराको गढीमाइ मेला यस वर्ष मंसिर महिनामा लाग्दैछ । धार्मिक पर्यटक भित्र्याउने गतिलो आधारका रुपमा रहेको गढीमाइमा दर्शनार्थीको बसोबास, पानी, शौचालय, धार्मिक कार्यस्थल तथा सञ्चारलगायतका पूर्वाधार नहुँदा भक्तजनहरुलाई समस्या परेको छ । यस मन्दिरको दर्शन गरी देवीलाई प्रसन्न बनाए इच्छाइएको कामना पुरा हुने विश्वासमा यहाँ यस्तो घुइँचो […]

२०७६ जेष्ठ २४ गते, शुक्रबार

जापान उडान स्थगित !

काठमाडौं, २३ जेठ । नेपाल वायुसेवा निगमले काठमाडौं-ओसाका उडान अनुमति पाए पनि उडान नै शुरु नगरी स्थगित गरेको छ । उडान स्थगित भएसँगै निगमकाे वाइडबडी एयरबस ३३० काठमाडौंबाट जापान नियमित उडान हुने आशा तत्काललाई क्षीण भएको छ । जापान उडानका लागि गत माघमा निगमले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी)पाएको […]

२०७६ जेष्ठ २३ गते, बिहीबार

६ घन्टा १ मिनेटमा सगरमाथा आरोहण !

काठमाडौं, २१ जेठ । हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले ६ घन्टा १ मिनेटमा विश्वको सर्वोच्च सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन् । ३२ वर्षीय शेर्पाले यही जेठ १३ गते शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् । कीर्तिमानी आरोही शेर्पाबारे जानकारी दिन मंगलबार पायोनियर एड्भेन्चरले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा शेर्पाले जेठ १३ गते ६ […]

२०७६ जेष्ठ २१ गते, मंगलवार

शालिग्रामको अस्तित्व मेटिने चिन्ता !

काठमाडौं, २१ जेठ । कालीनदीको डाइभर्सनले शालिग्रामको अस्तित्व हराउने चिन्ता बढेको छ । कालीनदीको वारिपारि दुई प्रदेशका सरोकार पक्षबीच पटक पटक शालिग्रामबारे चासो राखिएको छ । कालीनदीमा आठ वर्षदेखि शालिग्रामको खोजी र अध्ययनमा लागेका डा कुलराज चालिसेले नदीको डाइभर्सनले शालिग्रामको अस्तित्व खतरामा पर्ने बताए । हिन्दूधर्मअनुसार विष्णुको रुप शालिग्राम कालीगण्डकीमा मात्र पाइन्छ । कालीनदीको मुहान […]

२०७६ जेष्ठ २१ गते, मंगलवार

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस

काठमाडौं, १५ जेठ । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस ८ हजार ८ सय ४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । आज सगरमाथाको सफल आरोहण भएको ६६ वर्ष पूरा भएको छ । दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका […]

२०७६ जेष्ठ १५ गते, बुधबार

अत्यधिक आरोहीहरुकै कारण मृत्युको प्रमुख कारण

काठमाडौं, १४ जेठ । अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्स्ले मंगलबार समाचार प्रकाशित गरी ‘नेपाल सरकारले आरोहणमा धेरैलाई अनुमति दिएर बढी शुल्क असुल्न खोज्नु नै आरोहीहरुको मृत्यु हुनुको प्रमुख कारण’ भएको लेखेको छ । अत्यधिक आरोहीहरुकै कारण यस वर्ष सगरमाथा आरोहणकाक्रममा धेरै आरोहीहरुको मृत्यु भएको सो पत्रिकाले छापेको छ । नेपालमा सगरमाथा आरोहणमा कुनै कडा नियम […]

२०७६ जेष्ठ १४ गते, मंगलवार

सगरमाथा आराेहणका क्रममा १० जना आराेहीकाे मृत्यु

काठमाडौं, १२ जेठ । यस सिजनकाे सगरमाथा आराेहणका क्रममा १० जना आराेहीकाे मृत्यु भएकाे छ । शनिबार शिखरबाट ओर्लने क्रममा एक बेलायती आरोहीको मृत्यु भएसँगै मृतककाे संख्या १० पुगेकाे हाे । शनिबार सगरमाथाकाे शिखरमा टेकेर आेर्लन नसक्दा ४४ बर्षे रबिन हाइन्स फिसरको मृत्यु भएको हाे । उनकाे लडेर मृत्यु भएकाे सरकारीहरुले जानकारी दिएका छन् । […]

२०७६ जेष्ठ १२ गते, आईतवार

पैरेवेशीदेखि भैंसेसम्म र्‍याफ्टिङको संभावना

काठमाडौं, ११ जेठ । नुवाकोट–रसुवा पर्यटन समाज, उत्तरगयाँ गाँउपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा रसुवाको पैरेबेसीदेखि नुवाकोटको भैँसेसम्म सुपर त्रिशुली र्‍याफ्टिङको प्रारम्भिक अध्ययनले रसुवाको पैरेवेशीबाट नुवाकोटको भैंसेसम्म र्‍याफ्टिङ सञ्चालन गर्न सकिने देखिएको छ । र्‍याफ्टिङ सञ्चालनबाट पर्यटन विकासका लागि ठूलो आधार बन्ने आँकलन अनुसार यस क्षेत्रमा प्राविधिक रुपमा अध्ययन गरिएको हो । प्रतिनिधिसभाका सदस्य बहादुरसिंह […]

२०७६ जेष्ठ ११ गते, शनिबार

इतिहासमै सबैभन्दा बढी आरोही पुगे सगरमाथामा

काठमाडौं, १० जेठ । सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् । पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका […]

२०७६ जेष्ठ १० गते, शुक्रबार

नेपाली सर्वे टोलीद्वारा पहिलो पटक सगरमाथाको उचाइ नाप

काठमाडौं, ८ जेठ । नेपालको सर्वे टोलीले पहिलो पटक विश्वको सर्वोच्व शिखर सगरमाथाको उचाइ नापेको छ । आज बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर टोलीले उचाइ नापेको बताएको छ । नापी अधिकृत खिमलाल गौतम, रविन कार्की र उनीहरुका गाइड नेपाल माउन्टेयरिङका प्रमुख छिरिङ जाङगु शेर्पा चुचुरोमा पुगेर सगरमाथाको नाप गरेको भूमी व्यवस्था, सहकारी तथा गरिबी […]

२०७६ जेष्ठ ८ गते, बुधबार