बिश्व

अदेन सहर पृथकतावादीको नियन्त्रणमा

काठमाडौं, १७ माघ । यमनको दक्षिण सहर अदेनलाई पृथकतावादीहरुले नियन्त्रणमा लिएका छन् । सरकारी सेनासँग संघर्षपछि पृथकतावादीले सहर आफ्नो नियन्त्रणमा लिएका हुन् । यमनका प्रधानमन्त्री अहमद बिन दागेरसहितका मन्त्रिपरिषदका सदस्यहरु राष्ट्रपति कार्यालयमा रहेका छन् । सेना र पृथकतावादी समूहबीच भएको भिडन्तमा ४० जनाको मृत्यु भएको रेडक्रसले जनाएको छ । पृथकतावादीले अदेनस्थित सैनिक बेसक्यामलाई पनि नियन्त्रणमा […]

२०७४ माघ १७ गते, बुधबार

अमेरिकाद्वारा ११ देशका शरणार्थीमाथिको प्रतिबन्ध खारेज

काठमाडौँ , १६ माघ । अमेरिकी प्रशासनले यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ । अमेरिकी अधिकारीहरुले सोमबार सो प्रतिबन्ध हटाइएको जानकारी गराएका छन् । उनीहरुकाअनुसार अमेरिका प्रवेश गर्न चाहनेहरूले अब नयाँ सुरक्षा व्यवस्थाको सामना भने गर्नुपर्ने छ । त्यो सुरक्षा व्यवस्था कस्तो हो भन्ने […]

२०७४ माघ १६ गते, मंगलवार

एफबीआईका उपनिर्देशकद्वारा राजीनामा

काठमाडौँ , १६ माघ । अमेरिकाको संघीय जाँच ब्युरो (एफबीआई)का उपनिर्देशक एन्ड्रयु मकेबले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले मकेबमाथि धेरै पटक राजनीतिक पूर्वाग्रहको आरोप लगाएका थिए । अमेरिकी टेलिभिजन सिबिएस न्यूजले आगामी मार्चमा कार्यकाल समाप्त हुन लागेका मकेबलाई पद छाड्न बाध्य पारिएको जनाएको छ । ट्रम्पले मकेबलाई पद छाड्न भनेको खबर सार्वजनिक […]

२०७४ माघ १६ गते, मंगलवार

सरकारी कार्यालय पृथकतावादी समूहको नियन्त्रणमा

काठमाडौं, १५ माघ । दक्षिणी यमनको एडेन शहरका सरकारी कार्यालयहरु पृथकतावादी समूहले नियन्त्रणमा लिएको छ । राष्ट्रपति अब्दरब्बुह मन्सुर हादीको सेना र पृथकतावादी समूहबीच भिडन्त जारी छ । प्रधानमन्त्री अहमद बिन दागेरले पृथकतावादीलाई सत्ता ‘कु’ को आरोप लगाएका छन् । सरकारी सेना र पृथकतावादी समूहबीच भएको संघर्षमा कम्तिमा १० जनाको मृत्यु भएको छ । संघर्षमा […]

२०७४ माघ १५ गते, सोमबार

नाइट क्लबमा गोली चल्दा १४ जनाको मृत्यु

काठमाडौं, १४ माघ । ब्राजिलको एक नाइट क्लबमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको उत्तर–पूर्वी क्षेत्र फोरटाजेलास्थित फोर्रो डो गागा क्लबमा तीन वटा कारमा आएका बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् । मारिनेमा दुई जना बालबालिका समेत रहेको बताइएको छ । हमलामा केही व्यक्ति घाइते भएका […]

२०७४ माघ १४ गते, आईतवार

भ्रष्टाचारमा पक्राउ परेका व्यक्ति रिहा

काठमाडौं, १३ माघ । साउदी अरबमा भ्रष्टाचारको आरोपमा गत नोभेम्बरमा पक्राउ परेका केही शक्तिशाली व्यक्ति रिहा भएका छन् । रिहा हुनेहरुमा एमबीसी टेलिभिजन नेटवर्कका प्रमुख वालिद अल इम्राहिम र शाही अदालतलका पूर्वप्रमुख खालिद अल तुवाइजिरी पनि रहेका छन् । निश्चित रकम तिरेर रिहा भएपनि उनीहरुले तिरेको रकम भने सार्वजनिक गरिएको छैन । नोभेम्बरको अन्त्यतिर रिहा […]

२०७४ माघ १३ गते, शनिबार

प्यालेस्टाइनलाई दिँदै आएको सहयोग रोक्ने ट्रम्पको चेतावनी

काठमाडौँ, १२ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयता रकम रोक्ने चेतावनी दिएका छन् । हाल अमेरिकाको नेतृत्वमा भइरहेका शान्ति प्रयासहरुमा सहभागिता नजनाएसम्म उक्त रकम रोक्ने ट्रम्पले चेतावनी दिएको जनाइएको छ । राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीहरू वार्तामा आउनुपर्नेमा जोड दिए । उनीहरु शान्तिवार्तामा नआए शान्ति प्रयासका लागि गर्ने थप कामहरु आफ्नो […]

२०७४ माघ १२ गते, शुक्रबार

अस्पतालमा आगलागी, ३१ जनाको मृत्यु

काठमाडौं , १२ माघ । दक्षिण कोरियाको एक अस्पतालमा भएको भीषण आगलागीमा ३१ जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी मिरयाङमा अवस्थित उक्त अस्पतालमा आगो लाग्दा अन्य ४० जना घाइते भएका छन् । ११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । आगालागीका समयमा एक सयभन्दा बढी मानिस सो अस्पतालभित्र रहेको बताइएको छ । मूख्यतः ज्येष्ठ […]

२०७४ माघ १२ गते, शुक्रबार

उत्तर कोरियाली महिला खेलाडी दक्षिण कोरियामा

काठमाडौं, ११ माघ । उत्तर कोरियाली महिला खेलाडीको एक समूह बिहीबार दक्षिण कोरिया पुगेको छ । बिहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन् । उनीहरु दक्षिण कोरियामा अभ्यासका लागि गएका हुन् । आगामी महिना दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर र दक्षिण कोरियाले उक्त खेलमा संयुक्त प्रतिस्पर्धा गर्ने भएका […]

२०७४ माघ ११ गते, बिहीबार

चलचित्र पद्मावतको बिरोध गर्दै प्रदर्शन

काठमाडौं, ११ माघ । भारतमा एउटा फिल्मको कारण ८ राज्यमा हिंसा भड्किएको छ भने देशव्यापी बन्दको आब्हान गरिएको छ । बिहिबार रिलिज भएको बलिउड चलचित्र पद्मावतका कारण भारतमा हिंसा भड्केको हो । चलचित्र पद्मावतको बिरोध गर्दै राजपूत संगठनले टायर बलेर प्रदर्शन गरेको छ । विरोधका कारण भारतकै आठ राज्यमा हिंसा भएको छ । राजपूतहरुले यो […]

२०७४ माघ ११ गते, बिहीबार