बिश्व

प्रहरीकै अगाढी हत्या

काठमाडौँ । अफगानिस्तानमा गएको विहिबार मारिएकी युवतीका आफन्तले उनलाई बचाउन प्रहरीले प्रयास नगरेको आरोप लगाएका छन् । ती युवतीलाई कुरान जलाएको आरोप लागेपछि आक्रोशित भिडले कुटपीट गरी हत्या गरेको थियो । बिबिसीका अनुसार फरखंदा नाम गरेकी ती युवतीलाई आक्रोशित भिडले निर्घात कुटपीट गरी जलाएको थियो । फरखंदाका बाबुले उनलाई भीडले कुटपीट गर्दा पनि रोक्नका लागि […]

२०७१ चैत्र १० गते, मंगलवार

भारत र चीनबीच सीमा विवादका विषयमा वार्ता हुने

काठमाडौं, ९ चैत । सीमा विवादका मुद्दामा भारत र चीनबीच आज वार्ता हुने भएको छ।भारतको नयाँ दिल्लीमा हुने वार्तामा चिनियाँतर्फबाट याङ्ग चेइजी र भारतका तर्फबाट राष्ट्रिय सल्लाहकार अजित डोवालले प्रतिनिधित्व गर्नेछन् । भारत र चीनबीच सीमा विवाद बर्षौदेखि भएको भए पनि नरेन्द्र मोदी सरकार आएपछि वार्ताका लागि पहल हुँदै आएको थियो । गत वर्ष लद्धाखमा […]

२०७१ चैत्र ९ गते, सोमबार

सिंगापुरका ‘राष्ट्रनायक’ लि क्वान युको निधन

काठमाडौं, ९ चैत । सिंगापुरका राष्ट्रनायक मानिने लि क्वान यु को ९१ बर्षको उमेरमा निधन भएको छ । ३१ बर्षसम्म सिंगापुरका प्रधानमन्त्री रहेका लि क्वानले मुलुकलाई एउटा समुद्री तटीय शहरबाट विश्वकै उदीयमान अर्थतन्त्रको रुपमा परिणत गराएका थिए । लि क्वान सन् २०११ सम्म प्रधानमन्त्रीको रुपमा सक्रिय थिए । सानो टापु मुलुक सिंगापुरलाई विश्वकै समृद्ध देशको […]

२०७१ चैत्र ९ गते, सोमबार

भारतको संसद भवनमा भीषण आगलागी

काठमाडौं । नयाँ दिल्लीस्थित भारतीय संसद भवन परिसरमा आइतबार दिउँसो भीषण आगलागी भएको छ । आगो फैलिएपछि संसद भवन रहेको क्षेत्रको आकाशमा बाक्लो धुवाँ फैलिएको छ । आगो लागेपछि संसद भवन क्षेत्रको पूरै इलाकालार्इ खाली गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । संसद भवन क्षेत्रको आकाशमा बाक्लो धुवाँ फैलिएकाले आगो भीषण रहेको अनुमान गरिएको छ ।आगो […]

२०७१ चैत्र ८ गते, आईतवार

आगलागीमा परेर सात बालबालिकाको ज्यान गयो

काठमाडौँ । न्युयोर्कको ब्रुकलिन क्षेत्रस्थित एक घरमा आगो लाग्दा सात जना बालबालिका जलेर मरेका छन् । फायर कमिश्नर डेनियल निगरोका अनुसार मध्यरातमा लागेको आगोमा जलेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा पाँचदेखि १५ वर्षसम्मका बालबालिका छन्। डेनियलले भने–विगत सात वर्षमा सहरमा यो आगोका कारण भएको सबैभन्दा ठुलो दुर्घटना हो । उनका अनुसार यो घटना […]

