बिश्व

८५० वर्ष पुरानो चर्चमा आगलागी

काठमाडौं,३ बैशाख । फ्रान्सको राजधानी पेरिसमा रहेको एक ऐतिहासिक क्याथोलिक चर्चमा आगलागी भएको छ । ८५० बर्षभन्दा पुरानो ‘नोट्र–डाम क्याथेड्रल’ आगलागीको चपेटामा परेको हो । चर्चमा जीर्णोद्धारको काम भइरहेको थियो । सोही क्रममा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घटनामा एक व्यक्ति घाइते भएको बताइएको छ । आगलागीले छत र अन्य भागमा क्षति […]

२०७६ बैशाख ३ गते, मंगलवार

विश्वको सबैभन्दा ठूलो विमानले उडान भर्‍यो

काठमाडौं , १ बैशाख । विश्वकै सबैभन्दा ठूलो विमानले अमेरिकाबाट पहिलो उडान भरेको छ । ३ सय ८५ फिट लम्बाई भएको यो बिमानको आकार अमेरिकी फुटबल मैदान बराबरको रहेको छ । यस बिमानमा दुईवटा एअरक्राफ्ट बडी एकआपसमा जोडिएका छन् भने विमानमा ६ वटा इन्जिन छन् । स्ट्रेटोलन्च नामक कम्पनीअन्तर्गतको माइक्रोसफ्टका सहसंस्थापक पल एलनले सन् २०११ […]

२०७६ बैशाख १ गते, आईतवार

राष्ट्रपतिलाई पक्राउ गरी सैन्य शासन

काठमाडौं , २९ चैत । तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति ओमर अल बसिरलाई पक्राउ गरी सैन्य शासन लागू गरिएको विरोधमा सुडानमा हजारौंले प्रदर्शन गरेका छन् । सेनाले शक्ति हातमा लिँदै राष्ट्रपति बसिरलाई पक्राउ गरेपछि हजारौं सुडानी प्रदर्शनमा उत्रिएका हुन् । राष्ट्रपति ओमरको विरोधमा महिनौंदेखि प्रदर्शन गर्दै आएकाहरुले सैन्य शासन पनि ओमरको शासनभन्दा फरक नहुने भन्दै […]

२०७५ चैत्र २९ गते, शुक्रबार

विकिलिक्सका जुलियन असान्ज लण्डनस्थित इक्वेडरको दूतावासबाट पक्राउ

काठमाडौं, २८ चैत । अमेरिकाको संबेदनशिल तथा गोप्य दस्ताबेजहरु सार्बजनिक गरेर विवादमा आएका विकिलिक्सका सञ्चालक जुलियन असान्ज पक्राउ परेका छन् । उनलाई बेलायतस्थित इक्वेडरको दूतावासबाट प्रहरीले पक्राउ गरेका हुन् । दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले असान्जलाई शरणार्थीको रुपमा शरण दिंदै आएको र हालै उसले यो मान्यता फुकुवा गरे लगत्तै लण्डन प्रहरीले उनलाई गिरफ्तार गरेको हो । […]

२०७५ चैत्र २८ गते, बिहीबार

नेतान्याहू पाँचौ पटक प्रधानमन्त्री बन्दै

काठमाडौं, २७ चैत । इजरायल भएको निर्वाचनबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको दलले बढी सीट जितेको छ । यद्यपि, मतदानमा कुनै पनि दलले बहुमत ल्याउन सकेन । अब त्यहाँ गठबन्धन सरकार बन्ने छ । प्रधानमन्त्री नेतान्याहूको लिकुड पार्टी बढी सीट जितेर ठूलो दल बनेकाले उनी फेरि अर्थात् पाँचौं पटक पनि प्रधानमन्त्री हुने सम्भावना बढेको छ । त्यसका […]

२०७५ चैत्र २७ गते, बुधबार

इरानी सेनालाई आतङ्कवादी घोषणा !

काठमाडौं, २६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि अर्काे घोषणा गरेका छन् । इरानी क्रान्तिपछि सन १९७१ मा इरानमा गठन भएको ईरानी सेनालाई राष्ट्रपति ट्रम्पले आतंककारी संगठन घोषणा गरेका हुन् । ईरानी सेनाको रिभोलुसनरी गार्ड्स कार्प्स(आइआरजिसी)लाई ह्वाइट हाउसले ुइम्पिलिमेन्टिङ इट्स ग्लोबल टेररिस्ट क्याम्पेनु को नयाँ नाम दिँदै आतंककारी संगठन भनेर घोषणा गरेका हुन् । […]

२०७५ चैत्र २६ गते, मंगलवार

व्यापार युद्ध अन्त्य गर्न अमेरिका र चीन राजी

काठमाडौँ, २५ चैत । करिव एक वर्षदेखि चल्दै आएको अमेरिका र चीनबीचको व्यापार युद्ध अन्त्य गर्न आफूहरु सहमति नजिक पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ट्रम्पले चीनसँग ऐतिहासिक व्यापार सम्झौता छिट्टै हुने दाबी गर्दै व्यापार वार्तामा केही जटिल मुद्दामा अमेरिकाको सहमति रहेको खुलाएका हुन् । उनले आगामी हप्तासम्ममा उक्त सम्झौता हुन सक्ने दाबी […]

२०७५ चैत्र २५ गते, सोमबार

ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा बहुमत

काठमाडौं, २१ चैत । बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा बहुमत सांसदले मतदान गरेका छन् । ब्रेक्जिटलाई लिएर बेलायतको संसदमा गतिरोधलाई हटाउने प्रयास जारी रहेका बखत केवल १ मतको बहुमतले समयसीमा बढाउने प्रस्तावले बहुमत हाँसिल गरेको हो । संसदको यो बहुमतले बेलायती प्रधानमन्त्री टेरिजा मेलाई युरोपेली संघसँग ब्रेक्जिट प्रक्रियाको समयसीमा […]

२०७५ चैत्र २१ गते, बिहीबार

बलात्कारीलाई मृत्युदण्ड, चाेरका हातखुट्टा काटिने !

काठमाडौ, २० चैत । दक्षिण पूर्वी एशियाली मुलुक ब्रुनाईले समलिङ्गीलाई ढुङ्गाले हिर्काएर मारिने सजाय भएको नयाँ इस्लामिक कानुन बुधवारदेखि लागु गरेको छ। नयाँ कानुनमा चोरीको सजाय हातखुट्टा काटिने जस्ता व्यवस्थाहरू रहेका छन्। अन्तर्राष्ट्रिय समुदायमा धेरैले यो कानुनको विरोध गरेका छन्। ब्रुनाईले सन् २०१४ मा सरिया कानुन लागु गरेको थियो र सुल्तानले केही वर्षमा नयाँ मुलुकी […]

२०७५ चैत्र २० गते, बुधबार

चीनमा आगलागी, ३० जनाको मृत्यु

काठमाडौ, १९ चैत । चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ । दक्षिणी चीनको सिचुआन प्रान्तमा भएको आगलागीमा मृत्यु भएका तीस मध्ये २७ जना अग्नी नियन्त्रक भएको बताइएको छ । आगो निभाउन गएका तीन स्थानीय बासिन्दा सम्पर्कमा नआएको आपतकालिन व्यवस्थापन मन्त्रालयले जनाएको छ । आइतवार राती अचानक हावाहुरी आएपछि आगलागी भएको थियो । […]

२०७५ चैत्र १९ गते, मंगलवार