बिश्व

इराकको संसदीय चुनावमा पूर्व शिया लडाकु गठबन्धन विजयी

काठमाडौं, ५ जेठ । इराकको संसदीय चुनावमा पूर्व शिया लडाकु प्रमुख मोक्तदा अल सद्र नेतृत्वको गठबन्धन विजयी भएको छ । निर्वाचन आयोगका अनुसार अल सद्रको गठबन्धनले ५४ सीट जितेको छ भने इरान समर्थक फतह गठबन्धनले ४७ सीटसहित दोस्रो स्थान पाएको छ । वर्तमान प्रधानमन्त्री हैदर अल अबादीको दल भने ४२ सीटसहित तेस्रो स्थानमा खुम्चिएको छ […]

२०७५ जेष्ठ ५ गते, शनिबार

विमान दुर्घटना, १ सयको मृत्यु, तीन जनाको जिवितै उद्धार

काठमाडौं, ५ जेठ । क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ । क्युवाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार उड्ने वित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो । त्यसपछि विमानमा आगो […]

२०७५ जेष्ठ ५ गते, शनिबार

दक्षिण कोरियालाई संयुक्त सैन्य अभ्यास रोक्न आग्रह

काठमाडौं, ४ जेठ । उत्तर कोरियाले दक्षिण कोरियालाई दक्षिण कोरियाली राजधानी सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठकसमेत सोही सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फीरुपमा स्थगित गरेको थियो । बुधबार दक्षिण कोरियामा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित […]

२०७५ जेष्ठ ४ गते, शुक्रबार

अमेरिका , उत्तर कोरिया शिखर वार्ता अन्यौलमा

काठमाडौँ, ४ जेठ । आगामी जून १२ मा अमेरिका र उत्तर कोरियाबीच राष्ट्रपतिस्तरमा शिखर वार्ता हुने तय भएलगत्तै अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य प्रदर्शन गरेपछि वार्ता हुने-नहुनेमा अन्यौल देखिएको छ । उत्तर कोरियाले अमेरिकी रवैयाप्रति आशंका गर्दै शिखर वार्ता रद्द हुन सक्ने चेतावनी दिएको छ । यसले के होला भन्ने चासो विश्वव्यापी रुपमा बढेको […]

२०७५ जेष्ठ ४ गते, शुक्रबार

ट्रम्पद्वारा अमेरिकामा रहेका प्रवासीलाई ‘जनावर’ को संज्ञा

काठमाडौं, ४ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बस्दै आएका केही प्रवासीलाई ‘जनावर’ को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा उनले अमेरिकाको प्रवासी कानुन काम नलाग्ने भन्दै आलोचनासमेत गरेका छन् । कानुनको कमजोरीका कारण अमेरिकामा अनावश्यक प्रवासीहरु बढेको उनको भनाइ थियो । ट्रम्पले योग्यताका आधारमा मात्र मानिसहरुलाई अमेरिकामा शरण दिनुपर्ने तर्कसमेत […]

२०७५ जेष्ठ ४ गते, शुक्रबार

दुई कोरियाबीचको बार्ता रद्द

काठमाडौं, २ जेठ । उत्तर कोरिया र दक्षिण कोरियाबीच आज हुने भनिएको उच्चस्तरीय वार्ता उत्तर कोरियाले रद्द गरेको छ । उत्तर कोरियाली नेता किम जोन उनले अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास जारी रहेको भन्दै त्यसप्रति असन्तुष्टी जनाउँदै वार्ता रद्द गरेको उत्तरकोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ । यी दुई राष्ट्रबीच पनमुनजोममा आज […]

२०७५ जेष्ठ २ गते, बुधबार

‘फर्जी समाचार’ बारेको कानूनलाई समीक्षा गरिन्छ’

काठमाडौं, ३१ बैशाख । नवनिर्वाचित मलेशियाली प्रधानमन्त्री महाथिर मोहमदले अघिल्लो सरकारले ल्याएको विवादास्पद झूठा समाचार कानूनबारे समीक्षा गर्ने प्रतिवद्धता जनाएका छन् । अप्रिलको शुरुतिर मलेशियाली पूर्व नेतृत्वले गलत सूचना फैलाउने अभिप्रायले दिइने समाचार अर्थात् ‘फर्जी खबर’ छाप्ने वा प्रशारण गर्ने व्यक्ति वा संस्थालाई भारी जरीवानासहित छ वर्षसम्मको सजायँ हुने कानून पास गरेको थियो । विपक्षी […]

२०७५ बैशाख ३१ गते, सोमबार

राजकीय भ्रमणका लागि ट्रम्पलाई सिंगापुरको निमन्त्रणा

काठमाडौँ, २९ बैशाख । सिंगापुरका प्रधानमन्त्री लि सीन लुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी नोभेम्बरमा राजकीय भ्रमणका लागि निमन्त्रणा गरेका छन् । ट्रम्पसँग भएको टेलिफोन वार्ताका क्रममा लुङले छैठौं आसियन–अमेरिका शिखर सम्मेलन र १३औं पूर्वी एसिया सम्मेलनको मौका पारेर राजकीय भ्रमणमा आउन आग्रह गरेका हुन् । दुई देशका शीर्ष नेताहरूका बीचमा भएको टेलिफोन कुराकानीका बारेमा […]

२०७५ बैशाख २९ गते, शनिबार

ट्रम्प र किम जोङ उनबीच भेटवार्ता हुने

काठमाडौं, २८ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ताको मिति तय भएको छ । उनीहरुबीच आगामी जुन १२ मा सिंगापुरमा भेटवार्ता हुने निश्चित भएको हो । भेटको स्थान र समय ट्वीटमार्फत् सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले किम र आफूले यो भेटलाई विश्व शान्तिका लागि विशेष क्षण बनाउन प्रयास गर्ने […]

२०७५ बैशाख २८ गते, शुक्रबार

इजरायली सैन्य अखडामा आक्रमण

काठमाडौं, २७ वैशाख । इरानले सिरिया सीमास्थित इजरायली सैन्य अखडामा हमला गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका अनुसार गोलन हाइट्सस्थित सिरियासँग सीमा जोडिएको इजरायली सैन्य अखडामा इरानले आक्रमण गरेको हो । इजरायली सैन्य अखडामा इरानले २० वटा रकेट प्रहार गरेको बताइएको छ । सिरियाले भने राजधानी दमास्कस नजिकै इजरायलले आक्रमण गरेको आरोप लगाएको छ […]

२०७५ बैशाख २७ गते, बिहीबार