बिश्व

भारतीय कायर हुन् : आइएस

काठमाडौं, ८ मंसिर । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)ले भारतीय नागरिकलाई ‘कायर’ को दर्जामा राखेको छ । उसले आफ्नो संगठनमा लडाकु बन्नका लागि भारतीय नागरिक ‘अयोग्य’ हुने ठहर गरेको हो । अन्तर्राष्ट्रिय सुरक्षा एजेन्सीले तयार पारेको प्रतिवेदनमा आइएसले भारतीय नागरिकलाई लडाकु भर्तीमा दोयम दर्जा दिने गरेको खुलाइएको हो । उक्त प्रतिवेदन हालै भारतीय सुरक्षा […]

२०७२ मंसिर ८ गते, मंगलवार

बेल्जियममा उच्च सुरक्षा सतर्कता

काठमाडौं, ७ मंसिर । बेल्जियममा पेरिसमा जस्तै आक्रमण हुने भन्दै सरकारले उच्च सुरक्षा सतर्कतासहित आक्रमणकारीको खोजीका लागि विद्यालयसहित मुख्य व्यापारिक केन्द्र बन्द गराएको छ। बेल्जियमको संघीय प्रोसिक्युटरका अनुसार ब्रसेल्समा प्रहरीको व्यापक खोजी अभियानका क्रममा १६ जनालाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार २२ स्थानमा छापा मारेर उनीहरुलाई पक्राउ गरिए पनि कुनै विष्फोटक पदार्थ र हतियार भने […]

२०७२ मंसिर ७ गते, सोमबार

बंगलादेशमा विपक्षी नेतालाई फाँसी

काठमाडौं, ६ मंसिर। बंगलादेशमा युद्ध अपराधमा दोषी मानिएका दुई विपक्षी नेतालाई फाँसी दिइएको छ । सन् १९७१ मा पाकिस्तानसँग भएको स्वतन्त्रता युद्धका क्रममा युद्ध अपराध गरेको आरोप लागेका सलाहुद्दीन कादिर चौधरी र अली अहसान मोहम्मद मुजाहिदलाई फाँसी दिइएको हो । अदालतले दुबैलाई नरसंहार र बलात्कारको घटनामा दोषी किटान गरेको थियो । मृत्युदण्ड नदिन दुबैले गरेको […]

२०७२ मंसिर ६ गते, आईतवार

आइएसलाइ कारवाही गरे हुन्छ : राष्ट्रसंघ

काठमाडौं, ५ मंसिर । इस्लामिक अतिवादी समूह आइएसविरुद्ध कारवाही गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अनुमति दिएको छ ।परिषदले आइएसविरुद्ध कारवाही गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । गत हप्ता फ्रान्सको राजधानी पेरिसमा आइएसले आक्रमण गरी एक सय ३० जनाको हत्या गरेपछि सुरक्षा परिषदले यस्तो निर्णय गरेको हो । आइएसविरुद्धको कारवाही दोब्बर पार्ने सम्बन्धी फ्रान्सले […]

२०७२ मंसिर ५ गते, शनिबार

आइएसद्वारा न्यूयोर्कलाई निशाना बनाउने चेतावनी

काठमाडौ, ४ मंसिर । अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘आइएस’ ले अब अमेरिकाको न्यूयोर्क सहरलाई निशाना बनाउने चेतावनी दिएको छ । पेरिस आक्रमणमा संलग्न आइएसले एक भिडियो जारी गर्दै न्यूयोर्कलाई निशाना बनाउने चेतावनी दिएको हो । समाचार एजेन्सीहरुका अनुसार आइएसले न्यूयोर्कको टाइम्स स्क्वायरलाई ध्वस्त बनाउने चेतावनी दिएको छ । भिडियोमा एक आत्मघाती हमलाकारीले विस्फोटक पदार्थ भरिएको ज्याकेट […]

