ग्रीसका प्रधानमन्त्रीद्वारा राजीनामा
काठमाडौं, ४ भदौ । ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले राजीनामा दिएका छन् । उनले चाँडै मध्यावधी चुनाव गर्ने घोषणासमेत गरेका छन् । युरोपेली ऋणदाताले ग्रीसका लागि तेस्रो राहत प्याकेजमा सम्झौता गरेपछि प्रधानमन्त्री सिप्रासले वामपन्थी विचारधारा बोकेको आफ्नै सिरिजा पार्टीभित्र अन्तरविरोधको सामना गर्नुपरेको थियो । ग्रीसले बिहीबारमात्रै पहिलो किस्तामा १३ अर्ब युरो ऋण प्राप्त गरेको थियो । […]
२०७२ भाद्र ४ गते, शुक्रबार