२०७१ चैत्र ८ गते, आईतवार

अमेरिकी सैनिकलाई अनलाइन धम्की

काठमाडौं । अमेरिकी सैनिकलाई इस्लामिक स्टेट आइएसको अनलाइन धम्की आउन थालेको छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार एक सय भन्दा बढी अमेरीकी सैनिकलाई आइएसले अनलाइनमार्फत धम्काउन थालेको हो । तर पेन्टागनको एक उच्च अधिकारीका अनुसार यस घटनाको आधिकारिक पुष्टि भने भइसकेको छैन । आइएसले एक अनलाइनमार्फत अमेरिकी सेनाको नाम, ठेगाना र परिवारको विवरणसहित धम्की दिएको […]

२०७१ चैत्र ८ गते, आईतवार

बम विष्फोटवाट १ सय ३७ को मृत्यु

काठमाडौं, ७ चैत। यमनमा आत्मघाती बम विष्फोटमा ज्यान गुमाउनेको संख्या १ सय ३७ पुगेको छ । धेरै घाइते भएका छन् । शिया धर्माबलम्बीले प्रार्थना गरिरहेका बेला राजधानी सनाका दुईवटा मस्जिदमा विस्फोट हुँदा कम्तिमा १ सय ३७ जनाको ज्यान गएको बिबिसीले जनाएको छ । इराक र सिरियाको ठूलो भूभागमा नियन्त्रण जमाएको विद्रोही समुह इस्लामिक स्टेट आइएसले […]

२०७१ चैत्र ७ गते, शनिबार

रेल दुर्घटनामा ३० जनाको मृत्यु, दर्जनौ घाइते

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित रायबरेली नजिक एउटा यात्रुबाहक ट्रेन दुर्घटना हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ। भारतीय समाचार एजेन्सी पीटीआईले डिभिजनल कमिश्नर महेश गुप्तालाई उधृत गर्दै घटनामा ३० जनाको मृत्यु भएको उल्लेख गरेको छ। लखनउस्थित बरिष्ठ पत्रकार अतुल चन्द्राका अनुसार भिडिजनल कमर्शियल म्यानेजर आश्विनी श्रीवास्तवले दुर्घटनामा ४० जना घाइते भएको बताएका छन् । […]

२०७१ चैत्र ६ गते, शुक्रबार

ट्युनिसियामा आतंकवादी हमला १९ जना मारिए

काठमाडौं, ५ चैत । ट्युनिसियाको राजधानी ट्युनिसस्थित बार्दो संग्राहलयमा बन्दुकधारीहरुले आक्रमण गर्दा १९ जना मारिएका छन् । मारिनेमा १७ जना विदेशी पर्यटक र दुईजना ट्युनिसियाली नागरिक रहेको जनाइएको छ ।राजधानी ट्युनिसको व्यस्त संग्रहालयमा भएको आतंकवादी हमलामा जापान, इटाली, कोलम्बिया, अष्ट्रेलिया, स्पेन, फ्रान्स र पोल्यान्डका पर्यटक मारिएका हुन् ।स्थानीय प्रहरीको कारबाहीमा दुई बन्दुकधारीको समेत मृत्यु भएको […]

२०७१ चैत्र ५ गते, बिहीबार

अश्लिल भिडियो हेर्ने न्यायाधीश बर्खास्त

काठमाडौँ । ब्रिटेनमा चीन जना न्यायाधीशलाई पोर्न भिडियो हेरेको आरोपमा पदबाट हटाइएको छ। एक जना न्यायाधीशले भने छानविन सुरु हुनुअघि नै पदबाट राजीनामा दिएका छन् । जुडिशियल कन्डक्ट इन्भेस्टिगेशन कार्यालयका प्रवक्ताले बताए अनुसार तीनै जना न्यायाधीशले पोर्न भिडियो हेर्नका लागि आफ्नो आधिकारिक इन्टरनेट एकाउन्ट प्रयोग गरेका थिए । यद्यपि प्रवक्ताले भने–न्यायधीशहरु जुनप्रकारको पोर्न हेरिरहेका थिए, […]

२०७१ चैत्र ४ गते, बुधबार