२०७२ मंसिर ४ गते, शुक्रबार

आइएसद्वारा दुईजना बन्धकको हत्या

काठमाडौं, ३ मंसिर । इस्लामिक विद्रोही संगठन आइएसले फिरौती नपाएको भन्दै दुई जना बन्धकको हत्या गरेको छ । अपहरण गरेर बन्धक बनाइएका एक चिनियाँ र एक जना नर्वेका नागरिकको हत्या गरेको दाबी आईएसले गरेको छ । चीन र नर्वेको सरकारले फिरौती नदिएकाले उनीहरुको हत्या गरेको आइएसले जनाएको छ । तर यो घटनाको स्वतन्त्र पुष्टि भने […]

२०७२ मंसिर ३ गते, बिहीबार

पेरिस आक्रमणमा संलग्न नवौं व्यक्तिको खोजी सुरु

काठमाडौं, २ मंसिर । गत शुक्रबार फ्रान्सको पेरिसमा गरिएको शृङ्खलाबद्ध आतंकवादी आक्रमणमा संलग्न भएको आशंकामा नवौं व्यक्तिको खोजी सुरु गरिएको छ । पेरिस आक्रमणको सिसिटिभी भिडियोका आधारमा प्रहरीले नवौं आक्रमणकारीबारे सूचना पाएको दाबी गरेको छ । आक्रमणमा यसअघि ८ जना संलग्न रहेको बताईंदै आइएको थियो । तर शहरको सिसिटिभी फुटेजमा नवौं आतंकवादीको भिडियो देखिएपछि उनका […]

२०७२ मंसिर २ गते, बुधबार

आइएसमाथि हवाई आक्रमण , ११६ वटा तेल ट्यांकर ध्वस्त

काठमाडौं, १ मंसिर । अमेरिका नेतृत्वको गठबन्धन सेनाले सिरियामा इस्लामिक स्टेट आइएसका १ सय १६ वटा तेल ट्यांकरमा हवाई आक्रमण गरी ध्वस्त गरेको छ । पूर्वी सिरियामा रहेका आईएसका तेल ट्यांकरलाई लक्षित गरेर अमेरिकी नेतृत्वको सेनाले हवाई आक्रमण गरेको हो । आइएसको नियन्त्रणमा रहेको अल्बु कमाल शहरमा भएको हवाई आक्रमणमा तेल ट्यांकरलाई निशाना बनाइएको अन्तर्राष्ट्रिय […]

२०७२ मंसिर १ गते, मंगलवार

आईएसविरुद्ध हवाई आक्रमण सुरु

काठमाडौं, ३० कार्तिक । फ्रान्सले इस्लामिक अतिवादी संगठन आईएसविरुद्ध हवाई आक्रमण तीब्र पारेको छ । फ्रान्सले आईएसले आफ्नो देशको राजधानीमै आक्रमण गरेपछि हवाई आक्रमण सुरु गरेको हो । सेनाका लडाकु विमानले सिरियामा आईएसको गढ मानिएको रक्का शहरमा हवाई आक्रमण गरेको हो । एक सय २९ जना मारिने गरी आईएसले पेरिसमा आक्रमण गरेपछि फ्रान्सले आईएसविरुद्ध गरेको […]

२०७२ कार्तिक ३० गते, सोमबार

फ्रान्समा रेल दुर्घटना , १० जनाको मृत्यु

काठमाडौ, २९ कात्तिक । फ्रान्समा पीडामाथि पीडा थपिएको छ , आतंकवादी आक्रमणको निशानामा परेको फ्रान्सको पूर्वी क्षेत्रमा रेल दुर्घटना हुँदा दशजनाको मृत्यु भएको छ । तीब्र गतीवाला टीजीभी रेल पूर्वी फ्रान्सको स्ट्रासबर्ग शहरनजिक दुर्घटनाग्रस्त हुँदा अरु ११ जना घाइते भएका छन् । भर्खरै निर्माण सम्पन्न रेलवे लाइनमा परीक्षण सञ्चालनका लागि ४९ जना प्राविधिक बोकेको रेलले […]

२०७२ कार्तिक २९ गते, आईतवार