बिश्व

बेलायतमा आतंककारी आक्रमणको खतरा

काठमाण्डौ , ३१ भदौ । बेलायत प्रहरीले बेलायतमा आतंककारी आक्रमणको खतरा उच्च विन्दुमा पुगेको जनाएको छ । लण्डनको दक्षिण पश्चिमी क्षेत्रमा भएको ट्युब बम विस्फोटपछि बेलायतमा आतंककारी आक्रमणको खतरा बढेको सुरक्षा अधिकारीले विश्लेषण गरेका हुन् । प्रहरीले ट्युब बम विस्फोटनमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ । बेलायती प्रधानमन्त्री टेरिजा मेले आतंककारी आक्रमणको खतरा निकै गम्भीर […]

२०७४ भाद्र ३१ गते, शनिबार

टर्की र रुसबीच क्षेप्यास्त्रसम्बन्धी सम्झौता

काठमाडौं, २८ भदौ । टर्कीले रुससँग विमानहरुमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र किन्ने विवादास्पद सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौताका लागि अंकाराले करिब साढे दुई अर्ब डलर रकम जम्मा गराइसकेको टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दाेगानले बताए । रुसी एस–४०० नामक क्षेप्यास्त्र प्रणालीले ४०० किलोमिटर परसम्म उडिरहेका विमानमा निशाना लगाउन सक्ने र एकैसाथ दुई वटा क्षेप्यास्त्र […]

२०७४ भाद्र २८ गते, बुधबार

आईएसद्वारा १८ प्रहरीको हत्या

काठमाडौं , २७ भदौ । इजिप्टको उत्तरी सिनाईस्थित अल आरिस शहरमा आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आईएस)ले १८ जना प्रहरीको हत्या गरेको छ । प्रहरीको टोलीमाथि आईएसका कार्यकर्ताले आक्रमण गरी हत्या गरेका हुन् । घटनामा आठ जना घाइते भएका छन् । गस्तीमा रहेको सुरक्षाकर्मीको गाडीलाई लक्षित गर्दै आईएसका कार्यकर्ताले बम विस्फोट गराएको र त्यसपछि प्रहरीको हत्या […]

२०७४ भाद्र २७ गते, मंगलवार

‘उत्तर कोरियाको आणविक परीक्षण ठूलो चुनौती’

काठमाडौं , २६ भदौ । दक्षिण कोरियाका विदेशमन्त्रीले उत्तर कोरियाले हालै गरेको आणविक परीक्षण आगामी दिनका लागि सबैभन्दा ठूलो चुनौती भएको बताउनुभएको छ । उहाँले भन्नुभयो– यो आणविक परीक्षण दक्षिण कोरियाका लागि आगामी कैयौँ बर्षहरुका लागि समेत एउटा ठूलो चुनौतीका रुपमा रहने छ । साथै आफ्नो देशको कूटनीतिक मात्र नभएर सुरक्षा चुनौतीका रुपमा पनि यो […]

२०७४ भाद्र २६ गते, सोमबार

म्यानमारका रोहिंग्या विद्रोहीद्वारा एकतर्फी युद्धविराम घोषणा

काठमाडौं, २५ भदौ । म्यानमारका रोहिंग्या मुस्लिम विद्रोहीले एक महिनाका लागि एकतर्फी युद्धविराम घोषणा गरेका छन् । सरकारी सेनाको कारबाहीबाट मानवीय संकट उत्पन्न भएको भन्दै यसबाट बाहिर निस्कन रोहिंग्या विद्रोहीको समूह अर्साले एक महिनाका लागि युद्धविरामको घोषणा गरेको हो । युद्धविराम आइतबार (आज)देखि लागू हुनेछ । अर्साले गत अगस्ट २५ मा प्रहरीमाथि आक्रमण गरेपछि म्यानमारको […]

२०७४ भाद्र २५ गते, आईतवार

‘नोबेल पुरस्कार फिर्ता गर्ने प्रावधान छैन’

काठमाण्डौ , २३ भदौ । नोबेल शान्ति पुरस्कार वितरण गर्ने अधिकारप्राप्त निकाय, नर्वेली ‘नोबेल इन्स्टिच्युट’ले कुनै एकव्यक्ति वा संस्थालाई एउटा शीर्षकमा दिइएको पुरस्कार फिर्ता गर्न नमिल्ने शुक्रबार बताएको छ । म्यानमारमा पछिल्लो समय अल्पसंख्यक रोहिंग्या मुसलमान समुदायमा भड्किएको हिंसापछि ‘चेन्ज डट ओआरजी’ को पहलमा तीन लाख ८६ हजार नागरिकले आङ्साङ सुकीको नाममा प्रदान गरिएको नोबेल […]

२०७४ भाद्र २४ गते, शनिबार

बेलायती राजकुमार विद्यालय भर्ना

काठमाडौं, २२ भदौ । बेलायतका राजकुमार जर्जको विद्यालय यात्रा बिहीबार चार बर्षे उमेरमा सुरु भएको छ । बुबा विलियमले हातले डो¥याएर राजकुमार जर्जलाई थोमस बाटरसेअ स्कुलमा लैजानु भएको थियो । प्रारम्भिक तहको सो विद्यालय दक्षिणपश्चिमी लण्डनमा रहेको छ । राजकुमार जर्जकी आमा राजकुमारी क्याथेरिन भने उहाँलाई विद्यालय प¥याउने बेलामा सँगै जान सक्नुभएन । राजकुमारी क्याथेरिन […]

२०७४ भाद्र २३ गते, शुक्रबार

उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलहरु सीमा क्षेत्रतर्फ लैजादैं !

काठमाण्डौ , २१ भदौ । उत्तर कोरियाले आफ्नो परमाणु हतियार बोक्न सक्ने क्षमताका मिसाइलहरु सीमा क्षेत्रतर्फ सार्न थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले विभिन्न स्रोत उद्धृत गर्दै जनाएका छन् । स्रोतका अनुसार उत्तर कोरियाले थप ब्यालेस्टिक मिसाइल परीक्षणको तयारी गरेको हो । पश्चिमी सीमा क्षेत्रतर्फ ती मिसाइल लगिदैं गरेको स्याटेलाइट तस्वीर प्रकाशमा आएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । […]

२०७४ भाद्र २१ गते, बुधबार

उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाउनु अनुपयुक्त

काठमाडौं, २० भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाउनु अनुपयुक्त र प्रभावहीन हुने बताएका छन् । आज चीनको सियानमेनमा ब्रिक्स सम्मेलनका क्रममा बोल्दै राष्ट्रपति पुटिनले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाउनु अनुपयुक्त र प्रभावहीन हुने उल्लेख गर्दै ‘उत्तरले आणविक कार्यक्रम छोड्नुभन्दा घाँस खान तयार हुने’ बताएका हुन् । उत्तर कोरियाले गत आइतबार […]

२०७४ भाद्र २० गते, मंगलवार

कोलम्बियामा युद्धविराम हुने

काठमाडौं, २० भदौ । कोलम्बियामा विद्रोही समूह नेशनल लिवरेशन आर्मी इएलएन र सरकार अस्थायी युद्धविराम गर्न राजी भएका छन् । विद्रोही समूह इएलएन र सरकार अस्थायी रुपमा युद्धविराम गर्न तयार भएपछि कोलम्बिया शान्तिको मार्गमा थप अगाडि बढेको छ । विद्रोही समूह र सरकारी पक्ष ५० बर्ष लामो संघर्ष अस्थायी रुपमै भएपनि रोक्न राजी भएका हुन् […]

२०७४ भाद्र २० गते, मंगलवार