बिश्व

बाइडेनलाई ८१ जना नोबेल पुरस्कार विजेताको समर्थन !

काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेनलाई अमेरिकाका नाेबेल पुरस्कार विजेताहरूले खुला समर्थन गरेका छन् । ८१ जना नोबेल पुरस्कार विजेता अमेरिकीहरूले आगामी राष्ट्रपति निर्वाचनमा बाइडेनलाइ समर्थन गर्नेसम्बन्धी खुलापत्र लेखेका छन् । उनीहरूले पत्रमा विज्ञहरुको आवाज सुन्न इच्छुक हुनु र समस्या समाधानमा विज्ञानको प्रयोग हुनुपर्ने धारणा राख्नु अधिक प्रशंसनीय रहेको कुरा उल्लेख […]

२०७७ भाद्र २१ गते, आईतवार

कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख नाघ्यो !

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ भने ६० हजार बढीको अवस्था गम्भीर रहेको जनाइएको छ ।कोरोनावाट हालसम्म ८ लाख ७८ हजार बढीको मृत्यु भइसकेको छ । यस्तै कोरोना संक्रमितमध्ये एक करोड ८८ लाख ७९ हजार व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वमा सक्रिय संक्रमितको संख्या ७० लाख १४ हजार […]

२०७७ भाद्र २० गते, शनिबार

अश्वेतमाथि ज्यादती गर्ने सात प्रहरी निलम्बित

काठमाडौं । अमेरिकाको रोचेस्टर शहरका मेयर लभ्ली वारेनले एक निहत्था अश्वेत अमेरिकीलाई पक्राउ गर्ने क्रममा ज्यादती गर्ने सात प्रहरीलाई निलम्बन गरेकी छन् । पक्राउ गर्ने क्रममा प्रहरी ज्यादतीका कारण रोचेस्टरका अश्वेत अमेरिकी ड्यानिएल प्रुडको निधन भएको खबर बाहिरिएपछि मेयर वारेनले सात प्रहरी अधिकारीलाई निलम्बन गरेकी हुन् । नगरकी न्यायाधीवक्ताले यस घटनाको अनुसन्धान गरिरहेको पनि वारेनले […]

२०७७ भाद्र १९ गते, शुक्रबार

क्यानद्वारा विभिन्न पदमा दरखास्त आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक, महाप्रवन्धक, प्रमुख बित्त प्रवन्धक, क्रिकेट व्यवस्थापक र प्रदेश प्रशिक्षकका लागि खुल्ला दर्खास्त आह्वान गरेको छ । क्यानले प्रदेश प्रशिक्षक ७ जना र अन्य पदका लागि एक जनालाई छनोट गर्ने जनाएको छ । क्यानले महाप्रवन्धक, बित्त प्रवन्धक र क्रिकेट व्यवस्थापकका लागि पहिलो पटक दरखास्त आह्वान गरेको हो । […]

२०७७ भाद्र १८ गते, बिहीबार

विश्व स्वास्थ्य संगठनद्वारा युरोप कोभिड-१९ को खोप बिना पनि बाँच्न सक्ने उदघोष

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले युरोप कोभिड-१९ को खोप बिना पनि बाँच्न सक्ने बताउँदै यसका लागि स्थानीय स्तरको लकडाउन आवश्यक भएको बताएको छ । विश्व स्वास्थ्य संगठनका युरोपका क्षेत्रीय निर्देशक ह्यान्स क्लूगले स्काई भनेका छन्,, जब हामी महामारीलाई जित्छौं, यो खोपले पक्कै सम्भव छैन। हामीले यो महामारीको साथ बाँच्न सिक्यौं भने मात्र गर्न सक्नेछौं र […]

२०७७ भाद्र १७ गते, बुधबार

बाइडेनमाथि ट्रम्प आक्रामक

काठमाडौं । आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावको मत सर्वेक्षणहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बाइडेनभन्दा पछि देखाएपछि उनि आक्रामक बन्न थालेका छन । यसैक्रममा ट्रम्पले पुन : राष्ट्रपतिका डेमोक्र्याट उम्मेदवार जो बाइडनविरुद्ध आक्रोश पोखेका छन ।हालै भएका भिडन्तहरुमा संलग्न आफ्ना समर्थकको बचाउ गर्दै ट्रम्पले विस्कनसिनमा गत हप्ता दुई जनाको गोली हानी हत्या गरेको अभियोग […]

२०७७ भाद्र १६ गते, मंगलवार

ट्रम्प र बाइडेनबीच वाक–युद्ध

काठमाडौं । अमेरिकाको पोर्टल्याण्डमा भएको हिंसाका बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक प्रतिष्पर्धी जो बाइडेनबीच वाक–युद्ध चलेको छ । ओरिगन राज्यको पोर्टल्याण्डमा रंगभेदविरुद्ध प्रदर्शनमा रहेका ‘ब्ल्याक लाइभ्स म्याटर’का प्रदर्शनकारी र ट्रम्पका समर्थकबीच झडप हुँदा चलेको गोली लागेर एक जना मारिएका थिए । चुनावी रन्कोमा रहेका राष्ट्रपति ट्रम्पले पोर्टल्याण्डका डेमोक्र्याटिक मेयर टेड ह्वीलरलाई शहरमा हिंसा र […]

२०७७ भाद्र १५ गते, सोमबार

राष्ट्रपतिविरुद्ध प्रदर्शन, १ सय २५ जना पक्राउ

काठमाडौं । राष्ट्रपतिविरुद्ध भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि १ सय २५ जना पक्राउ गरेको छ । यो घटना बेलारुसको हो । राष्ट्रपति एलेक्जेन्डर लुकासेंन्कोको राजीनामाको मागसहित राजधानी मिंक्समा भेला भएका हजारौं प्रदर्शनकारीहरुले सरकार विरुद्ध नारा लगाउनुका साथै सडकमा सुतेर विरोध गरेका छन् । गत अगष्टमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा धाँधली गरी लुकासेन्को राष्ट्रपति बनेको भन्दै तत्काल […]

२०७७ भाद्र १५ गते, सोमबार

स्वीडेनमा प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं । स्वीडेनमा कुरान जलाएको विरोधमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । गत शुक्रबार स्वीडेनको धुर दक्षिणपन्थी पार्टीका नेता रासमुस पालुदनको नेतृत्वमा प्रवासन नीतिको विरोधमा आयोजना गरिएको एक र्‍यालीका क्रममा कुरान जलाइएको थियो । सोही घटनाविरुद्ध स्वीडेनको माल्मो शहरमा आयोजना गरिएको विरोेध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले […]

२०७७ भाद्र १४ गते, आईतवार

अमेरिकामा आन्दोलन चर्कियो !

काठमाडौं । अमेरिकामा गत आइतबार प्रहरीले २९ वर्षीय जेकब ब्लेकलाई उनका तीन बालबच्चाकै सामुन्ने गोली प्रहार गरेको थियो । उक्त घटना भएको तीन दिनपछि गोली चलाउने प्रहरी अधिकारीको पहिचान प्रहरी विभागले सार्वजनिक गरेको छ । प्रहरीको गोली लागि घाइते भएका ब्लेक अस्पतालमा उपचाररत छन् ।यसैबीच , प्रहरीले २९ वर्षीय जेकब ब्लेकमाथि गोली चलाएपछि चर्किएको विरोध […]

२०७७ भाद्र १३ गते, शनिबार