बिश्व

चरमपन्थीको हमलावाट ७४ को मृत्यु

नाइजेरिया, १४ माघ । उत्तर पूर्वी नाइजीरियाको दुई गाउँमा भएको चरमपन्थी हमलामा कम्तिमा ७४ जनाको मृत्यु भएको छ ।यस हमलामा कट्टरपंथी ईस्लामी चरमपन्थीको हात रहेको अनुमान गरिएको छ । नाइजेरियाको बोरनो राज्यको काबुरीमा एक ब्यस्त बजारमा हमला भएको अधिकारीहरुले बताएका छन । चरमपन्थीहरुले शक्तिशाली बम बिस्फोट गराएको र लगत्तै घरहरुमा आगो लगाईदिएका थिए । प्रत्यक्षदर्शीका […]

२०७० माघ १४ गते, मंगलवार

सिरिया सरकारद्वारा ध्वस्त सहर छाड्न अनुमति

जेनेभा, १४ माघ – सिरियामा गृहयुद्धले ध्वस्त भएको सहर होमसबाट महिला तथा बालबालिकालाई अन्यत्र सर्न सरकारले अनुमति प्रदान गरेको छ । राष्ट्रसंघ र अरब लिगका शान्तिदूत लाख्दार ब्राहिमीले यसको पुष्टि गरेका हुन् । ब्राहिमी तथा सरकारी प्रतिनिधिबीच जेनेभामा भएको छलफलबाट उक्त जानकारी बाहिरिएको हो । छलफलपछि आयोजित प्रेस सम्मेलनमा महिला, बालबालिका तथा अन्य नागरिकले पनि […]

२०७० माघ १४ गते, मंगलवार

जेनेभा वार्ता उपलव्धीमूलक बन्दै

न्युयोर्क, १३ माघ । स्वीट्जरल्याण्डको जेनेभामा जारी सिरिया सरकार र बिद्रोहीबिचको वार्ता उपलब्धीमुलक बन्दै गएको संयुक्त राष्ट्र संघले जनाएको छ । राष्ट्रसंघका शान्ति दुत लख्दर ब्राहिमीले होम्स शहरमा फसेका महिला र बालबालिकालाई शहर छोड्ने अनुमति दिन सिरिया सरकार लचक भएको बताएका छन् । जेनेभामा जारी बार्तामा बिद्रोही पक्षले हजारौं महिला र बालबालिकालाई होम्स शहरमा सिरियाली […]

२०७० माघ १३ गते, सोमबार

ग्रिनेड खेलाउदा छ बालबालिकाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्र पेसावरमा बालबालिकाले खेलाइरहेको एक ग्रिनेड पड्किँदा कम्तीमा पनि छ जना बालबालिकाको ज्यान गएको छ ।पाँचदेखि १२ वर्षका ती बालबालिका सबैजना एकै घर परिवारका हुन् । पेसारवर नजिकैको एक घरमा उक्त ग्रिनेड खेलाएर बसिरहेका बालबालिकाको बीचमा अकस्मात विस्फोट भएको थियो ।जिल्लाका प्रहरी प्रमुख इफ्तिखार अहमदले भनेका छन्, ‘सो विस्फोटमा परी पाँचजना […]

२०७० माघ १३ गते, सोमबार

इजिप्टमा प्रहरी धरपक्कड

कायरो, १२ माघ । इजिप्टमा प्रहरीले अपदस्थ राष्ट्रपति मोहमद मोर्सीका समर्थकलाई हिंसात्मक प्रदर्शनको अभियोगमा पक्राउ गरेको समाचार छ । प्रहरीद्वारा एक हजार ७९ मोर्सी समर्थकलाई पक्राउ गरेको गृहमन्त्रालयद्वारा आइतबार बिहान सबेरै प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।मन्त्रालयले अनुसार मोर्सी समर्थकले मेसिन गन र मोलोतोभ कक्टेल नामक घातक हतियार समेत प्रयोग गरेको जनाइएको छ ।जनवरी २५ का […]

२०७० माघ १२ गते, आईतवार

भारत ,६५ औं गणतन्त्र दिवस मनाउदै

नयाँदिल्ली, १२ माघ । भारतले आफ्नो ६५ औं गणतन्त्र दिवस आज मनाउँदैछ । यसका लागि भारत सरकारले आफ्नो शक्ति प्रदर्शनका साथै विभिन्न कार्यक्रम गर्दैछ । यसै अवसरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले दिएको सन्देशमा दुनीयाँलाई लोभमा भुलाउने अराजकता शासनको विकल्प हुन नसक्ने उल्लेख गरेका छन् ।राष्ट्रपति मुखर्जीले शक्तिमा पुग्न जनतालाई लोभ्याउने सस्तो लोकप्रियता होइन, पूरा गर्न […]

२०७० माघ १२ गते, आईतवार

भाजपा ठूलो पार्टी बन्ने : सर्वेक्षण

काठमाडौँ ।भारतमा आगामी संसदीय निर्वाचनमा भारतीय जनता पार्टीले सबैभन्दा ठूलो पार्टीका रुपमा सरकार निर्माण गर्ने एक सर्वेक्षणले देखाएको छ ।आगामी निर्वाचन सो निर्वाचनमा उक्त दलले सो स्थान हासिल गर्ने अनुमान गरिएको सो सर्वेक्षणले देखाएको छ ।सो सर्वेक्षणले सो निर्वाचनमा भारतीय जनताका पार्टीले नेतृत्व गरेको नेसनल डेमोक्रेटिक गठबन्धनले भारतीय संसदको तल्लो सभामा कम्तीमा पनि २११ देखि […]

२०७० माघ १२ गते, आईतवार

थाइल्याण्डमा आन्दोलन चर्कदै

काठमाडौं, ९ माघ । थाइल्याण्डको राजधानी बैंककमा संकटकाल लागु गरिए पनि विपक्षीको प्रदर्शन रोकिएको छैन । संकटकालको अवज्ञा गरी प्रदर्शन गरेकाहरुमाथि प्रहरीले ब्यापक धरपकड गरेको छ । प्रहरीले लाठीचार्ज गरी प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन थालेको छ । संकटकाल लागू गरिएको पहिलो दिन नै एक ब्यक्तिमाथि गोली प्रहार गरिएको थियो । प्रधानमन्त्री यिङलक सिनावात्रालाई हटाउन माग गर्दै […]

२०७० माघ ९ गते, बिहीबार

इराकमा २६ जनालाई फाँसी

काठमाडौं, ८ माघ । इराकमा २६ जना आतंकवादीलाई फाँसी दिइएको छ । फाँसीको सजाय पाउनेमा सुन्नी लडाकू समूह (साहवा)का प्रमुख अल मसहादानी पनि रहेका छन् ।फाँसीको सजाय पाएका आतंकवादीहरुले इराकका विभिन्न स्थानमा रही आतंकवादी गतिविधि गदै आएको स्वीकारेका थिए । इराकमा दशकौंदेखि जारी हिंसामा हजारौंको मृत्यु भइसकेको छ ।इराकस्थित मानवअधिकार संगठन ह्युमन राइट्स वाचका अनुसार […]

२०७० माघ ८ गते, बुधबार

बंगलादेशमा पुन निर्वाचनको माग

काठमाडौं ,७ माघ। बंगलादेशको विपक्षी दलकी नेत्री खालिदा जियाले त्यहाँ नयाँ निर्वाचनको माग गरेकी छिन् ।निर्वाचनका महिनादिन पनि बित्न नपाउँदै उनले यसअघिको निर्वाचनमा सरकारले धाँधली गरेकोले सो निर्वाचनलाई आफूहरुले मान्यता नदिने बताएकी हुन् । उनको दलले यसै महिना भएको निर्वाचनको बहिस्कार गरेको थियो ।उनले सोमबार आफ्ना समर्थकहरुलाई राजधानी ढाकामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सो […]

२०७० माघ ७ गते, मंगलवार